पुष २७, कपिलवस्तु । बालविवाह निवारणमा धर्मगुरुहरूको भुमिका विषयक छलफल तथा समिति गठन गरेको छ । धर्मगुरु दामोदर पोखेरेलको संयोजकमा ९ सदस्यीय समिति गठन गरेको छ । जसमा प्रमोद सुवेदि,आनन्द प्रसाद भुसाल,अब्दुल रहिम अन्सरी,वकार अहमद मियाँ,मुस्ताक अहमद,राजकुमार घर्ति मगर,कृष्ण घर्ति मगर,र सामुएल चौधरीका रहनुभएको छ ।
उक्त समिति धर्मगुरुहरूले बालविवाह निवारणमा उनिहरूको भूमिका का बारेमा सुझाव संकलन गरि बालविवाह गर्ने गराउने कार्यमा संलग्न नहुने र कहि कतै भए गरेको थाहा पाएमा पालिका, प्रहरी तथा सम्बंधित निकायमा जानकारी गराउने सामुहिक प्रतिबद्धता जनाएका छन् । शिवराज नगरपालिका अन्तर्गत रहेका धार्मिक धर्मगुरुहरूका संग बालविवाह निवारणमा धर्मगुरुहरूको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम चन्द्र्रौटामा सोमबार सम्पन्न भएको छ ।
सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, युनिसेफ नेपालको सहयोग तथा शिवराज नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले शिवराज नगरपालिकामा बालविवाह पहिलाको तुलनामा घटेको भएपनि यसको निवारण अझै नभएको बताउनु भयो । साथै उपप्रमुख थारुले बालविवाह निवारणको लागि सबैले आ आफनो ठाउँबाट पहन गर्नु पर्ने बताउदै यस अभियानमा धर्मगुरुहरू धेरै भुमिका हुने भएकाले उमेर नपुगेका विवाह लाई रोक्ने प्रयास गर्न पनि आग्रह गनु भयो ।
कार्यक्रममा बालवालिकाको उमेर समुह, बाल अधिकार , बालविवाह र यसका असर तथा कानुनी सजाय लगायतका विषयमा रहेर युनिसेफ नेपालका प्रकाश कैनि , सिद्धार्थ सामाजिक विकास केन्द्रका आर. टी. खानले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमकको अध्यक्षता शिवराज नगरपालिका सामाजिक विकास मञ्च समितिका संयोजक सि वि गहतराजको रहेको थियो भने संचालन सिद्धार्थ सामाजिक विकास केन्द्रका नारायण घिमिरे गर्नुभयो । कार्यक्रम अधिकृत अजय चौधरी, लेखापाल अम्मर बहादुर बस्नेत र सामाजिक परिचालक इन्दिरा बि.क.को सहभागिता रहेको थियो ।