Friday, May 10
Shadow

बम विष्फोटमा ९८ जनाको मृत्यु, ६ सयभन्दा बढी घाइते


  • -इ
  • इ+

काठमाडौँ , फागुन २५ । एक बम विष्फोटमा ९८ जनाको मृत्यु भएको छ ।सेन्ट्रल अफ्रिकी देश इक्वेटोरियल गिनीमा बम विष्फोट भएको हो ।

बिबिसीका अनुसार विष्फोटमा ६ सयभन्दा बढी घाइते भएका छन् भने २९९ जना अहिले अस्पतालमा रहेका छन् ।

भूमध्यरेखीय देश इक्वेटोरियल गिनीको प्रमुख शहर बाटामा एक सैन्य ब्यारेकको नजिक सिरिलीय ब्लाष्ट भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्लाष्ट सैनिक ब्यारेकमा राखिएको डाइनामाइट भण्डारणमा भएको लापरवाहीले भएको बताइएको छ ।

राष्ट्रपति तियोदोरो गुएमाले ब्लाष्टबाट शहरका लगभग सबै घर प्रभावित भएको बताएका छन् ।ब्लाष्टपछि पुरै शहरमा धुँवाले ढाकेको बताइएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares