सरकारलाई सिसडोलवासीले दिए यस्तो चेतावनी, माग पुरा नभए काठमाण्डौँनै सिसडोल बन्ने
काठमाण्डौँ, मंसिर ५
विभिन्न १९ बुँदे माग राख्दै सिसडोलवासी आन्दोलित भएका छन् । शिक्षा, स्वास्थ्य, सडक लगायत विकास निर्माण गर्नुपर्ने लगायतका १९ बुँदे माग मंसिर २० गतेसम्म पुरा नभए फोहोर फाल्न नदिने भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् ।
वैज्ञानिक ढंगबाट फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, मानव स्वास्थ्यको पूर्ण ग्यारेण्टीसहित जीवन बिमा गर्नुपर्ने, विकास निर्माणका काम जनताले भनेअनुसार तत्काल सुरुवात गर्नुपर्ने उनीहरुको माग छ । जग्गा अधिग्रहण राजनीतिक दलका सीमित व्यक्तिको आधारमा प्रभावित क्षेत्रभित्र हुनुको औचित्य पुष्टि गर्नुपर्ने, रोनाष्टको आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने स्थानीयको माग छ ।
फोहोर मैला व्यवस्थापन तथा यसका समस्याहरु सम्बन्धी विहीबार नुवाकोटको ककनी प्रगतिशील युवा क्लब, रोयल यूथ क्लब र अरुण युवा क्लबले आयोजना गरेको कार्यक्रममा स्थानीयवासीहरुले उक्त माग राखेका हुन् ।
...







