Tuesday, October 26
Shadow

जब १५ वर्षीया किशोरी र ४३ वर्षीय पुरुषबीच विवाह हुँदै गर्दा प्रहरी पुग्यो…..


  • -इ
  • इ+

सप्तरी, माघ ७ । स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले हुन लागेको बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हो ।

रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ की १५ वर्षीया बालिका, उनकी ४५ वर्षीया आमा, सोही ठाउँका ६७ वर्षीय रामेश्वर शर्मा सुतिहार र विवाहका लागि तयार पारिएका सप्तरीको तिरहुत गाउँपालिका(३ गोइठीका ४३ वर्षीय विनोद शर्मा सुतिहारलाई नियन्त्रणमा लिएर विवाह रोकेको हो ।

स्थानीयवासीका अनुसार १५ वर्षीया बालिका र ४३ वर्षीय पुरुषबीच विवाहका लागि रामेश्वरले छलफल चलाएका थिए । बालविवाहसम्बन्धी छलफल भइरहेको सूचनाका आधारमा प्रहरी चौकी रामपुर मल्हनियाबाट खटिएको प्रहरीले चार जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगेको वडाध्यक्ष यादवले बताए । बालिकाका बुवाले दोस्रो विवाह गरी परिवार छाडेर हिँडेपछि चार सन्तानलाई पालनपोषण गर्दै आएकी बालिकाकी आमाले गरिबीका कारण अनमेल तथा बालविवाह गराउन खोजेको वडाध्यक्ष यादवले बताए ।

जिल्ला प्रहरी कार्यालयस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा छलफलपश्चात आरोपितलाई बालविवाह नगराउने शर्तमा छाडिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहका अनुसार उमेर नपुगेकाले हाललाई सो विवाहलाई रोकेर बालविवाह नगर्ने शर्तमा छाडिएको छ ।

प्रहरी नायब उपरीक्षक साहका अनुसार विवाहका लागि छलफल गरिरहेको सूचना पाएर नियन्त्रणमा लिइएको चार जनालाई बालविवाहसम्बन्धी कानूनी जानकारी दिई सम्झाइबुझाई उमेर नपुगी विवाह नगर्ने, नगराउने कागज गराई छाडिएको छ ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्