Wednesday, April 24
Shadow

झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु


  • -इ
  • इ+

काठमाण्डौँ, कार्तिक ३
झापाको विर्तामोडमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन् ।

आज बिहान साढे ११ बजेतिर विर्तामोड नगरपालिका-६ गिरी मन्दिरस्थित पूर्व-पश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मे२प ४८४७ नम्बरको मोटरसाइकलका चालक २४ वर्षीय कुशल लिम्बू र पछाडी सवार बुद्धशान्ति गाउँपालिका-३का ११ वर्षीय बालक दिप्सन कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार ३९ वर्षीया सावित्रा कँडेल घाइते भएकी छन्। दुर्घटनामा अर्जुनधारा नगरपालिका-११ बस्ने २२ वर्षीय गगन तामाङ पनि घाइते भएका छन्।

घाइते दुवै जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका दुईवटा मोटर साइकल एक आपसमा जुधेर सडकमा लडेका बेला ट्रकले ती मोटरसाइकललाई ठक्कर दिएको थियो ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३५० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे २ प ४८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसअघि उक्त मोटरसाइकल र ३१-०२-०४२पिए ७९८२ नम्बरको अनटेष्ट मोटसाइकल ठोक्किएका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares