Tuesday, April 23
Shadow

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु


  • -इ
  • इ+

बर्दिया , चैत ४ । बर्दियामा बाघको आक्रमणबाट फेरि एक जनाको मृत्यु भएको छ ।बर्दिया राष्ट्रिय निकुञ्ज मुख्य क्षेत्रभित्रै पर्ने ठाकुरबाबा नगरपालिका– ७ मोहनपुर बस्ने ६२ वर्षीया डल्ली रावतको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

निकुञ्जको बघौरा फाँटामा उनलाई बाघले आक्रमण गरेको थियो । निकुञ्जभित्र घाँस–दाउरा काट्न गएका वेला उनलाई बाघले आक्रमण गरेर बेपत्ता पारेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

उनीसँगै घाँस–दाउरा काट्न गएका महिलाले गाउँमा फर्किएर आई बाघले आक्रमण गरी लगेको खबर गरेपछि निकुञ्जका कर्मचारी, नेपाली सेना र प्रहरीको टोलीले रावतको खोजी थालेका थिए । रावतको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

निकुञ्ज प्रशासनले निकुञ्ज क्षेत्रमा अनुमतिविना प्रवेश निषेध गरेको छ । तर, गोप्य बाटो प्रयोग गरी अवैध रूपमा प्रवेश भइरहेकाले जोखिम बढेको निकुञ्जका अधिकारीहरूको भनाइ छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares