काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना
काठमाडौँ, फागुन ६ । पश्चिम वायुको प्रभाव कायमै रहँदा आज काठमाडौँ उपत्यकासहितका देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।दिउँसो १ बजेपछि काठमाडौँ उपत्यकासहित पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार दिउँसो काठमाडौँसहित प्रदेश २ र बागमती प्रदेशका पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो तापक्रम २४ डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा शनिबार रातिसम्म ठाउँठाउ...









