Wednesday, April 24
Shadow

केहि मन छुने भनाइहरु, जसले हामीमा ठुलो परिवर्तन ल्याउन सक्छ


  • -इ
  • इ+

काठमाण्डौं । जब हाम्रो परिस्थितिसँग कुनै भनाइ मिल्न जान्छ हामीलाई उक्त भनाइ आफ्नै लागि बनेको हो भन्ने महशुस हुन्छ । परिस्थिति अनुसार मिल्ने भनाइ तथा कुराहरुले हामीमा निकै ठूलो परिवर्तन पनि ल्याउन सक्छ । यि भनाइहरुबाट केहि हौसला र साहाश पनि पक्कै मिल्छ यदि हामीले मनैबाट मनन् गर्ने हो भने ।

केहि मन छुने लाइनहरु :


– माया प्रेम चल्ने भनेको त फिल्मको कहानीमा हो, जिन्दगिमा त अन्तिमसम्म संघर्ष र परिश्रमले चाहिन्छ ।

–यदि जिन्दगिमा केहि बुझ्न चाहन्छौ भने आफ्नो आमा बुवालाइ बुझ, किनकि जिन्दगीमा उनीहरुजतीको सर्वोत्तम परिभाषा अर्को छैन ।

–कुनैपनि चिज पाउनु अघि र गुमैसकेपछी मात्र मुल्यवान लाग्दछ ।

–आफुमा भएको अहंकारलाइ फाल्नुस र आफुलाई हलुका बनाउनुस, किनकि जो हल्का हुन्छ त्यहि नै माथिसम्म उड्न सक्छ ।

– आत्मविश्वास बढाउनको लागि तपाई त्यही काम गर्नुस जुन काम गर्नलाई तपाईं डराउनुहुन्छ ।

–प्रत्येक सफल व्यक्तिको पछाडी एक संघर्षपूर्ण कहानी हुन्छ, प्रत्येक संघर्षपूर्ण कहानीको अन्त्य सफलतामा हुन्छ ।

– जिन्दगी बक्सिङ गेम जस्तै हो । लड्दैमा तिमी हारेका हुदैन, तिमी त्यतीबेल हार्छौ जब लडिसकेपछी उठ्दैनौ ।

– संसारमा ती मान्छे मात्र दुखी छ्न जो सुखको पछि दौडने गर्छन, जस्ले दुस्खको सामना गर्छ वास्तवमा तिनीहरु नै सुखी हुन्छन ।

– शुन्दर रुपले भन्दा शुन्दर मनले सुन्दर जीवन बनाउछ ।

–यसरी हास्नु की जस्तो की तिमी कहिल्यै रोएकै थिएनौ, यसरी खेल्नु कि तिमी कहिल्यै हारेका थिएनौ, यसरी माया गर्नु की कहिल्यै घात हुनेछैन अनी यसरी जिउनु की भोली भन्ने चिजै छैन ।

–सपना त्यो होइन जुन तिमी निदाउदा देख्छौ, सपना त त्यो हो जसले तिमीलाई निदाउन दिदैन ।

– नभन बरू देखाउ, नबोल बरू गर, बाचा नगर बरू प्रमाणित गर अनि मात्र सबैथोक असल हुनेछ ।

–छाताले वर्षातलाई रोक्न त सक्दैन तर वर्षातमा खडा हुनलाई हौसला अबस्य दिन्छ,

यसरी नै आत्मविश्वासले सफलताको ग्यारेन्टी त लिदैन तर सफलताको लागि संघर्ष गर्न प्रेरणा अवस्य दिन्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares