Friday, May 8
Shadow

Author: Interview Nepal

गठबन्धन दल सिट बाँडफाँटको अन्तिम टुङ्गो लाग्दै छ : प्रचण्ड

गठबन्धन दल सिट बाँडफाँटको अन्तिम टुङ्गो लाग्दै छ : प्रचण्ड

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताउनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका लागि आज सुर्खेत आइपुग्नुभएका अध्यक्ष दाहालले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटमा गठबन्धनमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँटको सहमति नजिक पुगिएको बताउनुभयो । गठबन्धन दलभित्र कुनै असहमति नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिन्छ । तर नेकपा (एमाले)सँग तालमेलको कुनै सम्भावना छैन । सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा होमिन्छौँ ।” कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । पत्रकार भेटघाटका क्रममा अध्यक्ष दा...
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकामा आन्तिममा ६८ दल कायम भएका हुन् । आयोगले ती दलको दर्ता नं, नाम, केन्द्रीय कार्यालयको ठेगाना, प्रमुख पदाधिकारीको नाम, निवेदन दर्ता गराउन आउने अख्तियारप्राप्त व्यक्तिको नाम र निर्वाचन चिह्नसहितको विवरण प्रकाशन गरेको छ । सो विवरणमा दर्ताका आधारमा जनमत पार्टीको ‘हर्न’ चिह्न पहिलो नम्बरमा रहेको छ । यस्तै नेपाली कांग्रेसको रुख–१५, नेकपा (एमाले)को सूर्य–२८, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको हसियाँ हथौडा–६०औँ क्रममा रहको छ । यस्तै ६८औँ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चिह्न दर्ता भएको छ ।...
पाल्पा–बुटवल सडक फेरि अवरुद्ध

पाल्पा–बुटवल सडक फेरि अवरुद्ध

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार
काठमाडौँ-  सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पुनः अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदेखोलामा निरन्तर परेको वर्षाका कारण मुख्य सडक भासिँदा सो सडकखण्ड अवरुद्ध बनेको हो । गए राति नयाँ डाइभर्सन निर्माण गरे पनि सो ठाउँमा रातिदेखि पुनः पानी परेका कारण पहिरो खसेर सडक अवरुद्ध भएको छ । बिहीबार दिउँसो सो ठाउँमा करिब ४० मिटर जमिनसहित सडक भासिँदा पूर्णरूपमा बन्द भएको थियो । राति केही समय एकतर्फी सञ्चालन भए पनि आज बिहान करिब ३ बजेदेखि ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । माथिबाट पहिरो खस्ने क्रम जारी छ । वर्षा नरोकिएकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । यहाँ सडक अवरुद्ध हुँदा यात्रु बीच बाटोमै अलपत्र छन् । अहिले पनि पानी परिरहेको छ । पहिरो खस्ने र खनेको समेत बगाएपछि सडक खुलाउन मुश्किल भएको छ । पानी रोकिएपछि मात्रै खुलाइने सडक डिभिजन कार्य...
‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर सार्वजनिक

‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर सार्वजनिक

ब्यानर समाचार 2, मनोरञ्जन
नेपाल र भारत एकसाथ रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत ३’ को ट्रेलर सार्वजनिक भएको छ । ७ असोजबाट सार्वजनिक प्रदर्शनको तयारमिा रहेको फिल्मको १ मिनेट ५८ सेकेन्डको ट्रेलरमा राजगद्दीको कथा छ । स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन रहेको फिल्ममा प्रदीप खड्का,, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारको अभिनय छ ।।फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् । फिल्मको हिन्दी डब चर्चित साउथका कलाकारले गरेको बताइएको छ । https://youtu.be/XYw5eosrB7k...
युनाइटेडको जित: सान्चोको निर्णायक गोल

युनाइटेडको जित: सान्चोको निर्णायक गोल

खेलकुद, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
जोडन सान्चोको निर्णायकमा गोलम्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा बुधबार राति लगातार तेस्रो जित निकालेको छ । लेस्टर सिटीमाथि १–० को जितसँगै युनाइटेड तालिकाको पाँचौ स्थानमा उक्लिएको हो । पहिलो दुई खेलमा हार बेहोर्दै प्रिमियर लिगको खराव सुरुवात  गरेको युनाइटेडले त्यसपछिका तीनै खेलमा जित निकालेको छ ।लेस्टरको मैदान किङ्ग पावर रंगशालामा २३औं मिनेटमा मार्कुस रासफोर्डको पासलाई सान्चोले पोष्टको दिशा दिएका थिए । यही गोल युनाइटेडको जितमा पर्याप्त बन्यो । युनाइटेडले पाँच खेलबाट ९ अंक जोडेको छ । यस्तै, समान खेल खेलेको लेस्टर एक अंकसहित तालिकाको पुछारमा छ ।...
मेघगर्जनसहित वर्षाको सम्भावना: जल तथा मौमस विज्ञान विभाग

मेघगर्जनसहित वर्षाको सम्भावना: जल तथा मौमस विज्ञान विभाग

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार
देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौमस विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्र्षा तथा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले आगामी २४ घण्टा देशका केही स्थानमा मेघगर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी र गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने जनाएको छ । उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स...
मेरै नेतृत्वमा एनसेल, भाटभटेनीलगायत करछलीका ठूला मुद्दाका फैसला भए : चोलेन्द्र शमशेर जबरा

मेरै नेतृत्वमा एनसेल, भाटभटेनीलगायत करछलीका ठूला मुद्दाका फैसला भए : चोलेन्द्र शमशेर जबरा

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो नेतृत्वमा पेसी व्यवस्थापनका विषयमा उल्लेख्य काम गरेको बताएका छन् । जबराले बयानका क्रममा भने, 'मेरै नेतृत्वमा मेरै कार्यकालमा एनसेल, भाटभटेनीलगायतका ठूला करछलीका मुद्दामा फैसला भए । अर्बौंको करको मेरो नेतृत्वमा सरकारीकरणसमेत भएको छ । मेरै नेतृत्वमा सरकारी जग्गाका विषयमा समेत निर्णय गर्नुपर्‍यो । धोबीखोलादेखि विभिन्न ठाउँमा व्यक्तिका नाममा भएका सबै सरकारी जग्गा सार्वजनिक कायम भएको छ "।धेरै संवैधानिक प्रश्नहरूको निराकरण गरिएको पनि उनले बताए । सर्वोच्चमा पूर्वसचिव द्वारिकानाथ ढुंगेलसहितले एनसेललाई विपक्षी बनाएर दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले सुरुमा टेलियाले नेपाल छाडिसकेको अवस्थामा तिर्नुपर्ने पुँजीगत लाभकरको दायित्व आजियाटा र एनसेलको जिम्मेवारी भएको फैसला गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको ...
केन्या टुर:  प्रदर्शनमा सुधार गर्न आवश्यक

केन्या टुर: प्रदर्शनमा सुधार गर्न आवश्यक

खेलकुद, ब्यानर समाचार 2, समाचार
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले केन्या टुरमा छ । राष्ट्रिय टोलीले केन्यामा पाँच  टी-ट्वान्टी  खेल्दा तीन खेलमा जित निकाल्न सक्यो । नेपालले खेलेका सबै खेलमा ब्याटिङको समस्या देखियो ।नेपाली टोलीको प्रशिक्षकको भूमिकामा आएका मनोज प्रभाकरले आफूले ब्याटिङ समस्या समाधानतर्फ लिने योजना भएको बताएका थिए । तर, अहिले पनि नेपालको ब्याटिङ लाइनमा केही सुधार आएको देखिँदैन । नेपाली टोलीले केन्यासँग हार बेहोरेका दुवै खेलमा नेपालले लक्ष्य पूरा गर्न सकेन । जित निकालेका खेलहरूमा पनि नेपालको ब्याटिङ सन्तोषजनक भएन । नेपालले खेलेका पाँच खेलहरू मध्ये नेपालले सिरिजको अन्तिम खेलमा मात्र सोचे अनुरुप प्रदर्शन गर्न सक्यो । सिरिजमा नेपालमा लागि राष्ट्रिय टोलीमा लागि रोहित कुमार पौडेलले १५६ रन बनाए । उनी सिरिजकै सर्वाधिक रन बनाउने खेलाडी भए । यता पुनरागमन गरेका ज्ञानेन्द्र मल्लले एक अर्धशतक प्रहार गर्दै ...
नेकपा (एकीकृत समाजवादी):  उम्मेदवारको नाम सिफारिस

नेकपा (एकीकृत समाजवादी): उम्मेदवारको नाम सिफारिस

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ-  आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरिएको छ । पार्टीको निर्देशनअनुसार सो क्षेत्रबाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरिएको जिल्ला सचिव वसन्त सुवेदीले जानकारी दिनुभयो । यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (क) बाट सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम सिफारिस गरिएको छ भने १ (ख) बाट रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरिएको जिल्ला सचिव सुवेदीले बताउनुभयो । त्यसैगरी प्रतिनिधिसभा सुनसरी क्षेत्र नं २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामाको नाम सिफारिस गरिएको छ । यस क्षेत्रको प्रदेशसभाका उमेदवारको नाम आगामी बैठक...
काँग्रेस उपसभापतिहरु नै डराए प्रत्यक्ष चुनाव लड्न

काँग्रेस उपसभापतिहरु नै डराए प्रत्यक्ष चुनाव लड्न

ब्यानर समाचार, राजनिती
स्याङ्जा- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि स्याङ्जा जिल्लाका हेभीवेट नेताहरु नै चुनाव लड्न डराएका छन । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र पूर्व उपसभापति गोपालमान श्रेष्ठले प्रत्यक्ष र समानुपातिक दुबैतर्फ प्रतिनिधि सभाका लागि कांग्रेसबाट उम्मेदवारीका लागि निवेदन दिएका हुन् । स्रोतका अनुसार दुवै नेता प्रत्यक्षतर्फ चुनाव लड्दा पराजित भइन सक्ने त्रासका कारण नै पछि केन्द्रबाट मिलाउने नाममा समानुपातिकतर्फ पनि उम्मेदवारका लागि निवेदन दिएका हुन् । प्रत्यक्षतर्फ उम्मेदवारको निवेदन दिएका उनीहरुले समानुपातिकतर्फ जिल्ला सदस्य दीर्घनारायण शर्माले मात्र उम्मेदवारको लागि निवेदन दिएपछि पछि गुरुङ र श्रेष्ठले पनि उम्मेदवारीको निवेदन दर्ता गराएका हुन् । यसबाट समानुपातिकतर्फ एकमात्र उम्मेदवारीको निवेदन दिएका शर्मा थप रुष्ट बनेका छन् । शर्मा लामो समय...