Tuesday, August 25
Shadow

Author: Interview Nepal

नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जना लाई प्रहरीले गर्‍यो  पक्राउ

नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जना लाई प्रहरीले गर्‍यो पक्राउ

अपराध, समाचार
महोत्तरी । नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दिबास नगरपालिका वडा नं ०४ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डदेखि चेरु माईस्थान जङ्गलमा सर्लाही हरिवन बस्ने राहुल महतोलाई लुटपाट गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन । पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास९१४ बस्ने २२ वर्षीय नीरज साह सोनार, वर्ष २२ को नै गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २० वर्षीय सनम मगर, वडा नं १२ चल्कीटोल बस्ने २२ वर्षका शैलेन्द्र राउत र धनुषा जनकपुर उप–महानगरपालिका ७ जिरोमाईल बस्ने १९ वर्षीय दीपक राउत छन् ।...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
नवनियुक्त मन्त्रीहरुले गरे शपथग्रहण

नवनियुक्त मन्त्रीहरुले गरे शपथग्रहण

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
नवनियुक्त मन्त्रीहरूले मंगलवार पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपप्रधान तथा ऊर्जा मन्त्रीमा राजेन्द्र लिङदेनले शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रबाट सञ्चारमन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती, संघीय मामिला अमनलाल मोदी र सुशीला श्रीपालीले संस्कृति पर्यटन राज्यमन्त्रीको शपथ लिएकी छन् । यस्तै नेकपा एमालेबाट हरि उप्रेतीलाई रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीलाई स्वास्थ्य मन्त्री बनाएको छ । यसै गरी महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्रीको शपथ लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम मन्त्रीमा डिपी अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले शपथ लिएकी छन् । यस्तै राप्रपाबा...
बागमती प्रदेश : मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

बागमती प्रदेश : मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज संसदबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जम्मकट्टेलको विश्वासको मत लिने सम्बन्धी प्रस्तावबारे छलफलका लागि आज मंगलबार दिउँसो १२ः३० बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठकमा मुख्यमन्त्रीले जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जानकारी गाइसकेको छ । जम्कट्टेल गत पुस २५ गते ५ दलको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधार (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । २५ गते नियुक्त भएका मुख्यमन्त्री जम्मकट्टेलले २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेका थिए । ११० सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेल ५ दलका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्र केन्द्रको २१, राप्रपा...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2
नेपाल राष्ट्र बैँकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ  ।
विमानको आयु वर्षमा नभइ दबाब चक्रमा मापन गरिन्छ

विमानको आयु वर्षमा नभइ दबाब चक्रमा मापन गरिन्छ

ब्यानर समाचार
‘कुनैपनि वायुयान बनेको आधारमा पुरानो हुँदैनन्, विमानको आयु वर्षमा नभइ दबाब चक्रमा मापन गरिन्छ’ । विमानको आयु निर्धारण गर्ने भएकोले सामान्यतया टेकअफ र ल्यान्डिङ साइकलमा आधारित हुन्छ। नेपालमा वायुयानहरूको अवस्थाको बारेमा नियमित चेकजाँच भइरहेको हुन्छ। प्रत्येक वर्ष नियामक निकायले जहाजहरूको चेकजाँच गरेर एओसी नवीकरण गर्ने गरेको छ। जहाजको प्रत्येक पार्ट्सको उमेर निश्चित गरिएको हुन्छ। इन्जिनको साइकल सकिएपछि पनि नयाँ फेर्नै पर्ने हुन्छ। जुन उत्पादक कम्पनीले नै तोकिदिएको हुनछ। सबै पार्ट्सको मिति हुने भएकोले पूरा जहाजको उमेर निर्धारण गर्नु जटिल काम भएको हवाई विज्ञहरूको बुझाइ छ। बोइङको पाटपुर्जाको समय ३ सय घण्टा हुन्छ भने एयरबसको सामानको १ सय २० घण्टामात्रै हुन्छ। जहाजका हरेक पाटपुर्जाको यहीअनुसार प्रमाणपत्र हुन्छ। किनभने ती सबै पाटपुर्जाका आफ्नै आयु हुन्छन्। निश्चित समय उडेपछि ती पाटपुर्जाक...
नमस्कारको फण्डा

नमस्कारको फण्डा

टिप्स, विचार, समाचार, साहित्य/कला
‘नमस्कार’को फण्डाः– उनताकाको कुरा हो जतिबेला म ल क्याम्पसको प्रशासनमा काम गर्थें । एकजना रामबहादुर दाइ हुनुहुन्थ्यो पालेको पदमा । एकदिन वहाले मलाई कम्पाउण्ड भित्र हिडिरहनु भएका तत्कालिन डिनसाबलाई देखाउदै चिडचिडाउदै भन्नुभयो, “हेर्नुस् न ! त्यो डिनसाब भेट्दैपिच्छे नमस्कार खोज्नुहुन्छ । विहान देखि वेलुकासम्म । नमस्कार नगरे जागिरै खाईदिउला जस्तो गर्नुहुन्छ ।” वहाको मेसेज जटील, दुर्वोध्य र असम्प्रेषणीय थिएन । मनको आगो ओकल्नुभयो वहाले । मलाई लग्थ्यो, ‘यी डिनसाव पनि कति अहंकारको कुपोषणको चक्रमा श्वास धानीरहेका होलान्, अहंकारका पुत्ला ! एकपटक विहान भेटहुदाँ नमस्कार गरे त भै हाल्यो नि !’ मेरा एकजना अनन्य वकिलमित्रले एकपटक आफ्नो मनमा उठेका यस्तै तरंग यसरी सुनाउनु भएथ्यो, “हेर्नोस् न, त्यो मान्छे ! हामीसँगै ल सोसाईटिले कानुनी साक्षरता कार्यक्रम गर्दा देशका विभिन्न ठाँउहरुमा गयौं । म भन्दा पछिल...
नवउदारबादको पराकाष्ठा पोखरा हवाई दुर्घटना – अमृत खरेल

नवउदारबादको पराकाष्ठा पोखरा हवाई दुर्घटना – अमृत खरेल

ब्यानर समाचार, विचार, समाचार
नवउदारवादले सबै चीजमा नाफा घाटा मात्र हेर्ने मानसिकता विकास गरेपछि व्यवसाय पनि मानवमैत्री र सेवाग्राहीको हितमा केन्द्रित हुँदैन। सार्वजनिक वाहक विमानको नियमित रूपमा गरिनुपर्ने सुरक्षा जाँच, मर्मत सम्भार र एक उडान पछि अर्को उडानका बीचमा गरिनुपर्ने आवधिक अन्तरको ख्याल नराखी अधिकतम रूपमा विमान र विमान चालकदललाई दोहन गरी नाफा असुल्नु नै कम्पनीको धन्दा हुने गर्दछ। र यो नाफाखोर पद्धतिलाई कागजी रूपमा ठिकठाक देखाई कमिशन र भ्रष्टाचारको आर्जन गर्न नागरिक उड्डयन प्राधिकरण, पर्यटन मन्त्रालय र सत्ताधारीहरू अभ्यस्त हुन्छन्। कमर्शियल फ्लाइटमा पूरा मूल्यको टिकट काटेका यात्रुलाई कुनै पूर्व जानकारी नदिई इन फ्लाइट ट्रेनिंग चलाउनु पनि अपराध हो। यो फ्लाइटमा इन फ्लाइट ट्रेनिंग हुनेछ भनेर यात्रुलाई टिकट काट्दै पूर्व सूचना दिएको हुनुपर्दछ। त्यतिबेला त्यो फ्लाइट चढ्ने नचढ्ने निर्णय गर्न पाउँथे यात्रुहरूले। जसर...
मधेस प्रदेशसभाको सभामुख निर्वाचन भोलि

मधेस प्रदेशसभाको सभामुख निर्वाचन भोलि

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
मधेस प्रदेशसभाको आजका लागि निर्धारित बैठक स्थगित गरिएको छ । देशमा राष्ट्रिय शोक घोषणा भएकाले प्रदेशसभाको बैठक रोकिएको हो । आज प्रदेशसभामा सभामुख पदका लागि मतदान र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची थियो । बैठक भोलि बस्नेछ । “प्रदेशसभाका सभामुखको चुनाव र मुख्यमन्त्री सरोज यादवले लिने विश्वासको मतलगायत कार्यसूची मंगलबार सरेको छ,” प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले भने, “प्रदेशसभाको कार्यतालिकाको दिन सरे पनि समयमा परिवर्तन भएको छैन ।” सभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र नेपाली कांग्रेसका जंगीलाल रायले उमेदवारी दिएका छन् ।...
यति एयरलायन्सको शव आफन्तलाई जिम्मा लगाइँदै

यति एयरलायन्सको शव आफन्तलाई जिम्मा लगाइँदै

दुर्घटना, ब्यानर समाचार, ब्यानर समाचार 2
पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ । तीनवटा शव देखिए पनि भौगोलिक कठिनाइका कारण ल्याउन नसकिएको र छ जनाको शव अझै फेला नपरेको सहायक प्रजिअ शाहीले जानकारी दिए । सेती नदीको अप्ठेरो खोचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि सुरु गर्न लागिएको छ ।...