Tuesday, May 12
Shadow

Author: Interview Nepal

सरकारको नेतृत्व परिवर्तन हुँदैन : मुख्यमन्त्री राई

सरकारको नेतृत्व परिवर्तन हुँदैन : मुख्यमन्त्री राई

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, फागुन १४ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले तत्काल सरकारको नेतृत्व परिवर्तन नहुने जिकिर गरे । सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युँताउने फैसला गरे पनि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को एउटा समूहबाहेक अन्य दलको साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारलाई निरन्तरता दिने बताउँदै उनले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने अदालतको फैसलाले सरकारविरोधी समूहलाई सहयोग पुगेको भनाइ राखे । बहुमतप्राप्त प्रधानमन्त्रीले अराजकतालाई परास्त गर्न संसद् विघटन गरेर चुनावमा जाने निर्णय गरे पनि अदालतले त्यो निर्णय उल्टाएर अराजकतालाई प्रश्रय दिएको उनको भनाइ थियो । “हामी अदालतको फैसला मान्छौँ तर यसले मुलुकलाई निकास दिँदैन । अझ अराजक तत्वलाई बल पुग्...
५२ जना उपसचिव र सहसचिवसहित केही जिल्लाका सिडिओ समेत फेरिए

५२ जना उपसचिव र सहसचिवसहित केही जिल्लाका सिडिओ समेत फेरिए

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन १४ गृह मन्त्रालयले ५२ जना उपसचिव तथा सहसचिवको सरुवा गरेको छ। शुक्रवार गृहमन्त्री स्तरको बैठकले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीदेखि अन्यको पदस्थापन तथा सरुवा गरेको हो। पाल्पा, सिन्धुली,महोत्तरी, सुनसरी, सप्तरी, दोलखा, म्याग्दी, लगायत जिल्लाका सिडिओ फेरिएका छन्। योगेन्द्र प्रसाद पाण्डेको जिल्ला प्रशासन कार्यालय, पाल्पामा सुरुवा गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा सुरेश न्यौपानेलाई पठाइएको छ। त्यस्तै सिन्धुपाल्चोक जिल्ला प्रशासन प्रमुखमा अरुण पोखरेललाई पदस्थापन गरिएको छ।...
नेकपा संसदीय दलको प्रमुख सचेतकबाट गुरुङ बर्खास्त, भट्टराई नियुक्त

नेकपा संसदीय दलको प्रमुख सचेतकबाट गुरुङ बर्खास्त, भट्टराई नियुक्त

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, फागुन १४ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् । उनको ठाउँमा विशाल भट्टराई नियुक्त भएका छन् । भट्टराई खोटाङ जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने सांसद समेत हुन् ।
विज्ञान र गरिमाको फिचर्डमा  ‘मैना’ सार्वजनिक

विज्ञान र गरिमाको फिचर्डमा ‘मैना’ सार्वजनिक

भिडियाे, मनोरञ्जन
महेन्द्र अधिकारी ,ललितपुर,फागुन १४ गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको आवाजमा समावेश भएको ‘मैना’ बोलको गीत सार्वजनिक भएको छ । यूवायूवती बिचको प्रेम र आकर्षणको बिषयलाई गीतमा प्रस्तुत गरिएको छ । उक्त गीतको भिडियोलाइ बसन्त अधिकारीले निर्देशन गरेका छन् भने संकल्प भुजेलले खिचेका छन् । सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोलाइ कृष्ण भण्डारीले सम्पादन गरेका छन् । ‘मैना’ बोलको गीतलाई रूपा लामा र माया लामाले निर्माण गरेका हुन् भने भिडियोमा विज्ञान गजुरेल र गरिमा शर्मा फिचर्ड रहेको छ । विज्ञान र गरिमाको जोडी निकै सुहाएको छ । ‘मैना’ बोलको गीतको म्युजिक भिडियो एस् थ्रि के इन्टरटेन्मेन्ट को यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोले दर्शकको माया पनि बटुलिरहेको छ । सोही गीतको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?fbcl...
काठमाडौंमा फेरि भेटियो बर्डफ्लू, १२ हजारभन्दा धेरै कुखुरा नष्ट

काठमाडौंमा फेरि भेटियो बर्डफ्लू, १२ हजारभन्दा धेरै कुखुरा नष्ट

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू भेटिएको छ । नगरपालिकाको वडा नम्बर १ साङ्लाफाँटका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएको हो । बर्डफ्लू पुष्टि भएपछि त्यहाँ बिहीबार एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालले जानकारी दिए । ‘अहिले केन्द्रीय बर्डफ्लु समन्वय समितिको बैठक बसिरहेको छ,’ उनले भने, ‘केही समयपछि विस्तृत जानकारी सार्वजनिक गछौं ।’ यस अघि पनि गत माघमा तारकेश्वर नगरपालिकामा बर्डफ्लू देखिएको थियो । केहि साताअघि मात्रै सुर्खेतमा पनि बर्डफ्लूको सङ्क्रमण देखिएको थियो ।...
फार्मेसी अधिकृत २ लाख घुससहित पक्राउ

फार्मेसी अधिकृत २ लाख घुससहित पक्राउ

अपराध, मुख्य समाचार
काठमाडौँ , फागुन १४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधी व्यवस्था विभाग, शाखा कार्यालय बिराटनगरमा कार्यरत फार्मेसी अधिकृतलाई २ लाख घुससहित पक्राउ गरेको छ । अख्तियारले फार्मेसी पसल खोलिदिने भन्दै फार्मेसी अधिकृत सरोज सुवेदीले सेवाग्राहीसँग लिएको २ लाख रकमसहित विराटनगर महानगरपालिका-३ स्थित भट्टराई होटलको अगाडीबाट विहिबार नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएका सुबेदीको अहिले अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।  ...
चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ

चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ

मुख्य समाचार, राजनिती
म्याग्दी , फागुन १४ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन ९फिल्टर० म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको बताए । ‘दरवाङ क्षेत्रबाट पक्राउ गरिएको हो’, उनले भने,‘पुन यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सूचीमा पनि थिए ।’ पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ । पुन म्याग्दीको मालिका गाउँपालिका–३ का बासिन्दा हुन । उनी पछिल्लो समय चन्द समूहको मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरीको प्...
दुई दिनमा कोरोनाबाट मृत्यु संख्यामा ७०१ जना थपिए, अझै बढ्न सक्ने

दुई दिनमा कोरोनाबाट मृत्यु संख्यामा ७०१ जना थपिए, अझै बढ्न सक्ने

ब्यानर समाचार, समाचार
काठमाडौंं, फागुन १४। कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको संख्या पुनः थप भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार थप ८३ जनाको कोरोनाले मृत्यु भएको छ । यसअघि बुधबार मात्रै मन्त्रालयले ६१८ जना मृतक थपिएको जानकारी दिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र कोभिड सङ्कट व्यवस्थापन केन्द्र ९क्राइसिस म्यानेजमेन्ट सेन्टर० कोरोनाका कारण मृतकको शव गणनामा अन्तर आएकोमा मन्त्रालयले गठन गरेको छानबिन समितिपछि बिहीबार थप ८३ र बुधबार थप ६१८ जना मृतक थपिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेलले क्राइसिस म्यानेजमेन्ट सेन्टर र इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रको सिफारिसमा बिहीबारसमेत मृतकको सङ्ख्या संशोधन गरी ८३ जना थपिएको जानकारी दिए । उनले केही संख्या अझै प्रमाणित हुन बाँकी रहेकोले थप बढ्न सक्ने ...
नेकपाका दुवै समूह राजनीतिक र कानुनी सकसमा

नेकपाका दुवै समूह राजनीतिक र कानुनी सकसमा

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १४ । सर्वोच्च अदालतबाट संसद् पुनर्स्थापना भएसँगै नेकपाका दुवै समूह राजनीतिक र कानुनी सकसमा परेका छन्। सरकार गठन र संसद्मा प्रस्तुत हुन कानुनी रूपमा पार्टी विभाजन नभएकाले दुवै समूह सकसमा परेका हुन्। नेकपा दाहाल–नेपाल समूहले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर पुष्पकमल दाहाललाई संसदीय दलको नेतामा चयन गरिसकेको छ। राजनीतिक निर्णय भएकाले त्यसले कानुनी वैधता पाउने अवस्था छैन। कानुनी रूपमा प्रधानमन्त्री ओली नै नेकपाको संसदीय दलको नेता भएकाले दाहाल–नेपाल समूहलाई तत्काल निर्णय गर्न असजिलो भएको छ। ‘दाहाल–नेपाल समूहले दाहाललाई संसदीय दलको नेता चयन गरेको भए पनि त्यो राजनीतिक निर्णय हुनेछ तर कानुनी रूपमा वैधता नपाउने भएकाले अहिले पनि संसदीय दलका नेता ओली नै भएकाले दलको बैठक ओलीले नै बोलाउनुपर्नेछ,’ नेकपानिकट स्रोतले भन्यो। स्रोतका अनुसार अहिले ओली स...
बिरामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, चार घाइते

बिरामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, चार घाइते

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १४ । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो । घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ । यसैगरी मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ । चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् ।...