Wednesday, May 6
Shadow

Author: Interview Nepal

प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचनको प्रतिवेदन पेस

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उनलाई आज बुझाएका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिएका थिए । साथै निर्वाचन आयोगका पदाधिकारीहरूले सरकारको पूर्ण सहयोगका कारण चुनाव सम्पन्न गर्न सहज भएको बताएकाथिए ।...

आज काठमाडौं महानगरले सेवा प्रवाह नगर्ने

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
  काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै  केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी दिएको हो । काठमाडौं महानगरपालिकाले आज सेवा प्रवाह नगर्ने भएको छ । महानगरको प्रशासन विभागले सूचना जारी गर्दै आज २८ औं महानगर दिवस विशेष रूपमा मनाउने कार्यक्रम रहेकाले सेवाग्राहीलाई सेवा दिन नसक्ने जनाएको हो । ...
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2
विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो । कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको हो । फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा थप एक गोल गर्दै फाइनलका लागि स्थान सुरक्षित गरेको हो । फ्रान्सका लागि थिओ हर्नान्डेज र रान्दल कोलो मुवानीले गोल गरेका थिए । हर्नान्डेजले खेलको पाँचाँै मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बलको सदुपयोग गर्दै गोल गरेका थिए । त्यस्तै खेलको ७९औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए । उनले बेन्चबाट मैदान छिरेको एक मिनेट नबि...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2
नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।  

पत्रकारकालाई क्षमता अभिवृद्धि तालिम

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
सूचना तथा प्रसारण विभागले रसुवाका पत्रकारका लागि क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । बुधबारदेखि सदरमुकाम धुञ्चे ३० जनालाई तालिम दिन थालिएको हो । दुर्गम क्षेत्रमा कार्यरत पत्रकारलाई तालिमको माध्यमबाट क्षमता अभिवृद्धि गराई समाचार लेखनमा दक्ष बनाउने अभिप्रायले तालिम दिन थालिएको सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले जानकारी दिनुभयो । अन्तर्वार्ता, फिचर, खोजमूलक, विकास, पर्यटन, जलविद्युत्, कृषिलगायतका विविध विषयमा प्रशिक्षण दिन थालिएको छ । सञ्चार मन्त्रालय मातहतको सरकारी निकायबाट यहाँका पत्रकारलाई पहिलो पटक तालिम प्रदान गरिनुका साथै स्थानीयस्तरमै प्रेसपास नवीकरण तथा नयाँ जारी एवं अनलाइन दर्तासमेत गर्न लागिएको प्रशिक्षक डा विजय मिश्रले जानकारी दिनुभयो । यसैबीच नेपाल पत्रकार महासङ्घ रसुवा शाखाको छैटौँ साधारणसभा बुधबार सम्पन्न भएको छ । पत्रकार महासङ्घका जिल्ला अध्यक्ष केश...
विश्वकप फुटबल : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

विश्वकप फुटबल : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2
विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो । कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हराएको हो । फ्रान्सले खेलको पहिलो हाफमा एक गोल गर्यो भने दोस्रो हाफमा थप एक गोल गर्दै फाइनलका लागि स्थान सुरक्षित गरेको हो । फ्रान्सका लागि थिओ हर्नान्डेज र रान्दल कोलो मुवानीले गोल गरेका थिए । हर्नान्डेजले खेलको पाँचाँै मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बलको सदुपयोग गर्दै गोल गरेका थिए । त्यस्तै खेलको ७९औँ मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए । उनले बेन्चबाट मैदान छिरेको ...
विश्वकप फुटबल : फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने

विश्वकप फुटबल : फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने

खेलकुद, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
कतारको दोहास्थित अल बायत रङ्गशालामा फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच खेल आज राति १२ः४५ बजे सुरु हुनेछ ।  फ्रान्स क्वाटरफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । अफ्रिकी राष्ट्र मोरक्को भने विश्वकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो । मोरक्को फ्रान्सलाई पराजित गर्दै एतिहासिक उपलब्धि हासिल गर्न चाहन्छ । यी दुई टोलीबीच विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएर मोरक्कोले सेमिफाइनलमा स्थान बनाएको हो । आजको विजेताले उपाधिका लागि फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले  बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
अमेरिकी अन्तर्राष्ट्रिय नीति ! युक्रेन युद्धले नांगेझार बनाएका शब्दजाल

अमेरिकी अन्तर्राष्ट्रिय नीति ! युक्रेन युद्धले नांगेझार बनाएका शब्दजाल

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार, समाचार
लेखक - भरत दाहाल काठमाडौँ । रुसले युक्रेनमाथि सुरु गरेको सैन्य अपरेसनको समयावधि दश महिना पुग्नै लागेको छ । यस विषयलाई लिएर विश्व जनमत अभूतपूर्व रुपमा विभाजित बन्दै गएको छ । युद्धको गहिराई र व्यापकतासंगै विश्वको भू–राजनीतिले पनि बहु-ध्रुविय आकार ग्रहण गर्दै गएको छ । विश्व आर्थिक मन्दी र मुद्रास्फिति दुश्चक्रमा फस्दै गएको छ । मालसामान आपूर्तीका श्रृंखलाहरु अबरुद्ध भएका छन् । परिस्थिति यति बिग्रिसकेको छ कि यसैबाट तृतीय विश्वयुद्ध सुरु हुने सम्भावनाका बारेमा सबै विश्वस्त हुँदै गएका छन् । विश्व आर्थिक मन्दी र मुद्रास्फिति दुश्चक्रमा फस्दै गएको छ । मालसामान आपूर्तीका श्रृंखलाहरु अबरुद्ध भएका छन् । परिस्थिति यति बिग्रिसकेको छ कि यसैबाट तृतीय विश्वयुद्ध सुरु हुने सम्भावनाका बारेमा सबै विश्वस्त हुँदै गएका छन् । रुस–युक्रेन युद्धले पश्चिमाहरुको ढोंग र पाखण्डलाई राम्रोसं...
‘आयाराम’हरुको कब्जामा एमालेको समानुपातिक सूची

‘आयाराम’हरुको कब्जामा एमालेको समानुपातिक सूची

Uncategorized, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ४४ सिट हात पारेको नेकपा एमालेले समानुपातिकतर्फ ३२ सिट पाएको छ । सोहीअनुसार निर्वाचन आयोगलाई ३२ जनाको नाम सिफारिस गरेको छ । शनिबार एमालेले २२ महिला र १२ पुरूषको नाम निर्वाचन आयोगलाई बुझाइसकेको छ । एमालेले बुझाएको समानुपातिक सांसदको सूचीमा पार्टीमा योगदान गरेकाहरुभन्दा पनि भर्खरै प्रवेश गरेकाहरू प्राथमिकतामा परेको देखिन्छ । एमालेले बुझाएको समानुपातिक सूचीमा करिव १९ प्रतिशत अर्थात भर्खरै एमाले प्रवेश गरेका ६ जनाको नाम परेको छ । शनिबार च्यासलमा सम्पन्न सचिवालय बैठकले भर्खरै पार्टी प्रवेश गरेका ६ जनाको नाम समेट्दै ३२ जनाको सूची निर्वाचन आयोगलाई बुझाएको हो । यसरी, एमाले प्रवेश गरेलगत्तै समानुपातिकबाट सांसद बन्न पाएकाहरूमा एकानाथ ढकाल, देवीप्रसाद भट्टचन, हेमराज राई, गंगाप्रसाद यादव, अमृतलाल रावजंशी र अमृता अग्रहरी रहेका छन् । एकनाथ ढ...