Saturday, May 2
Shadow

अन्तर्राष्ट्रिय

भारतमा एकैदिन लगाए २० लाख भन्दा बढीले कोरोना खोप

भारतमा एकैदिन लगाए २० लाख भन्दा बढीले कोरोना खोप

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, फागनु २९ । भारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । शुक्रबारको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । योसँगै भारतमा अहिलेसम्म २० लाख ५३ हजार ५३७ मात्राको कोरोना विरुद्धको खोप लगाइएको छ । त्यसमध्ये १६ लाख ३९ हजार ६६३ जनाले पहिलो चरणको खोप लगाएका छन् भने अरु चार लाख १३ हजार ८७४ जनाले दोस्रो चरणको खोप पनि लगाएर लाभान्वित भएका छन् । भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो । खोप लगाउन देशभरी ३० हजार ५६१ ठाउँमा खोप केन्द्र स्थापना गरिएको छ । कुल प्रयोग भएको खोप मध्ये आठ प्रदेशमा ७४ प्रतिशत खोप प्रयोग भएको छ ।...
भारतको कोलकातामा भीषण आगलागी, ९ जनाको जलेर मृत्यु

भारतको कोलकातामा भीषण आगलागी, ९ जनाको जलेर मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, फागुन २५ । भारतको कोलकातामा रहेको एक भवनमा आगलागी हुँदा ९ जनाको जलेर मृत्यु भएको छ । भवनको १३औँ तलामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको एएनआइले जनाएको छ । मृत्यु हुनेमा चार जना फायर फाइटर्स, १ जना प्रहरी, १ जना रेलवे प्रोटेक्सन फोर्सका जवान र एक जना रेल कर्मचारी छन् । दुई जनाको पहिचान हुन नसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।...
बम विष्फोटमा ९८ जनाको मृत्यु, ६ सयभन्दा बढी घाइते

बम विष्फोटमा ९८ जनाको मृत्यु, ६ सयभन्दा बढी घाइते

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ , फागुन २५ । एक बम विष्फोटमा ९८ जनाको मृत्यु भएको छ ।सेन्ट्रल अफ्रिकी देश इक्वेटोरियल गिनीमा बम विष्फोट भएको हो । बिबिसीका अनुसार विष्फोटमा ६ सयभन्दा बढी घाइते भएका छन् भने २९९ जना अहिले अस्पतालमा रहेका छन् । भूमध्यरेखीय देश इक्वेटोरियल गिनीको प्रमुख शहर बाटामा एक सैन्य ब्यारेकको नजिक सिरिलीय ब्लाष्ट भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्लाष्ट सैनिक ब्यारेकमा राखिएको डाइनामाइट भण्डारणमा भएको लापरवाहीले भएको बताइएको छ । राष्ट्रपति तियोदोरो गुएमाले ब्लाष्टबाट शहरका लगभग सबै घर प्रभावित भएको बताएका छन् ।ब्लाष्टपछि पुरै शहरमा धुँवाले ढाकेको बताइएको छ ।...
म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, दमन रोक्न राष्ट्रसंघको आग्रह

म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, दमन रोक्न राष्ट्रसंघको आग्रह

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन २० । म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ जनाको मृत्यु भएको छ । साथै एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ । बुधबार र बिहीबार मात्र सेनाको गोली लागी दर्जनौं प्रदर्शनकारी मारिएका छन्। यसपछि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुखले बिहीबार सेनालाई प्रदर्शनकारीहरूको हत्या र उनीहरूमाथिको दमन रोक्न आग्रह गरेका छन् । म्यान्मारमा प्रदर्शनको सबैभन्दा भयावह दिन पछि यी टिप्पणीहरू आएका हुन् । बुधबार प्रजातन्त्रको पुनः वहालीको माग गर्दै गरिएका जुलुसमा सुरक्षा बलले भीडमा गोली हानेको टेलिभिजन तथा सामाजिक सञ्जालमा आएका दृश्यहरूमा देखाइएको छ । संयुक्त राष्ट्र सङ्घका अधिकार प्रमुख मिशेल बाचलेटले सुरक्षा निकायहरूलाई शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुप्रति उनीहरुको क्रुर कारबाही रोक्नू आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसङ्घीय अधिकारमामिला ...
म्यान्मारमा सेनाले गोली चलायो, ३८ प्रदर्शनकारीको मृत्यु, प्रदर्शनविरूद्ध दमन तीब्र

म्यान्मारमा सेनाले गोली चलायो, ३८ प्रदर्शनकारीको मृत्यु, प्रदर्शनविरूद्ध दमन तीब्र

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाज
काठमाडौँ, फागुन २० । सैन्य ‘कु’ विरूद्ध आन्दोलित सर्वसाधारणमाथि म्यान्मारको सेनाले चलाएको गोली लागेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।म्यान्मारको सेनाले बुधवार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि ‘बिना चेतावनी’ गोली चलाउँदा कम्तीमा ३८ जना मारिएको बीबीसीले जनाएको छ । सुरक्षा फौजले विभिन्न शहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । म्यान्मारका छिमेकी मुलुकहरूले संयम अपनाउन त्यहाँको सेनालाई आग्रह गरेको भोलिपल्टै सेनाले अन्धाधुन्ध गोली प्रहार गरेको हो । बुधबारको घटनामा १४ देखि १७ वर्षका किशोर किशोरीको पनि मृत्यु भएको सेभ द चिल्ड्रेनले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले बुधबारको घटनालाई सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिनको रूपमा अर्थ्याएको छ । म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श...
अफगानिस्तानमा गोली हानी ३ महिला पत्रकारको हत्या

अफगानिस्तानमा गोली हानी ३ महिला पत्रकारको हत्या

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं, फागनु १९ । अफगानिस्तानमा गोली हानी ३ महिला पत्रकारको हत्या गरिएको छ । अफगानिस्तानको जलालावादमा यो घटना भएको हो । तालिवानी लडाकूहरुको छुट्टाछुट्टै आक्रमणमा परेर एक जना घाइतेसमेत भएको बीबीसीले जनाएको छ । स्थानीय टेलिभिजनमा काम गर्ने ती महिला १८ देखि २० वर्षका रहेको बताइएको छ । घटनामा संलग्न भएको आशंकामा सुरक्षाकर्मीले केही व्यक्ति पक्राउ गरेपनि कसैले पनि घटनाको जिम्मा नलिएपनि तालिवानीले आक्रमण गरेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । पछिल्लो एक वर्षयता तालिवानी लडाकूहरुले विभिन्न क्षेत्रका व्यक्तिमाथि आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।  ...
पूर्वराष्ट्रपतिलाई तीन बर्षको जेल सजाय

पूर्वराष्ट्रपतिलाई तीन बर्षको जेल सजाय

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ , फागुन १७ । फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्ट्राचार मुद्दामा तीन बर्षको जेल सजाय भएको छ । ६६ बर्षिय पूर्व राष्ट्रपति सार्कोजीले आफ्नै पार्टीको अपराधिक मामिलामा सूचना पाउन एक न्यायाधीशलाई किन्न खोजेको आरोपमा अदालयले सजाय सुनाएको फ्रेन्च मिडियाहरुले उल्लेख गरेका छन् । यस मुद्दामा सार्कोजीका दुई पूर्व वकिललाई पनि तीन बर्षको जेल सजाय सुनाइएको छ । अदालतले पूर्वराष्ट्रपति सार्कोजीले घरमै सजाय काट्न सक्ने छुट दिएको छ । उनलाई इलेक्ट्रोनिक ट्यागबाट मनिटर गर्नेगरि घरमै सजाय काट्न अनुमति दिइएको छ । सार्कोजी २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपति बनेका थिए । सार्कोजीले अर्को मुद्दामा अपनी कानुनी लडाई लडिरहेका छन् ।...
भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरूद्धको खोप

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरूद्धको खोप

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौँ, फागुन १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कोरोना भाइरसविरूद्धको खोप लगाएका छन् । भारतमा दोस्रो चरणको खोप अभियान सुरू भएकै दिन प्रधानमन्त्री मोदीले पनि आज खोप लगाएको बीबीसी हिन्दीले जनाएको छ । मोदीले भारतमै बनेको खोप लगाएको तस्वीर ट्वीटरमा सार्वजनिक गर्दै भनेका छन्,’यो उल्लेखनीय छ कि हाम्रा डाक्टर र वैज्ञानिकहरुले कोभिड-१९ विरुद्धको लडाइँ जित्‍नका लागि तीव्र गतिमा काम गरेका छन् ।’ मोदीले भारतमा खोप अभियान थालेदेखि आम सर्वसाधारणलाई खोप लगाउन आह्वान गर्दै आएका छन् ।  ...
भारतमा अहिलेसम्म लगाए एक करोड ४२ लाख बढीले कोरोना खोप

भारतमा अहिलेसम्म लगाए एक करोड ४२ लाख बढीले कोरोना खोप

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, फागुन १५ । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मीहरु रहेका छन् । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने भएको छ । त्यसैगरी दिर्घरोगी छन् भने ४५ वर्ष माथिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप दिइने अधिकारीको भनाइ छ । केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा गत बुधबार जानकारी दिएका थिए । सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्...
जब ५० वर्षीय राष्ट्रियसभा सदस्यले १४ वर्षीया बालिकासँग विवाह गरे……….

जब ५० वर्षीय राष्ट्रियसभा सदस्यले १४ वर्षीया बालिकासँग विवाह गरे……….

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । पाकिस्तानी राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने एक सांसदले १४ वर्षीया बालिकासँग विवाह गरेको खवर भिडियामा आएको छ । पाकिस्तानी सांसद तथा जमियत उलेमा-ए-इस्लामका नेता मौलाना सलाहुद्दीन आयुबीले १४ वर्षीया बालिकासँग विवाह गैरकानूनी रुपमा विवाह गरेपछि प्रहरीले यस घटनाको छानविन गरिरहेको समाचारमा जनाइएको छ । पाकिस्तानी पत्रिका डनका अनुसार चित्रालस्थित महिला तथा बालबालिका सम्बन्धी गैरसरकारी संस्थाले उजुरी दिएपछि प्रहरीले उनीमाथि छानविन गरेको जनाएको हो । उनले २००६ को २८ अक्टोबरमा जन्मिएकी ती बालिकासँग विवाह गरेका हुन् । ५० वर्षीय मौलाना सलाहुद्दीन राष्ट्रिय सभाका सदस्य हुन् । ती बालिकाको घरमा समेत पुगेर अनुसन्धान गरेको चित्रल प्रहरीले जनाएको छ । तर बालिकाका बाबुले विवाह गरेको कुरा स्वीकार गरेका छैनन् ।...