नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुने भएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ । बिहान ८ बजेदेखि १० बजेसम्म सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको व्यवस्था गरिएको छ ।
कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।
समितिले मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने जनाएको छ । सभापति देउवाको उम्मेदवारीक...
नेकपा एमालेले मंसिरको आम निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारमध्ये लोकप्रिय मत ल्याएर चुनाव जितेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई सम्मान गरेको छ । मंगलबार नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीलाई सर्वाधिक मत ल्याएको भन्दै सम्मानित गरिएको हो ।
अध्यक्ष ओली झापा ५ बाट ५२ हजार ३१९ मत ल्याउँदै निर्वाचित भएका थिए । कमलादीमा भएको कार्यक्रममा ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले खादा ओढाएर सम्मानित गरेका हुन् ।
ओलीका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।
सम्मानित हुने जिल्ला अध्यक्षहरुमा अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसाल, पर्वतका राजु पौडेल, धनकुटाका इन्द्रमणी पराजुली र सोलुखुम्बुका डुफ कुमार बास्तोला छन् ।सो क्रममा धनकुटा, अर्...
देशमा खाद्यान्नको सङ्कट आउन नदिनका लागि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले खाद्यान्न उत्पादनका काममा जोड दिन आह्वान गर्नुभएको छ ।
विश्वका कतिपय देशमा अहिले खाद्य संकटको समस्या आइरहेकाले यस्तो समस्याबाट बच्नका लागि कृषि उत्पादनमा ध्यान दिनुपर्ने अवस्था आएको उहाँको भनाई छ । उहाँले देशमा कृषिका आयोजनाहरुलाई प्राथमिकता दिइने भन्दै खाद्यान्न उत्पादनका काममा बढी जोड दिन सबैलाई आग्रह गर्नुभएको हो ।
उहाँले युनइटेड न्युज अफ बङ्गलादेशसँगको अन्तरवार्ताका क्रममा सो कुरा बताउनुभएको छ । उहाँले भन्नुभएको छ– हामीले देशभित्र कृषि उत्पादनमा जोड दिनुपर्छ । हामीले खाद्यान्न उत्पादनका आयोजनाहरुलाई बढी भन्दा बढी मात्रामा प्राथमिकतामा राखेर काम गर्नुपर्दछ ।
विश्वका कतिपय देशमा अहिले खाद्यान्न अभाव तथा खाद्या असुरक्षाका समाचारहरु आइरहेकाले हामीले त्यसप्रति ध्यान दिनु आवश्यक छ । विश्वमा आर्थिक मन्दी...
नेपाल राष्ट्र बैँकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको कार्कीले बताउनुभयो ।
उहाँका अनुसार सडकखण्डमा १५ पुल निर्माणको काम भइरहेकामा नौ वटाको काम सम्पन्न भइसकेको छ । चारवटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको आयोजनाले जनाएको छ ...
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दरखास्त दिन दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन बुधबार हुँदैछ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले संसदीय दलको नेताको निर्वाचनसम्बन्धी कार्यतालिका सोमबार सार्वजनिक गरेको हो ।
कार्यतालिकाअनुसार सोमबार नै मतदाता नामावली प्रकाशन भइसकेको छ । यस निर्वाचनका मतदाता भनेका पार्टीका प्रतिनिधिसभाका सदस्य हुन् । यस निर्वाचनको मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।
समितिले उम्मेदवारको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ५१ हजार तोकेको छ । मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ । मतदान समाप्त भएपश्चात मतगणना र निर्वाचन परिणामको घोषणा हुनेछ । ...
काठमाडौं, ४ पुस । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको नेता छान्नका लागि बुधबार बिहान निर्वाचन हुने भएको छ। कांग्रेस कार्यसम्पादन समितिको आइतवार बसेको बैठकको निर्णयअनुसार दलको नयाँ नेता चयनका लागि बुधबार बिहान ८ बजे निर्वाचन हुन लागेको हो।
दलको निर्वाचन सम्बन्धी कार्यक्रका संयोजक भीष्मराज आङ्देम्बेदेले जारी गरेको निर्वाचन सम्बन्धी कार्यक्रमका अनुसार पुस ४ (आज) दिउँसो २ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। आजै साढे २ बजेदेखि ३ बजेसम्म दावी विरोधको लागि समय छुट्याइएको छ। कार्यतालिका अनुसार आजै दिउँसो ४ बजे दाबी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ।
पुस ५ गते (मंगलबार) बिहान ८ बजेदेखि १० बजेसम्मका लागि उम्मेदवारका लागि दसखास्तको समय तय भएको छ। पुस ५ गते बिहान साढे १० बजे उम्मेदवारको प्रथम नामावली प्रका...
काठमाण्डौं, ४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् ।
आज सोमवार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन् । उनले आफूहरूले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आउँदा दिनमा के गर्दा आफ्नो मान्यताहरू स्थापित हुन्छन् त्यही गर्ने बताए । आफूहरू मन्त्री खानका लागि कसैको घर नधाउने उनको भनाइ छ ।
अध्यक्ष लिङ्देनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताए । उहाँले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने उल्लेख गरे । उनले भने, ‘सरकार निर्माणको प्रक्रिया सुरु भएको छ । हामी बैठक बसेर आधिकारिक धारणा पनि बनाउँछौँ । नेतृत्वले गल्ती गर्छ कि, फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी जोखि...
काठमाडौं, ४ पुस । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको नेता छान्नका लागि बुधबार बिहान निर्वाचन हुने भएको छ। कांग्रेस कार्यसम्पादन समितिको आइतवार बसेको बैठकको निर्णयअनुसार दलको नयाँ नेता चयनका लागि बुधबार बिहान ८ बजे निर्वाचन हुन लागेको हो।
दलको निर्वाचन सम्बन्धी कार्यक्रका संयोजक भीष्मराज आङ्देम्बेदेले जारी गरेको निर्वाचन सम्बन्धी कार्यक्रमका अनुसार पुस ४ (आज) दिउँसो २ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। आजै साढे २ बजेदेखि ३ बजेसम्म दावी विरोधको लागि समय छुट्याइएको छ। कार्यतालिका अनुसार आजै दिउँसो ४ बजे दाबी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ।
पुस ५ गते (मंगलबार) बिहान ८ बजेदेखि १० बजेसम्मका लागि उम्मेदवारका लागि दसखास्तको समय तय भएको छ। पुस ५ गते बिहान स...