झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाण्डौँ, कार्तिक ३
झापाको विर्तामोडमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन् ।
आज बिहान साढे ११ बजेतिर विर्तामोड नगरपालिका-६ गिरी मन्दिरस्थित पूर्व-पश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मे२प ४८४७ नम्बरको मोटरसाइकलका चालक २४ वर्षीय कुशल लिम्बू र पछाडी सवार बुद्धशान्ति गाउँपालिका-३का ११ वर्षीय बालक दिप्सन कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोही मोटरसाइकलमा सवार ३९ वर्षीया सावित्रा कँडेल घाइते भएकी छन्। दुर्घटनामा अर्जुनधारा नगरपालिका-११ बस्ने २२ वर्षीय गगन तामाङ पनि घाइते भएका छन्।
घाइते दुवै जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका दुईवटा मोटर साइकल एक आपसमा जुधेर सडकमा लडेका बेला ट्रकले ती मोटरसा...








