नुवाकोट
ककनी गाउँपालिका १ बाट माओवादी केन्द्रले विजय सुरुवात गरेको छ। माओवादी केन्द्र बाट पदम बलामी वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
वडा नं १ मा माओवादी केन्द्रका सम्पुर्ण टिम नै विजयी भएका छन्।हाल ककनी गाउपालिका वडा नं २ को मतगणना कार्य जारी छ ।
वडा नं २ मा नेपाली कांग्रेसको अग्रता कायमै छ।
काठमाण्डौँ, वैशाख ३
आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा चन्द्रागिरि नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अजय श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । आज भएको पार्टी बैठकले उक्त निर्णय गरेको हो ।
निर्वाचन समय नजिकिए सगै पार्टीगत रुपमा आ आफ्नो उम्मेदवार घोषणा गर्ने थालेका छन् । वडा नं ९ का श्रेष्ठ हाल काठमाण्डौँ क्षेत्र नं १० को प्रदेश (ख) का अध्यक्ष हुन् । पार्टीको हरेक गतिविधिमा सक्रिय रहदै आएका छन् । पार्टीगत संगै सामाजिक र व्यवसायिक क्षेत्रमा पनि उनी सक्रिय रहदै आएका छन् ।
युवा जोस जागर र समुन्नत चन्द्रागिरिको योजना बोकेका श्रेष्ठ युवा माझ लोकप्रिय रहेका छन् । पार्टीमा निरन्तर सक्रिय रहदैँ सामाजिक गतिविधिहरुमा पनि उत्तिकै सक्रिय रहदै आएका छन् ।
...
विगत १६ बर्ष देखिको समस्या समधान नगरेको भन्दै सिसडोल बासिन्दाले फोहोरमैला बोकेर गाडीमा प्रवेशमा रोक लगाएका छन्।
आज बिहान ४ बजे देखि काठमाडौं महानगरबाट फोहोर बोकेका गाडी सिसडोल जान सकेका छैनन् । हाल फोहोरमैला बोकेका गाडी काठमाडौंमा नै थन्किएका छन्।
१६ बर्ष पहिला नेपाल सरकारले गरेका सम्झौता कान्वयान नगरे सम्म फोहोरमैला बोकेका गाडी सिसडोल छिर्न नदिने स्थानीयको चेतावनी छ।
आज बाट स्थानीय फोहोरमा राजनीति गर्ने दलालहरू होसियार , मानव रहित फोहोर ,फोहोर रहित मानव भन्दै आन्दोलित भएका छन् ।...
काठमाडौं । आज देखि बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निर्माण कार्यमा सिसडोल बासिन्दाले अबरोध गरेका छन् । आम सिसडोल बासीको स्वास्थ्यलाई खेलवाड गर्दै सरकारी पक्षले गरेका प्रतिवद्धता कान्वायन नगरी बञ्चरेडाँडामा सिसडोलको जस्तै अवस्थामा नै विसर्जन गर्न खोजेको स्थानीय भनाइ छ। धुनेबेशी नगरपालिका वडा नं १,२,३ र ककनी गाउपालिका वडा नं १,२,३ का स्थानीयहरुले आजबाट ल्यण्डफिलसाइटको निर्माण कार्यमा अबरुद्ध गरेका हुन्।
स्थानीयहरुले आज बिहान ७ बजे देखी निर्माणकार्य रोकेका छन् । आक्रोशित स्थानीयहरुले यो पहिलो चरणको विरोध भएको र माग सम्बोधन नभए अर्को चरणको विरोधमा जान आफूहरु बाध्य हुने चेतावनी दिएका छन् ।
‘कि फोहोर रहित, कि मानव रहित बनाउँनुपर्ने र साथै स्थानियहरु को जीवन बीमा, शिक्षा स्वास्थ्य, पक्कि बाटो हुनु पर्ने’ संघर्ष समितिका अध्यक्ष सिराम ढुंगानाले बताए ।
सिसडोल जनता पनि छन् भने कुरा नदेखेको जस्तो...
काठमाण्डौँ, फागुन ५
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा अब एक मात्र विकल्प राजालाई अभिभावक बनाएर देश चलाउने बताएका छन् । काठमाण्डौँ महानगरपालिका वडा नं १४ मा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
देशले दुई वटा राष्ट्रपति पाईसक्यो तर मुलुकको हितमा कुनै पनि काम नगरी आर्थिक भार बढाउने काम मात्र गरेको अध्यक्ष लिङ्देनले बताए । विदेशी संग धेरै झुके राष्ट्रपतिहरु तर राजा थिए भने त्यो अवस्था आउदैन थियो । त्यसैले देशको स्वाधिनताको रक्षाको लागि भए पनि अब राष्ट्रपतिको ठाउँमा राजालाई अभिभावकको भूमिकामा ल्याउने काम राप्रपाले गर्ने उनले बताए । पार्टी प्रवेश गरेकाहरुलाई धन्यवाद व्यक्त गर्दै उनले पार्टी प्रतिको उत्साह बढ्दै गएको र त्यसलाई आफूले कायम राख्ने प्रतिबद्धता व्यक्त गरे । आयोजित कार्यक्रममा ४३ जनाले पार्टी प्रवेश ग...
धादिङ
माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी विरुद्ध प्रदर्शन गरेको छ ।
आजै संसदमा एमसीसी टेबुल हुने भन्ने अनुमानका साथ विरोध प्रदर्शनलाई बृहत बनाउने योजना बनाएको बाईसीएलले आज संसदमा पेस नभए पछि प्रर्दशनलाई फरक ढंगले गरिएको संयोजक रोमी घलेले बताए ।
हामी सँग कुरा गर्दै अध्यक्ष घलेले भने जनतामा माओवादीले पनि भित्रभित्रै एमसीसी पास गराउने रणनीतिमा रहेको भ्रम फिजाईएको छ । कदापी हाम्रो पार्टीले संशोधन नगरि एमसीसी पास हुन नदिने बताए ।
राष्ट्र र राष्ट्रियताको सवालमा वाईसीएल सडक मोर्चामा अग्रपंतीमा रहँदै आएको र संशोधन नगरी एमसीसी पास हुन नदिने समेत उनले बताए ।
आजको प्रदर्शन साङ्केतिक रहेको समेत उनले बताए ।
...
काठमाडौं फागुन ४
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभाहालमा विद्यालय तथा घर परिवार भित्र बाल बालिकाहरूमा अनुसासन कायम गर्न सकारात्मक उपाय अवलंबन गर्ने सम्बंधि निर्देशिका तथा सामग्री निर्माण गर्न शिक्षक अभिभावक तथा जन प्रतिनिधिहरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चन्द राम चौधरी, प्रमुख अतिथिमा युनिसेफ नेपालका प्रकाश कैनि, अतिथिमा वडाध्यक्ष संजय कुमार गुप्ता, छेदी प्रसाद यादव, घनश्याम बनियां लगायत रहेका थिए ।
कार्यक्रममा युनिसेफ नेपालका प्रकाश कैनिले कार्यक्रमको उद्देश्य तथा बाल अधिकार लगायत विद्यालय तथा घर परिवार भित्र बाल बालिका हरूमा कसरी अनुसासन कायम गर्न सकिन्छ भन्ने कुराको जानकारी गराए ।
कार्यक्रममा प्रशिक्षकका रुपमा रहेका अधिवक्ता राजु कुमार श्रीवास्तवले बाल अधिकार, अनुसासन, हिंसाको परिचय, कानुनी ...
काठमाडौं । एमसीसीको विरोधमा वुधबार बिहान ११ बजेदेखि सुरु भएको प्रदर्शनका कारण तनावग्रस्त बनेको थियो । हाल नयाँबानेश्वर क्षेत्र सामान्य बनेको छ ।
साढे ४ घण्टापछि स्थिति सामान्य बनेको हो । सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी भएपछि विप्लवसहितका ६ राजनीतिक दललगायतले विरोध प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।
झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । त्यस्तै, १३७ जना प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा रहेका छन् ।
...
काठमाण्डौँ, फागुन ४
आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले थारु आयोगको तेस्रो प्रतिवेदन पेश गरेका छन् भने तीन शोक प्रस्ताव पारित भएका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले नाराबाजी गरिरहेकै बेला सभामुखले यी प्रस्ताव अगाडी बढाएका थिए ।
अब अर्को बैठक फागुन ६ गते शुक्रबार दिनको १ बजे बस्ने भएको छ ।...
काठमाण्डौँ, माघ १८
नरदेवीस्थित श्रीराज कलेक्सनले बागबजारमा सर्टिङ सुटिङको लागि दोस्रो ब्राञ्च सुट्माला सूरु गरेको छ । यहि माघ १७ गते बाट सुट्मालाको शुभारम्भ भएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठलाई सुट्मालाका सञ्चालक राज कार्कीले पुष्पगुच्छा प्रदान गरेर, खुसी साँटासाँट् गर्दै कार्यक्रम शुभारम्भ गरिएको थियो । सञ्चालक कार्कीका अनुसार माघ महिनाभरी सुट् सिलाउनेलाई २५ प्रतिशत छुट् दिईने छ ।
कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य मिलन नेपाली, बाग्मति प्रदेश सदस्य महेश कायस्थ, बिनोद छिनाल, काठमाडौँ जिल्ला संघका अध्यक्ष चन्द्र रणपहेली, सचिव सागर कार्की, कोषाध्यक्ष लालु बैजु, सह सचिव बासुदेब पौडेल, सदस्य मृदुला शर्मा, बिनु मित्राकोटी, दीपक परियारको उपस्थिीति रहेको थियो । यस्तै कलाकार सुरज चापागाँई ‘बान्द्रे’, सुबोध गौतम ‘एक्दुमे’,...