Friday, August 7
Shadow

Author: Interview Nepal

जसपाद्वारा कृष्णनगरमा बिरोध प्रदर्शन

जसपाद्वारा कृष्णनगरमा बिरोध प्रदर्शन

राजनिती, समाचार, स्थानिय तह
कृष्णनगर, पुस १२ जनता समाजबादी पार्टी (जसपा)ले आइतवार कपिलवस्तुको कृष्णनगरमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित संसद विघटन गरेको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएको जसपाले आइतवार कृष्णनगरमा प्रदर्शन गरेको हो । यसैक्रममा कृष्णनगर नगरपालिकामा पनि प्रदर्शन भएको छ । जसपाका नेता र कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको बिरोध स्वरूप कृष्णनगरको लिंकगेटमा भेला भएका थिए । जसपाका नेता अकरम पठानले प्रधानमंत्री केपी ओलीले संसद विघटन गरेर संविधान विपरित काम गरेको बताए । संविधानको रक्षाका लागी जसपा को प्रत्येक कार्यकर्ता तत्पर रहेको समेत बताउनुभयो।साथै जसपाको बिरोध कार्यक्रममा सहभागी हुन समेत आग्रह गरे। विरोध प्रदर्शनमा बृजेश गुप्ता,अकिल अहमद, बजरंगी गुप्ता ,इंद्रदेव चौधरी जीवन श्रीवास्तव, गोपाल प्यारे चंदेल , छेदी प्र...
खानेकुरा अड्किएपछि बिग्रिन्छ दाँत, यसरी जाेगिनुहाेस् ?

खानेकुरा अड्किएपछि बिग्रिन्छ दाँत, यसरी जाेगिनुहाेस् ?

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाण्डौँ, पुष १२ खानेकुरा अड्किएपछि दाँतले थप एसिड उत्पादन गर्न थाल्छ । उक्त एसिडले दाँतलाई असर पार्छ । जसले गर्दा दाँत खोक्रिँदै जान्छ । विशेषगरी गुलियो खानेकुराले बालबालिकाको दाँतमा किरा लाग्ने धेरैको भनाइ हुन्छ । तर, दाँत बिग्रनुको कारण भने गुलियो मात्र होइन । जस्तोसुकै खाद्यपदार्थले दाँत बिगार्न सक्छ । किनकि, दाँतमा अड्किएर बसेको खानेकुराबाटै त्यस्ता एसिड उत्पादन हुने गर्छ । अनि दाँत किराले खाने गर्छ । त्यस्तो अवस्थामा चिनीपानी, महजस्ता गुलियो चिज खाँदा भने त्यस्ता एसिडको असर कम हुन्छ । एसिडले दाँतको बाहिरी भाग अर्थात् इनामेल फोडेपछि त्यसभित्रका भाग कमजोर हुन्छ, जुन सजिलै क्षयीकरण हुन्छ । यसरी इनामेल फोड्दा दाँतका ब्याक्टेरिया भित्र पसेर खोल्दै जान्छ ।...
राष्ट्रपतिद्वारा पुस १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा पुस १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन आह्वान

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १२ राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्यवान गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालकाे स‌ंविधानकाे धारा ९३ काे उपधारा १ बमाेजिम पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि राष्ट्रिय सभा अधिवेशन आह्यवान गरेको आइतबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् । मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियाे । संघीय संसदको प्रतिनिधिसभा भने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले विघटन गरेकी छन् । पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । यसअघिको संसद् अधिवेशन असार तेस्रो साता अन्त्य भएको थियो । ...
सलमानको राधे फिल्म  सिनेमा हलमा कहिले रिलीज हुने?

सलमानको राधे फिल्म सिनेमा हलमा कहिले रिलीज हुने?

अन्तर्राष्ट्रिय, मनोरञ्जन
काठमाण्डौं, पुष १२। बलिउड अभिनेता सलमान खानको फिल्म राधे नयाँ वर्षको ईदमा सिनेमा हलमा रिलीज हुने भएको छ । ओटीटी प्लेटफर्ममा रिलीज गर्ने कुराबाट भने इन्कार गरेको छ । यसको जानकारी भारतीय सञ्चारमाध्यमहरुले दिएका हुन् । फिल्ममा ज्याकी श्रफको पनि अहम रोल रहेको छ ।  
स्वदेशमै रोजगारी सिर्जना गर्छु: श्रममन्त्री  चौधरी

स्वदेशमै रोजगारी सिर्जना गर्छु: श्रममन्त्री चौधरी

आर्थिक, ब्यानर समाचार 2, राजनिती, समाज
काठमाण्डौं, पुष १२। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले स्वदेशमै रोजगारी सिर्जना तथा वैदेशिक रोजगारीमा देखिएको बेथिति अन्त्य नै आफ्नो प्राथमिकता रहेको बताएका छन्। मन्त्रालयमा आज पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा आएको सङ्कुचन, आन्तरिक श्रम बजारमा देखिएको बेरोजगारीको समस्यालाई समाधान गर्न आफ्नो ध्यान केन्द्रित हुने बताए। “कोरोनाले व्यापार व्यवसाय नराम्ररी प्रभावित भएका छन्, रोजगारी कटौती भएको अवस्था छ, स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्नेतर्फ लागि पर्छु”, उनले भने । मन्त्री चौधरीले आन्तरिक श्रम बजारमा प्रवेश गर्ने जनशक्ति बेरोजगार हुनुपर्ने अवस्थालाई अन्त्य गर्दै सामाजिक सुरक्षा योजनालाई प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा लैजाने बताए । वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्न आफू क्रि...
सपनाले भेटिन राष्ट्रपति: के बिषयमा भए छलफल?

सपनाले भेटिन राष्ट्रपति: के बिषयमा भए छलफल?

मुख्य समाचार, समाज
काठमाण्डौँ, पुष १२ बीबीसीको सन् २०२० मा विश्वका १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नेपालमा महिला, बालबालिका तथा सडक बालबालिकाको अवस्था निकै नाजुक रहेकोले त्यसतर्फ ध्यान दिन आग्रह गरेकी छिन् । उनले महिला राष्ट्रपति भएको देशमा नै यतिधेरै महिला र बालबालिकाले दुःख पाइरहेका भन्दै यसको समाधानका लागि आग्रह गरेकी हुन् । उनले आज राष्ट्रपतिलाई भेटेर सो आग्रह गरेकी हुन् । रोका मगर नेपालका बेवारिसे सवहरुको व्यवस्थापन गर्दै आएकी छिन् र सोही उल्लेखनीय कार्य बापत उनलाई बीबीसले सो सूचीमा राखेको हो ।उनको कार्यको उचित मूल्यांक गरेर राष्ट्रपतिले उनलाई भेट्न बोलाएकि थिइन् । राष्ट्रपतिसँग रोका मगरले बेवारिसे र बेसहाराहरुको उचित किसिमको व्यवस्थापनका साथै सरकारबाट मानवसेवाको लागि छुट्टाइएको बजेट सही ठाउँमा सदुपयोग गर्न पनि आग्रह गरेको बताइन् । महिल...
मल नपाएर हैरान हुनुहुन्छ? हेर्नुस,कहिले आइपुग्छ मल

मल नपाएर हैरान हुनुहुन्छ? हेर्नुस,कहिले आइपुग्छ मल

आर्थिक, मुख्य समाचार, समाज
काठमाण्डौं, पुष १२। बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच जीटुजी मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो । मल खरिदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी ९प्रतितपत्र० खोल्ने काम शुरु भएको जनाएको छ । मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले शुक्रबार सिदार्थ बैंङ्कमा एलसी खोल्न पत्र पठाएको जनाएको छ । नेपालमा एलसी खोलेको जानकारी गराएपछि बङ्गलादेशको कम्पनीले एलसी खोलेर मल खरिदको तयारी गर्ने जानकारी आएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार दुवै देशले एलसी खोलेको १५ दिनभित्रमा मल खरिद शुरु हुनेछ । “बङ्गलादेशमा गएर सम्झौता गरेपछि मल आउने ढुक्क भएको छ, हामी जतिसक्दो छिटो खरिद गर्ने तयारीमा छौँ, पुस अन्तिमसाता पहिलो लटको मल नेपाल ...
पछिल्लो २४ घण्टामा ४८१  संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ४८१ संक्रमित थपिए

मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष १२ पछिल्लो २४ घण्टामा नेपालमा ४८१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ८२८ जनाको पिसिआर परीक्षण गर्दा ४८१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ९ हजार ६५४ पुगेको छ । आइतबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय २५ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३६९ सय जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ७३१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको मन्त्रालयले जनाएको छ।...
अविश्वास प्रस्ताव सामना गर्छु : मुख्यमन्त्री राई

अविश्वास प्रस्ताव सामना गर्छु : मुख्यमन्त्री राई

ब्यानर समाचार, राजनिती, स्थानिय तह
  काठमाण्डौं, पुष १२। प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आफुविरुद्धको अविश्वास प्रस्तावको सामना आरामले गर्ने बताएका छन। मुख्यमन्त्री राईविरुद्ध आइतबारमात्रै अविश्वास प्रस्ताव दर्ता भएको थियो । त्यसलगत्तै राईले यस्तो बताएका हुन। उनले अविश्वास प्रस्ताव प्रदेश सरकार असक्षम भएर नभइ काम गर्न नसकेर लागेकाे समेत बताए।  ...
पार्टी  विभाजनकाे  असर गाउँगाउँमा,कन्चनपुरमा दुई समुहका कार्यकर्ताबीच झडप

पार्टी  विभाजनकाे  असर गाउँगाउँमा,कन्चनपुरमा दुई समुहका कार्यकर्ताबीच झडप

ब्यानर समाचार 2, राजनिती, समाज
काठमाण्डौं, पुष १२। पार्टी  विभाजनकाे  असर केन्द्र देखी  स्थायानिय तह र कार्यकर्तासम्म देखीन थालेको छ। कञ्चनपुरमा नेकपाको केपी ओली समूह र प्रचण्ड-नेपाल समूहका कार्यकर्ताबीच झडप भएको छ । पार्टी कार्यालयमा बैठक बस्ने बारेमा विवाद भएपछि केपी ओली समूह र प्रचण्ड-नेपाल समूहका कार्यकर्ताबीच झडप भएको हो । प्रचण्ड-नेपाल समूहले  बोलाएको बैठकमा ओली समूहले उक्त समूहलाई कार्यालय प्रयोग गर्न नदिई पार्टी कार्यालयमा तालाबन्दी गरेपछिप्रचण्ड-नेपाल समूहका कार्यकर्ता मुख्य गेटको ताल तोडेर थिए। साेही बिषयले झडपको स्थिति सिर्जनागरेकाे जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जानकारी दियो । अहिले भने पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको र अवस्था सामान्य  छ।...