काठमाडौँ, माघ २९ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन माग गरेको छ ।
विहीबार विज्ञप्ति जारी गर्दै महासंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धि फिर्ता लिन माग गरेको हो ।
कोरोना महामारीका कारण प्रभावित यातायात क्षेत्रलाई राहत राहत दिनुपर्ने बेलामा पेट्रोलियम पदार्थको मूल्य मूल्य बृद्धि गरेर व्यवसायीको ढाड सेक्ने काम गरेको जनाएको छ ।
महासंघले मूल्यवृद्धि फिर्ता गरेर सार्वजनिक सवारीका लागि विशेष सहुलियत घोषणा गर्न समेत माग गरेको छ ।
महासंघले पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गर्नु पर्ने र सरकारले कोरोना महामारी प्रभावको सहुलियत दिने भनिएको राहत दिनुपर्ने माग गरेको छ ।
नेपाल आयल निगमले हिजो पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा २५ रुपैयाँ बढाएको थियो ।