Friday, May 8
Shadow

Author: Interview Nepal

बाल हिंसाको आरोप: पक्राउ पुर्जी जारी

बाल हिंसाको आरोप: पक्राउ पुर्जी जारी

ब्यानर समाचार 2, समाचार, समाज
काठमाडौँ-  जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले डा साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त दर्ता भएको व्यहोरा अनुरोध गर्दै अनुसन्धान अभियोजनका लागि पक्राउ अनुमति मागेअनुसार पक्राउ पुर्जी दिएको जिल्ला अदालतका श्रेस्तेदार सरोजराज रेग्मीले जानकारी दिनुभयो । एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही)ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गर्नुभएको थियो । “बाल हिंसाको आरोपमा प्रहरीमा डा साहविरुद्धमा जाहेरी पर्यो र त्यसको अनुसन्धान गर्न प्रहीले अदाल...
प्रतिनिधिसभा उम्मेदवार सिफारिस: म्याग्दी

प्रतिनिधिसभा उम्मेदवार सिफारिस: म्याग्दी

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाडौँ-  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) म्याग्दीले प्रतिनिधि सभाका लागि सर्वसम्मत रुपमा उम्मेदवारको सिफारिस गरेको छ । सोमबार बेनीमा सम्पन्न पार्टीको जिल्ला कमिटीको बैठकले हरिकृष्ण श्रेष्ठलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउन सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । उहाँ एमाले गण्डकी प्रदेश कमिटीका सचिबालय सदस्य समेत हुनुहुन्छ । बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ नरदेवी पुन र केपी (केदार प्रसाद) अधिकारीको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवालले जानकारी दिनुभयो । प्रदेशसभा (क) मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेताहरु सन्तोष रावल, लोक भण्डारी, नारायण जिसी, हेमकुमारी पुन, शिवकुमार बरुवाल र प्रकाश पौडेललाई सिफारिस गरिएको जनाइएको छ । प्रदेश...
६.८ म्याग्निच्युडको भूकम्प: पैसट्ठी जनाको मृत्यु

६.८ म्याग्निच्युडको भूकम्प: पैसट्ठी जनाको मृत्यु

अन्तर्राष्ट्रिय, दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको तथा एक सय ७० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । गाञ्जी तिब्बती स्वायत्त प्रिफेक्चरमा ३७ जना तथा याआन शहरको शिमियान काउन्टीमा २८ जनाको मृत्यु भएको छ । गाञ्जीमा १२ जना हराइरहेका, ५६ जना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार सोमबार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । भूकम्पको धक्का केन्द्रबिन्दुबाट दुई सय २६ किलोमिटर टाढा रहेको सिचुवान प्रान्तको राजधानी छन्दुमा पनि महसुस गरिएको थियो । राष्ट्रिय आपत्कालीन प्रतिकार्य तथा उद्धार कार्यालयबाट सहायताकर्मी भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएका छन् ।...
चार आतङ्ककारीसहित पाँच पाकिस्तानी सैनिक मारिए

चार आतङ्ककारीसहित पाँच पाकिस्तानी सैनिक मारिए

Uncategorized, अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
काठमाडौँ- उत्तरी वजिरिस्तानको बोया क्षेत्रमा आतङ्कवादीहरूसँग सोमबार भएको झडपमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ । गुप्त सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारबाही गर्दा चार जना आतङ्ककारी पनि मारिएका इन्टर सर्भिसेस पब्लिकेशन रिलेसन्स (आइएसपीआर) ले जनाएको छ । उक्त स्थानबाट हातहतियार पनि बरामद भएको छ । मारिएका आतङ्ककारी सुरक्षा बल र निर्दोष नागरिकको हत्यामा सक्रिय रूपमा संलग्न थिए । खैबर पख्तुनख्वामा प्रहरीमाथि आक्रमणका घटना बढ्दै गएका छन् । पाकिस्तानी अधिकारीहरूले सबै सुरक्षा चौकीहरूमा सुरक्षा व्यवस्था सुदृढ बनाएका छन् । यसअघि गत साउन ३० गते सुरक्षा बलले उत्तरी वजिरिस्तान जिल्लाको मीरअली क्षेत्रमा गरेको कारबाहीका क्रममा एक जना आतङ्कवादीलाई मारेको थियो । त्यसअघि सोही इलाकामा आतङ्ककारी र सुरक्षाकर्मीबीच झडप हुँदा एक जना सैनिक जवानको मृत्यु भएको थियो ।...
उदयीमान तरुण नेता दिनेश विक्रम शाह उम्मेदवार हुनेमा सतप्रतिशत ढुक्क

उदयीमान तरुण नेता दिनेश विक्रम शाह उम्मेदवार हुनेमा सतप्रतिशत ढुक्क

ब्यानर समाचार, राजनिती
काठमाडौं- आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसको तर्फबाट उदयीमान तरुण नेता दिनेश विक्रम शाहको नाम सिफारिस भएका छन् । काङ्ग्रेसको १२ औँ महाविधेशनबाट पार्टीको क्रियाशिल सदस्य रही विगतमा इकाई सदस्य , उपाध्यक्ष हुँदै ४ ओैँ महाअधिवेशनबाट तरुण दलको जिल्ला सचिव बनेका उनी २०५९ सालदेखि राजनीतिमा निरन्तर सक्रिय रहेका छन् । राजनीति बाहेक पत्रकारितासँगै समाजसेवामा समेत उत्तिकै सक्रिय शाह हरेक आन्दोलनमा सरिक हुने गरेका छन् । साथै विभिन्न धार्मिक कार्यहरुमा पनि सक्रिय छन् । संविधानमा रहेको धर्मनिरपेक्षता हटाउनु पर्छ भन्ने मान्यता समेत शाहको रहेको छ । विभिन्‍न सामाजिक काममा सक्रिय शाहले कोरोना महामारीको समयमा घरघरमै स्वास्थ्य उपकरणहरु पठाउनेदेखि वर्षातमा सडक पूर्वाधार सुधारका लागि पनि काम गरिरहेका छन्। काठमाडौंमा ह...
भेट्टाएको रकम फिर्ता

भेट्टाएको रकम फिर्ता

समाचार
नुवाकोटको विदुर नगरपालिका–९ का सरोज श्रेष्ठले भेट्टाएको रु तीन लाख सम्बन्धित धनीलाई नै फिर्ता गर्नुभएको छ । विदुर–९ को कोलनी निवासी ३३ वर्षका श्रेष्ठले सोही स्थानको चौतारामा आइतबार भेट्टाएको रु तीन लाख सात सय ५० सहितको कागजात नुवाकोट प्रहरीमार्फत सम्बन्धित धनीलाई फिर्ता गर्नुभएको हो । झोलामा रहेको नगदसहित रसुवा घर भएका फुर्सुङ तामाङको नाममा रहेको लु ३ च ५९१३ नं को गाडीको बिलबुक र अन्य कागजात श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा बुझाएसगैँ सम्बन्धित धनी खोजी गरेर हस्तान्तरण गरेको जल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख रमेश पण्डितले जानकारी दिनुभयो ।...

लखनऊको लेभाना होटलमा आगलागी: दुई जनाको मृत्यु, दश घाइते

अन्तर्राष्ट्रिय, दुर्घटना, समाचार
उत्तर प्रदेशको राजधानी लखनऊको हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमबार आगलागी हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । होटलमा धेरै मानिस फसेका आशङ्का गरिएको छ । घाइतेहरूलाई स्थानीयअस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा उद्धार जारी छ । यसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तदारूकताका साथ उद्धारमा लाग्न तथा घाइतेहरूलाई प्राथमिकताका साथ उपचार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासनका अधिकारीहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूलाई घटनास्थलमा पुगेका तथा त्यहाँ राहत एवम् उद्धारका काममा समन्वय गरिरहेका मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।...
माछा, गङ्गटो र घोंगी :कि जीविका कि व्यापार

माछा, गङ्गटो र घोंगी :कि जीविका कि व्यापार

जिवनसैली, ब्यानर समाचार 2, समाज
काठमाडौँ- कैलालीको भजनी नगरपालिका–३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उहाँले माछा मारेर सदुपयोग गर्दै आउनुभएको हो । मञ्जु मात्रै होइन उहाँको चार जनाको परिवारको दिनचर्या नै माछा मार्दै बित्ने गरेको छ । दिनभर माछा, गङ्गटो, घोंगीको खोजीमा हुने उहाँको परिवारले त्यहाँबाट राम्रो आम्दानीसमेत गर्दै आएको छ । “पहिला आफ्नै लागि भनेर माछाको खोजिमा कुला तथा नहरमा पुग्छौँ । धेरै भएपछि बिक्री पनि गर्छौं ।” उहाँले भन्नुभयो, “सिजनमा राम्रो भयो भने दश हजारभन्दा बढीका झिंगा माछा र घोंगी बिक्री गर्छौं ।” उहाँले विद्यालय बिदा भएको दिनमा छोराछोरीहरुको दैनिकी पनि खोला किनारमै बित्ने गरेको बताउनुभयो । बर्सातको समयमा थारु बस्तीमा सिँचाइ कुलोमा समेत अधिकांश ठाउँमा माछा मार्ने जाल हालेको देख्न पाइन्छ । त्यसैमा ...
पुरै मुसहर बस्ती शौचालयविहीन

पुरै मुसहर बस्ती शौचालयविहीन

Uncategorized, जिवनसैली, समाज
  सप्तरीको डाँक्नेश्वरी नगरपालिका–५ तरहीस्थित सिङ्गो  मुसहर बस्ती अझै शौचालयविहीन छ । मुसहर समुदायको बाक्लै बसोबास रहेको उक्त बस्तीमा एउटा पनि शौचालय नहँुदा उनीहरू बस्ती नजिकैको खोलाको खोल्साखोल्सी, बाँसघारी र खेतबारीमा शौच जाने गर्दछन् । करिब एक सय २५ घरधुरीमा करिब तीन सयको जनसङ्ख्या बसोबास रहेको उक्त बस्तीका स्थानीयवासीहरू दिसा पिसाबका लागि बिहानैदेखि नजिकैको बाँसघारी र खेतबारीमा जाने गरेको स्थानीय मधु सदाले बताउनुभयो । “सिङ्गो बस्तीभरि कसैको घरमा शौचालय छैन, त्यसैले बस्तीका महिला र पुरुष सबै नजिकैको बाँसघारी, खोल्साखोल्सी र खेतबारीमा दिसा गर्न पुग्ने गर्छन्”, उहाँले भन्नुभयो, “यसका कारण एकातिर बस्तीमा दुर्गन्ध फैलिने गर्छ । ” डाक्नेश्वरी नगरपालिकाले सबै वडाका घरघरमा शौचालय बनिसकेको जनाउँदै २०७६ सालमै सो वडालाई खुला दिसामुक्त घोषणा गरिएको थियो । सिङ्गो  बस्तीमा अझै शौचा...
शुक्लागण्डकी नगरपालिकाको पारदर्शी भित्तो :सुशासन कायम गराउने उद्देश्य

शुक्लागण्डकी नगरपालिकाको पारदर्शी भित्तो :सुशासन कायम गराउने उद्देश्य

ब्यानर समाचार 2, राजनिती, समाचार, स्थानिय तह
काठमाडौँ- तनहुँको शुक्लागण्डकी नगरपालिकाले पारदर्शी भित्तो स्थापना गरेको छ । स्थानीय तह निर्वाचनबाट निर्वाचित भएको एक सय दिनको अवसर पारेर नगरपालिकामा आइतबार पारदर्शी भित्तो राखिएको हो । नगरमा सुशासन कायम गराउने उद्देश्यसहित पारदर्शी भित्तो स्थापना गरिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । “नगरपालिकाले गर्ने हरेक गतिविधि नगरवासीले थाहा पाउनुपर्छ । यही जानकारी गराउन पारदर्शी भित्तो राखिएको हो । हामी जनताका सेवक हौँ, हामीले गर्ने हरेक काम जनताले थाहा पाउनुपर्छ, यहाँ लुकाउने, ढाट्ने, छल्ने कुरा हुँदैन”, उहाँले भन्नुभयो, “नगरपालिकाले के गरेको छ, भावी योजना के छन्, नीति र निर्णय के भएका छन् भनेर स्पष्ट थाहा पाउन सहज होस् भनेर पारदर्शी भित्तो राखेका हौँ ।” निवेदन दिएपछि मात्रै सूचना दिने प्रचलनको अन्त्य गर्न पारदर्शी भित्तो सञ्चालनमा ल्याइएको उपप्रमुख खुमबहादुर विकले जानकारी दिनुभयो...