Saturday, May 9
Shadow

Author: Interview Nepal

एकैदिन ५ हजार ४ सय ३२ कोरोना संक्रमित डिस्चार्ज

एकैदिन ५ हजार ४ सय ३२ कोरोना संक्रमित डिस्चार्ज

समाचार, स्वास्थ्य
काठमाण्डौँ, माघ १४ पछिल्लो २४ घण्टामा नेपपालमा ५ हजार बढी कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४ सय ३२ जना संक्रमित निको भएका छन्। हाल देशभर ८९ हजार ९ सय ४१ सक्रिय संक्रमित रहेका छन्। शुक्रबार देशभर ६ हजार ८२७ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ। शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ। यस्तै एकै दिन १० जनाको मृत्यु भएको छ। नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।...
जन्म दिनमा छात्रावासलाई खाद्यान्न सहयोग

जन्म दिनमा छात्रावासलाई खाद्यान्न सहयोग

समाचार, समाज
नुवाकोट, माघ १२ विगत लामो समय देखि विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएका रामेश्वर गजरेलले आफ्नो जन्म दिन खाद्यान्न सहयोग गरेर मनाएका छन् । बेलकोटगढी नगरपालिका वडा नं ९ नलगाउँमा जन्मिएका गजुरेलले विदुरमा रहेको आमाको माया नामक छात्रवासलाई चामल, नुन, तेल, दाल, विस्कुट लगाएतको खाद्यान्न सहयोग गरेका छन् । जन्म दिनमा हुने फजुल खर्च कटाएर यस अघिका वर्षहरुमा पनि आफूले अन्य क्षेत्रमा सहयोग गर्दै आएको उनले बताए । उनले खाद्यान्न सहयोग गर्दै आगामी दिनहरुमा पनि आफूले निरन्तर सहयोगका कार्यक्रमहरु गर्ने अठोट गरेका छन् । गजुरेल हाल सभ्यता समाज नेपाल नामक संस्थाको अध्यक्ष समेत रहेका छन् । ...
मन्त्री यादवको पद तत्काल बर्खास्त गर्न राष्ट्रिय यूवा संघ नुवाकोटको माग

मन्त्री यादवको पद तत्काल बर्खास्त गर्न राष्ट्रिय यूवा संघ नुवाकोटको माग

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, माघ १२ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवको मन्त्री पद तत्काल बर्खास्त गर्न राष्ट्रिय यूवा संघ नुवाकोटले माग गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाललाई उक्त विज्ञप्ति हस्तान्तरण गर्दै उक्त माग राखेका हुन् । माघ ५ गते रौतहटको सदरमुकाम गौरमा आयोजित खुल्ला सभामा खुलेयाम ज्यान मार्ने देखि गौर काण्ड जस्तै घटना पुन दोहोर्याउने भन्ने धम्की आपत्तिजनक भएको भन्दै त्यस प्रति राष्ट्रिय यूवा संघ नुवाकोटको गम्भीर ध्यानाकर्षण रहेको नुवाकोट संयोजक प्रज्वल सापकोटाले बताए । देशको मन्त्री जस्तो जिम्मेवार पदमा रहेर जनाता सामु उक्त अभिव्यक्ति राख्नु आपत्ति जनक, अपराधिक र वर्वरतायुक्त भएकोले उनलाई तत्काल पदबाट बर्खास्त गर्नु पर्ने माग उक्त विज्ञप्तिमा उल्लेख छ । त्यस्तै स्थानिय तहको निर्वाचनलाई लिएर देखिएको अन्योलता, देशमा बढ्दो म...
नुवाकोट आर्दश बहुमुखि क्याम्पसको प्रमुखमा अर्याल

नुवाकोट आर्दश बहुमुखि क्याम्पसको प्रमुखमा अर्याल

शिक्षा, समाचार
३ माघ,काठमाडौं । नुवाकोटको नुवाकोट आर्दश बहुमुखि क्याम्पसको प्रमुखमा जितेन्द्र अर्याल चयन भएका छन् । लामो समय देखि विवादका कारण रिक्त रहेको प्रमुख पद आगामी तीन वर्षका लागि अर्याललाई नियुक्त गरिएको छ । विद्यार्थी तथा अभिभावक माझ लोकप्रियता कमाएका अर्यालले यस अघि क्याम्पसमा भएका अनियमितताको अन्त्य गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने आम विद्यार्थी तथा अभिभावकको विश्वास रहेको छ । यस अघि क्याम्पसमा उपप्राध्यापक पद सम्हालिरहेका थिए । यसैगरि क्याम्पसको संचालक समितिको अध्यक्ष तथा बाकि रहेका सदस्य चयनका लागि माघ १९ गते क्याम्पस सभा बोलाएको छ । उक्त सभाले बाकि पद पूर्तिको लागि प्रक्रिया अगाडी बढाउने छ । जितेन्द्र अर्याल क्याम्पस प्रमुखमा नियुक्त हुने बित्तिकै क्याम्पसका बिद्यार्थीको बधाईको ओइरो आउन थालेको छ । क्याम्पस प्रमुख अर्यालबाट क्याम्पसमा भएको अस्...
लिपुलेकमा भारतीय अतिक्रमण बढ्दो, नेपाल सरकार दृढ र स्पष्ट

लिपुलेकमा भारतीय अतिक्रमण बढ्दो, नेपाल सरकार दृढ र स्पष्ट

अन्तर्राष्ट्रिय, राजनिती, समाचार
०३ माघ,काठमाडौं ।     उत्तराखण्डको हल्द्वानी पुगेर चुनावी र्‍यालीलाई सम्बोधन गर्दै १५ पुसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताए । सन् २०२२ भित्रै कालोपत्रे गर्ने लक्ष्य रहेको पनि सुनाए । सीमाविदहरूका अनुसार मोदीले सडक विस्तार गरिरहेको भनेको ुलिपुलेक क्षेत्रु भारतीय भूमिमा पर्दैन, त्यो भू(भाग नेपालभित्र पर्छ । र, सडक निर्माण भइरहेको लिपुलेक क्षेत्र नेपालको राजनीतिक नक्सामा पनि समावेश छ । संविधानमा समेत उल्लेखित छ । ऐतिहासिक तथ्य र प्रमाण मात्रै नभएर परम्परागत सीमा सिद्धान्तका आधारमा पनि लिपुलेक नेपाली भूमि भएको प्रामाणिक हुने नेपाल सरकारको दाबी छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार मोदीले सडक बनाइरहेको भनेको लिपुलेक क्षेत्र नेपालको अभिन्न भूभाग रहेको स्पष्ट पारेका छन् । ...
आइतबार (आज) देखि बुस्टर डोज खोप दिइने

आइतबार (आज) देखि बुस्टर डोज खोप दिइने

समाचार, स्वास्थ्य
माघ २, काठमाडौं । सरकारले अग्रपंक्तिमा खटिनेहरूलाई आइतबार आज देखि कोरोना भाइरस कोभिड १९ विरुद्ध बुस्टर डोज खोप दिइने भएको छ । सोही अनुसार स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूलाई सरकारले बुस्टर डोज खोप दिइनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र लेखेर आज देखि अग्रपंक्तिमा खटिनेहरुलाई बुस्टर डोज आग्रह गरेको थियो । मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ । सरकारले खोप कार्ड लगेर नजिकैको खोप केन्द्रमा गइ बुस्टर डोज लगाउन निर्देशन दिएको हो ।...
पृथ्वी जयन्ती : सिंहदरबार वरपर जे देखियो (फोटो फिचर)

पृथ्वी जयन्ती : सिंहदरबार वरपर जे देखियो (फोटो फिचर)

ब्यानर समाचार, ब्लोअप
काठमाण्डौँ, पुस २७ ३०० औँ पृथ्वी जयन्तीको अवसरमा देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । सोहि क्रममा सिंहदरबार अगाडि रहेको पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरि मनाईएको छ । सो अवसरमा त्यस स्थान वरपर खिचिएको फोटोहरु : तस्वीर : राजेन्द्र गजुरेल
एमालेको सातौँ जिल्ला अधिवेशनबाट मैनाली अध्यक्षमा निर्वाचित

एमालेको सातौँ जिल्ला अधिवेशनबाट मैनाली अध्यक्षमा निर्वाचित

राजनिती, समाचार
२५ पौष,काठमाडौं   नेकपा (एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन् । नेकपा एमालेको सातौँ जिल्ला अधिवेशनबाट मैनाली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । शुक्रबार सुरु भएको अधिवेशन आज नेतृत्व चयन गर्दै सकिएको छ । उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुदर्शन नेपाल, उपसचिवमा काशीराज अधिकारी र नीलकण्ठ आचार्य निर्वाचत भएका हुन्। पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक केशवराज पाण्डले जानकारी दिए। तीन दिनसम्म सञ्चालन भएकोे जिल्ला अधिवेशनमा ७६३ जनप्रतिनिधी सहभागी भएका थिए । अधिवेशनको बन्द सत्रले शनिबार राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदन छलफलसहित पारित गरेर निर्वाचित प्रक्रिया सुरु गरेको थियो । अध्यक्षमा निर्वाचित मैनाली यस अघिको जिल्ला कमिटिमा उपाध्यक्ष थिए । सर्वोच्च अदालतले नेक...
कोरोना संक्रमण बढेका कारण शैक्षिक संस्था बन्द गर्न सुझाव

कोरोना संक्रमण बढेका कारण शैक्षिक संस्था बन्द गर्न सुझाव

शिक्षा, समाचार, स्वास्थ्य
२५ पुष, काठमाडौँ . नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन्। थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तर्क्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिएका हुन्। नेता महरले भने, “हामीले १८ वर्ष मुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन सकेका छैनौँ। छिमेकीमूलुक भारतमा पनि कोरोना सङ्क्रमण तीव्र भएसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ। यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ ।” नेपाल विद्यार्थी सङ्घका अध्यक्षसमेत रहेका उनले सरोकार निकायसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडै कोरोना रोक...
एन.एफ.पि.जे. बाग्मती प्रदेशको सचिवमा नुवाकोटका राजेन्द्र गजुरेल चयन

एन.एफ.पि.जे. बाग्मती प्रदेशको सचिवमा नुवाकोटका राजेन्द्र गजुरेल चयन

समाचार
पुष२५,काठमाडौं ।   राष्ट्रिय फोटो पत्रकार समूह (एन.एफ.पि.जे) बाग्मती प्रदेशको सचिवमा नुवाकोटका पत्रकार राजेन्द्र गजुरेल चयन भएका छन् ।शनिबार चितवनको रत्ननगर नगरपालिका स्थित सौराहामा भएको राष्ट्रिय फोटो पत्रकार समुह बाग्मती प्रदेश प्रथम अधिबेशनबाट गजुरेल सचिव पदमा निर्विरोध भएका हुन् । लामो समय नुवाकोटका विभिन्न सञ्चार सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका गजुरेल यस अघि एन। एफ। पि।जे। बाग्मती प्रदेशको सदस्य थिए । राष्ट्रिय फोटो पत्रकार समूह बागमति प्रदेशको चितवनको सौराहामा सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा, उपाध्यक्ष, सचीव, कोषाध्यक्ष तथा सदस्यहरु क्रमश नारायण सिलवाल, कपिल खड्का, राजेन्द्र गजुरेल,सुरक्षा न्यौपाने, मनिश दुवाडी, बलवीर भुजेल सागर गिरी, सन्तोष बस्ताकोटी र नवराज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।...