Thursday, October 2
Shadow

Author: Interview Nepal

विपद्मा १४३ जनाको मृत्यु, ४७ जना बेपत्ता

विपद्मा १४३ जनाको मृत्यु, ४७ जना बेपत्ता

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ, १४ साउन : मनसुनी विपद्मा परी गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन् । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ देखि आजसम्म बाढीपहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको हो । अहिलेसम्म काठमाडौँ उपत्यकामा नौ, कोशी प्रदेशमा ३५, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा नौ, गण्डकी प्रदेशमा ३१, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १४ जनागरी जम्मा एक सय ६१ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा ...
पन्ध्र जिल्लामा दुई लाख ७१ हजार गरिब परिवार सूचीकृत

पन्ध्र जिल्लामा दुई लाख ७१ हजार गरिब परिवार सूचीकृत

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ, १४ साउन : सरकारले १५ जिल्लाका दुई लाख ७१ हजार छ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गरेको छ । यही साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले ओखलढुङ्गा, कञ्चनपुर, गुल्मी, दोलखा, धनुषा, नुवाकोट, पर्सा, बारा, बैतडी, मनाङ, मुस्ताङ, रुपन्देही, सप्तरी, सर्लाही र सिन्धुपाल्चोकका गरिब परिवारको सूची स्वीकृत गरेको हो । बैठकले सरकारको नाममा दर्ता रहेको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सरावल गाउँपालिका–५ मा तीन हजार छ सय ८० वर्गमिटर जग्गा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । सरकारले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाअन्तर्गत बाँसखोर स्वास्थ्य चौकीको भवन निर्माणका लागि ०–१७–७ विघा, लखरपाटा–खम्वागाडे–मुरमुरी–जामुन सुनकाँडा सडक निर्माणका लागि सर्खेतको बराहताल गाउँप...
कृष्णनगरका तीन गाँउ उच्च जोखिममा, प्रदेश र संघ सरकारको ध्यानाकर्षण आवश्यक

कृष्णनगरका तीन गाँउ उच्च जोखिममा, प्रदेश र संघ सरकारको ध्यानाकर्षण आवश्यक

ब्यानर समाचार 2, मुख्य समाचार
कृष्णनगर, १३ साउन । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ मा नदी कटानले ३ गाउँ उच्च जोखिममा परेका छन् । चरगंहवा नदीको कटानले भदुई, मानपुर र हथियागढ गाउँ जोखिममा परेका हुन् । चरगंहवा नदीको पानीको धार गाउँतर्फ फेरिएर बग्न थालेपछि स्थानीयबासीहरु त्रसित भएका छन् । वर्षायाममा नदीमा आएको बाढीले वर्षेनी सो गाउँतर्फ नदीले कटान गर्दै आएपछि तीनै गाउँका बसिन्दाले गाउँ नै बाढीले बगाएर लैजाने डर, त्रासमा बस्न परेको स्थानीय शिवदास चौधरीले बताए । चरगंहवा नदीको कटानले गाउँदेखि ३ सय मिटर भन्दा नजिकै नदीको धार आइसकेको उनले बताए । उनले भने “अब समयमै तटबन्ध र नदीको धार फेरिने काम भएन भने बाढीले पुरै गाउँ नै बगाउँछ । नदीको कटान नियन्त्रण गर्न सरकारले छिटै ध्यान पुर्याउन जरुरी छ । समयमै नियन्त्रणको काम नभए गाउँ नै विस्थापित हुने अवस्थामा रहेको छ” । यस क्षेत्रबाट निर्वाचित स्थानीय, संघ र प्रदेशका जनप्रतिनिधि लगा...
मुस्लिम महिला हरू द्वारा आईशा गर्लस कालेजको अवलोकन भ्रमण

मुस्लिम महिला हरू द्वारा आईशा गर्लस कालेजको अवलोकन भ्रमण

ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु, साउन १२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेको आईशा सिद्धकी गर्लस कालेजको मदरसाको रूपन्देही जिल्लाको सियारी गाँउपालिकाका मुस्लिम महिला हरू द्वारा अवलोकन भ्रमण गरिएको छ । सो मदरसामा रहेको छात्रावास, सिलाई कटाई कक्ष, कम्प्यूटर कक्ष, कक्षा कोठा, नुमाइश कक्ष लगायतको अवलोकन गरिएको छ। सो अवलोकन भ्रमणका क्रमममा एक कार्यक्रम गरि सो मदरसाले आएका सम्पूर्ण लाई सम्मान कार्यक्रम राखेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अकिल मियाले सियारी गाँउपालिकाले मुस्लिम महिला हरू लाई गराएको अवलोकन भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्दै सबै व्यक्तिको शिक्षामा पहुच पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा बोल्दै पूर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खांले मुस्लिम धर्ममा शिक्षा लाई अनिवार्य तथा निशुल्क गरेको भए पनि हालको स्थितमा मुस्लिम हरूको शिक्ष...
वचन साकोस द्वारा ललितपुरको भैंसेपाटी स्थित श्रीकुल विद्यालयमा एक दिने शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न

वचन साकोस द्वारा ललितपुरको भैंसेपाटी स्थित श्रीकुल विद्यालयमा एक दिने शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, समाचार
ललितपुर, नेपाल (काठमाडौँ महानगरपालिका वडा नं ३०) स्थित डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि। को लघुवित्त (सूक्ष्म) उप-समितिको पहलमा २६ असार २०८१ मा ललितपुरको भैंसेपाटी स्थित श्रीकुल विद्यालयमा एक दिने शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम सूक्ष्म वित्त परियोजना २०८१ अन्तर्गत आयोजना गरिएको थियो ।विद्यार्थीहरूलाई सहकारी शिक्षा र बाल बचतमा प्रोत्साहित गर्ने उद्देश्यराखिएको थियो। संस्थाका अध्यक्ष श्री मुकुन्दराज खनालको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो र उहाँले शिक्षकहरूलाई वचन साकोसका सदस्य बन्न र बचत गर्न आग्रह गर्नु भयो। अध्यक्ष खनालले भने, शिक्षण पेशामा रहँदा सहकारीसँग सम्बन्धित भएर वित्तीय समस्याहरू समाधान गर्न सजिलो भएको छ। उहाँले सहकारीको वृद्धिलाई उल्लेख गर्दै वित्तीय वर्ष २०७९ र ०८० मा २६८ मिलियन रहेको संस्थाको ब्यालेन्स सीट वित्तीय यस आ.व ...
कुञ्चिप्वाकल माविले SEE २०८० बिदाइ कार्यक्रम सम्पन्न गरेकाे छ

कुञ्चिप्वाकल माविले SEE २०८० बिदाइ कार्यक्रम सम्पन्न गरेकाे छ

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ - तारकेश्वर नगरपालिकाकाे वडा नं १ मा रहेकाे कुञ्चिप्वाकल माविले आफ्ना २०८० का SEE मा उत्तीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच बिदाई गरेकाे छ । सतप्रतिशत नतिजा हाँसिल गर्न सफल उक्त विद्यालय तारकेश्वरकाे सतप्रतिशत नतिजा लेराउने एक मात्रै सामुदायिक विद्यालय हाे । उक्त कार्यक्रमका सभापति एवं वडाध्यक्ष बिदुर सापकाेटाले उत्तीर्ण विद्यार्थी तथा अध्यापन गराउने शिक्षकहरुलाई सम्मान गर्नु भएकाे थियाे । उक्त अवसरमा स्थायी नियुक्ति लिएर गाेरखा सरुवा हुनुभएका शिक्षक खेमराज उपाध्यायलाई बिदाइ र सम्मान गरिएकाे थियाे ।...
पोखरीमा पौड़ी खेल्ने क्रममा डुबेर एक युवतीकाे मृत्यु

पोखरीमा पौड़ी खेल्ने क्रममा डुबेर एक युवतीकाे मृत्यु

समाचार
- अजय मिश्र  कपिलवस्तु /कृष्णनगर, साउन ९ जिल्लाको कृष्णनगर नगरपालिका भोरहवा गाउंकाे पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ। कृष्णनगर नगरपालिका वडा नं ७ भोरहवा गाउँ बस्ने अन्दाजी सोह्र बर्षिय दुर्गीवती कोहार पोखरीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्यु भएको हाे । दिउसाे पाेखरीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्यु भएकाे युवती स्थानीय दुखिराम कोहारकी छोरी रहेकाे ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिनु भयो। शवलाई शिवराज अस्पताल बहादुरगंज कपिलवस्तुबाट पोस्टमार्टम समेत भई सकेपछि परिवारलाई जिम्मा लगाइएकाे ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। साथै बर्षाको समयमा ताल, पोखरी लगायत ठांउ जलमग्न भएको अवस्थामा बाल बच्चा लाई सो स्थानहरूमा जान न दिन अभिभावक सचेत हुनुपर्ने प्रनि खत्रीले सुझाएका छन ।...
कृष्णनगरमा  मनाइयो मोहर्रम पर्व

कृष्णनगरमा  मनाइयो मोहर्रम पर्व

ब्यानर समाचार 2, समाचार
  कृष्णनगर, कपिलवस्तु, साउन २ मुस्लिम धर्माबलम्बिको प्रवर्तक हजरत मोहम्मद पैगम्बरका नाती शहिद हजरत हुसैनको सम्झनामा कृष्णनगरको लक्ष्मी नगरको कर्बलामा मोहर्रम पर्व मनाइन्छ । इराकको राजधानी बगदाद भन्दाको करबला भन्ने ठाँउमा  यजीदी फौजसँगको धर्मयुद्धमा सहादत प्राप्त गरेका हुसैनको सम्झनामा यो पर्व मनाइने गरिन्छ । कृष्णनगरमा पनि ताजिया बनाई मोहर्रम पर्व मनाइएको हो । नेपाललगायत दक्षिण एशियाली मुलुकहरुमा विशेष महत्वका साथ मनाईन्छ । मुस्लिमहरु मात्रै मनाउदै आएको यो पर्व पछिल्लो समय हिन्दु धर्मवलम्बीहरुले पनि मनाउने गरेका छन । ताजिया प्रति आस्था बढ्दै गएपछि, मागेको भाकल पुरा हुने भएपछि हिन्दु समुदायले पनि ताजिया बनाउने गरेका छन । ईस्लामीक धर्मको नयां बर्षका दिन देखी सुरु हुने मोहर्रमका १० दिन सम्म नै फरक फरक तरीकाले पर्व मनाउने गर्दछन् । मोहर्रमको १० तारिखलाई महान दिन असुरा पनि ...
वचन साकोस द्वारा विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई लघुवित्त अन्तर्गत सहकारी शिक्षा तथा त्यसको महत्व वारे छलफल

वचन साकोस द्वारा विद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई लघुवित्त अन्तर्गत सहकारी शिक्षा तथा त्यसको महत्व वारे छलफल

ब्यानर समाचार 2, समाचार
काठमाडौं महानगरपालिका–३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को लघुवित्त (शुष्म) उप–समितिको आयोजनामा १ दिवसीय लघुवित्त (शुष्म) परियोजना अन्तर्गत सहकारी शिक्षा तथा लघुवित्त बारे कार्यक्रम धोविघाट, ललितपुर स्थित मञ्जुश्री इङ्गलिस बोर्डिङ्ग स्कुलमा २०८१ असार २६ गते सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता वचन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री मुकुन्दराज खनालज्यूले विद्यालयमा आवद्व शिक्षक तथा शिक्षिकाहरु मार्फत विद्यालयमा अध्यरत छात्र छात्राहरुलाई सहकारी शिक्षा प्रदान गर्दै बाल वचत गर्ने पे्ररणा जागरण गर्दै लैजानुका साथै शिक्षक शिक्षिकाहरु सबैलाई भई सहकारी नियम भित्र रहि बचत गर्न अनुरोध गर्नु भयो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत डा.देशमर्दन बस्न्यातज्यूले सहकारी जगतमा यस सहकारी संस्थाले आफ्नै शेयर सदस्यहरुबाट आर्थिक श्रोत जुटाई ९ प्रत...
वचन साकोसले सञ्चालनमा ल्याएको लघुवित्त कार्यक्रममा नागरिकहरु उत्साहित

वचन साकोसले सञ्चालनमा ल्याएको लघुवित्त कार्यक्रममा नागरिकहरु उत्साहित

ब्यानर समाचार, समाचार
काठमाडौं - वचन बचत तथा ऋण सहकारी संस्था लि.को लघुवित्त (सुष्म] उप-समितिको आयोजनामा १ दिवसीय लघुवित्त (सुष्म) परियोजना अन्तर्गत शिक्षा तथा जनजागरण कार्यक्रम-२०८१ तारेकेश्वर नगरपालिका-६, जीतपुरमा २०८१ असार ५ गते सम्पन्न भयो। उक्त कार्यक्रममा ३० जना स्थानीय कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता गर्दै तारेकेश्वर नगरपालिका-३ का पूर्व वडाध्यक्ष समेत रहेका वचन बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक तथा लघुवित्त (सुष्म) उप-समितिका संयोजक मनोहरि तिवारीले कृषि र पशुपालन जस्ता उत्पादनमूलक कार्य गरिरहेका स्थानीयबासीहरुको जीवनस्तर माथि उठाउन सहयोग पुगोस् भनेर वचन साकोसले सञ्चालनमा ल्याएको लघुवित्त कार्यक्रमको सदुपयोग गरि आफ्नो उत्पादन वृद्धि हुने गरी कार्य गर्न आग्रह गर्दै म पनि यहींको स्थानीयबासी भएकोले यो कार्यक्रमको जसअपजसको जिम्मेवार आफू पनि हुने बताउनुभय‍ो । कार्यक्रममा मन्तव्य व...