Monday, April 29
Shadow

सभामुख अग्निप्रसाद सापकोटासँग फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलको भेट


  • -इ
  • इ+

नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग आज शिष्टाचार भेट गरेको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ड्यानियल साल्मोनका नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले आज बिहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेटवार्ता गरेको हो ।

सो भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रीपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको जनाउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गर्नुभयो । सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्षरूपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभयो । भेटमा फ्रान्स–नेपाल संसदीयमैत्री समूहका अध्यक्ष ड्यानियलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले शक्ति लगाउनुपर्नेमा जोड दिँदैे नेपालले वातावणका क्षेत्रमा गरेको काम सराहनीय रहेको बताउनुभएको सभामुख सापकोटाको सचिवालयले जनाएकोे छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares