Monday, August 31
Shadow

Author: Interview Nepal

राप्रपाका विक्रम पाण्डेद्वारा  मतदान

राप्रपाका विक्रम पाण्डेद्वारा मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले मेघौलीबाट मतदान गर्नुभएको छ। चितवन क्षेत्र नं.३ बाट प्रतनिधिसिभामा प्रत्यक्षतर्फका उमेदवारसमेत रहनुभएका नेता पाण्डेले भरतपुर–२७ स्थित जानकी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो।
डा. भीम रावलद्वारा  मतदान

डा. भीम रावलद्वारा मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेकपा (एमाले)का नेता डा. भीम रावलले अछामबाट मतदान गरेका छन्। उनले अछाम क्षेत्र नम्बर १ मा रहेको चन्दोदय आधारभूत विद्यालयबाट पहिलो मतदान गरेका हुन्।  
कांग्रेस महामन्त्री  गगनकुमार थापाद्वारा मतदान

कांग्रेस महामन्त्री गगनकुमार थापाद्वारा मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मयुर कुण्ड पूर्वकेन्द्रबाट मतदान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उहाँ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार हुनुहुन्छ ।
अर्थमन्त्री जनार्दन शर्माद्वारा मतदान

अर्थमन्त्री जनार्दन शर्माद्वारा मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
अर्थमन्त्री जनार्दन शर्माले आज बिहान ७ बजे यमुना नन्द नमूना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट नगरपालिका–५ सेरीगाँउ रुकुमपश्चिम मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँ वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुकुमपश्चिममा उम्मेदवार हुनुहुन्छ ।
हुम्ला कारागारमा रहेका कैदीबन्दीले गरे मतदान

हुम्ला कारागारमा रहेका कैदीबन्दीले गरे मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
हुम्ला कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन् । बिहान ८ः३० बजेदेखि कारागार रहेका कैदीबन्दीले सामानुपातिक उम्मेदवारलाई मतदान गरेका छन् । बीस जना कैदीबन्दीमध्ये १५ जनाले मतदाताले आफ्नो मतदान गरेको जिल्ला निर्वाचन हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिनुभयो । पाँच कैदीबन्दीको मतदाता नामावली गाउँमै रहेको उहाँको भनाइ छ । कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट कैदीबन्दी कर्मचारीलगायत मतदान गर्ने निर्वाचन अधिकारी रानाको भनाइ छ । यस्तै म्यादी, तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले मतदान गरिरहेका छन् । ...
उम्मेदवार डा कोइरालाद्वारा मतदान

उम्मेदवार डा कोइरालाद्वारा मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका उम्मेदवार डा शेखर कोइरालाले आदर्श माध्यमिक विद्यालय विराटनगर–७ मा आज बिहान मतदान गर्नुभयो । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा कोइरालाले सो विद्यालयको ‘ख’ केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।
माधवकुमार नेपालद्वारा मतदान

माधवकुमार नेपालद्वारा मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् । उनल  रौतहट १ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  नेपाल रौतहट १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
महासचिव  शंकर पोख्रेलद्वारा मतदान

महासचिव शंकर पोख्रेलद्वारा मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित बिजौरी मतदान केन्द्रबाट मतदान गरेका छन् । दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पोख्रेलले बिजौरी मतदान केन्द्रबाट मतदान गरेका हुन् । दाङ २ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेखा शर्मा पनि प्रतिस्पर्धामा छिन् । उनले घोराही उपमहानगरपालिका १८ रझेना मतदान केन्द्रबाट मतदान गरिन् । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विहानीको घमाइलोमा तुल्सीपुर उपमहानगर पालिका वडा नम्बर १९ को जनता विद्यापीठ बिजौरी मतदान केन्द्रमा मतदान गरियो।’...
वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा मतदान

वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा मतदान

निर्वाचन विशेष, ब्यानर समाचार
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–२ स्थित सत्यवती मावि (ख) मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेता पौडेलले सो अवसरमा सञ्चारकर्मीसंग कुराकानी गर्दै निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउने बताउनुभएको छ ।
ऊर्जामन्त्री पम्फा भुसालले गर्नुभयो मतदान

ऊर्जामन्त्री पम्फा भुसालले गर्नुभयो मतदान

निर्वाचन विशेष, ब्यानर समाचार 2
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका–२ स्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उहाँ ललितपुर क्षेत्र नं ३ को उम्मेदवार हुनुहुन्छ । सो अवसरमा उहाँले लोकतन्त्रको अभ्यास गर्ने महत्वपूर्ण नमूनाको रुपमा मतदानलाई लिनुपर्ने टिप्पणी गर्नुभयो । ...