Friday, May 8
Shadow

Author: Interview Nepal

जाडो छल्न आउने हिउँदे आगन्तुक चरा

जाडो छल्न आउने हिउँदे आगन्तुक चरा

ब्यानर समाचार 2, समाचार
बेलबारी, २५ भदौ  ः भदौको मध्यसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरुभएको छ । चैत अन्तिमसम्म जाडो छल्न नेपाल आउने विदेशी पर्यटक चरा विगतका वर्षमा झैँ यस वर्ष पनि फाट्टफुट्ट नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानीजस्तै बनेको छ । देशभरि पाइने आठ सय ८८ चरामध्ये हाल यहाँ पाँच सय ३१ चरा फेला परिसकेका छन् । “नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरिनै नेपालमै रहन्छन् भन्ने हुँदैनन्”, वर्ड वाचिङ क्याम्प कोसी टप्पुका सञ्चालक कुरमान मन्सुरी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइँ वर्षभरि नै निरन्तर चलिरहन्छ ।” कोसीटप्पुमा बर्सेनि नयाँ नयाँ प्रजातिका चरा आउने क्रम थपिए तापनि विगत वर्षहरुमा झैँ झुण्ड झुण्ड...

आठ करोड ६५ लाख राजस्व सङ्कलन

ब्यानर समाचार 2, समाचार
झापामा राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट रु आठ करोड ६५ लाख १५ हजार राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताउनुभयो । सो अवधिमा ११ हजार सात सय ४६ राहदानी बनाएको न्यौपानेले बताउनुभयो । आव २०७७÷७८ मा छ हजार एक सय ८८ राहदानी बनाएइको थियो । जसबाट राजस्व रु तीन करोड ३५ लाख ३६ हजार, आव २०७६÷७७ मा रु तीन करोड ८९ लाख ८५ हजार राजस्व सङ्कलन भएको थियो । कोभिड–१९ सुरु भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरुपमा सञ्चालन भएकाले राहदानी बनाउन आउनेको सङ्ख्या बढेको हो । उहाँका अनुसार राहदानी बनाउन आउनेमा धेरै युवा रहेका छन् । त्यसमा पनि वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेका छन् ।...
आदिवासीको आक्रोशपछि स्न्यापच्याटले हटायो अनुहारमा माओरी ट्याटू बनाउन मिल्ने सुविधा

आदिवासीको आक्रोशपछि स्न्यापच्याटले हटायो अनुहारमा माओरी ट्याटू बनाउन मिल्ने सुविधा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
सामाजिक सञ्जाल स्न्यापच्याटले प्रयोगकर्ताले आफ्नो अनुहारमा परम्परागत माओरी ट्याटू बनाउन मिल्ने सुविधा हटाएको छ। उक्त सुविधाले न्यूजील्यान्डको आदिवासी माओरी समुदायमा आक्रोश पैदा गरेको थियो। माओरीहरूले ट्याटू कलालाई पवित्र मान्छन्। त्यसलाई उनीहरू ट्याटू लगाउनेको महत्त्वपूर्ण पहिचान चिन्हको रूपमा लिने गर्छन्। स्थानीय सञ्चारमाध्यममा त्यो सुविधाबारे समाचारहरू आएपछि स्न्यापच्याटले यस्तो निर्णय लिएको हो। रेडियो न्यूजील्यान्डले चर्चित सामाजिक सञ्जाल इन्स्टाग्राम प्रयोगकर्ताहरूले आफ्नो तस्बिरमा "माओरी फेस ट्याटू" र "माओरी" लेखेर उक्त फिल्टर प्रयोग गरेका तस्बिरहरूबारे उजागर गरेको थियो। स्न्यापच्याट चलाउने कम्पनी स्न्यापले एउटा वक्तव्यमा त्यस्तो सुविधा हटाइएको जनाएको छ। एउटा वक्तव्यमार्फत स्न्यापच्याटले बीबीसीलाई आफूले "लेन्सलाई समावेशी" बनाउन र "आफ्नो समुदायसम्बन्...

टीकापुरको कैलाशेश्वर शिव मन्दिर जीर्ण बन्दै

ब्यानर समाचार 2, समाचार, समाज
कैलालीको टीकापुरस्थित कैलाशेश्वर शिव मन्दिर जीर्ण अवस्थामा छ । धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण शिव मन्दिर समय समयमा मर्मत सम्भार हुन नसक्दा जीर्ण बन्दै गएको हो । कैलाशेश्वर शिव मन्दिर २०४३ सालमा स्थापना भएको हो । दशकौँअघि बनेको मूल मन्दिर, यज्ञकुण्ड र आवासगृह जीर्ण छन् । यी संरचना पुनःनिर्माणका लागि लगानी आवश्यक छ । कैलाशेश्वर मन्दिरमा साना–ठूला गरी विभिन्न देवी–देवताका ११ मन्दिर छन् । एउटा आवास र यज्ञकुण्ड छ । यी सबै संरचना वर्षौँअघि बनेका हुन् । यतिखेर मन्दिर भक्तजनको भेटीबाट चलिरहेको व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद तिमिल्सिना बताउनुहुन्छ । भक्तजनको भेटीबाट उठेको रकमले मन्दिर संरक्षण, मर्मत, गुरुकूल सञ्चालनलगायत काम भइरहेका छन् । मन्दिर व्यवस्थापन समितिले डेढ वर्षमा रु १० लाख आम्दानी भएको जनाएको छ । मन्दिरको आम्दानीबाट व्यवस्थापन समितिले निर्माण, जीर्ण रहेका संरचना म...
स्वास्थ्यचौकी भवन पहिराको उच्च जोखिममा

स्वास्थ्यचौकी भवन पहिराको उच्च जोखिममा

ब्यानर समाचार 2, समाचार
बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ । भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो । विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिरा जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पु¥याएको छ । भवनमाथिदेखि तथा तलपट्टिबाट पहिरो गएको छ । माथिदेखि झरेको पहिराले भवन पुरिन थालेको छ । तलदेखि भवनको जगनै उप्किन थालेको छ । रु दुई करोड तीन लाखमा निर्माण भएको सो भवन पहिराको जोखिममा परेपछि वडा कार्यालयले यसको संरक्षणका लागि पहल थालेको छ । बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले भवन जोखिममा परेपछि यसको संरक्षणका लागि रु ६५ लाख विनियोजन भएको बताउनुभयो । उहाँले बर्खा सकिएपछि पर्खाल लगाउने बताउनुभयो । “बर्खा रोकिएपछि पर्खाल लगाएर संरक्षण गर्ने योजना ...
महारानी एलिजाबेथ :९६ वर्षको उमेरमा निधन

महारानी एलिजाबेथ :९६ वर्षको उमेरमा निधन

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार
बेलायती साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलायतको सबैभन्दा लामो समय शासन गर्ने राजा र स्थिरताको प्रतीक महारानी एलिजाबेथ द्वितीयको सिंहासनमा बसेको ७० वर्षपछि बिहीबार निधन भएको छ। उहाँ ९६ वर्षकी हुनुहुन्थ्यो। वकिंघम दरबारका अनुसार स्कटल्याण्डको ग्रीष्मकालीन निवास बालमोरल दरबारमा उहाँको मृत्यु भएको हो । महारानीको स्वास्थ्य बिग्रिएपछि शाही परिवारका सदस्यहरू विहीबार उहाँको समीप पुग्नुभएको थियो । ७३ वर्षीय छोरा युवराज चार्ल्स स्वतः राजा हुनुभएको छ । उहाँलाई राजा चार्ल्स तृतीय घोषणा गरिएको छ । दश दिनको औपचारिक शोकपछि महारानीकोअन्त्येष्टि गरिनेछ ।...
एसइईमा उत्कृष्ट छात्र–छात्रालाई एक लाख पुरस्कार प्रदान

एसइईमा उत्कृष्ट छात्र–छात्रालाई एक लाख पुरस्कार प्रदान

ब्यानर समाचार 2, शिक्षा, समाचार
केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र–छात्रालाई रु एक एक लाख पुरस्कार प्रदान गरेको छ । विसं २०७८ मा सञ्चालित एसइई परीक्षामा सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने दुई जनालाई पुरस्कृत गरिएको हो । थर्पुडाँडा मावि सप्तेश्वरका छात्र रेडस्टार राई र पृथ्वी मावि बाक्सिलाकी छात्रा युनिसा राईलाई जनही रु एक लाख पुरस्कार प्रदान गरिएको हो । उत्कृष्ट छात्र–छात्रालाई ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा बिहीबार गाउँपालिका प्रमुख समिर राई र उपप्रमुख गुरुराज राईले संयुक्तरूपमा पुरस्कार तथा सम्मानपत्र वितरण गर्नुभएको छ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्येबाट उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्र–छात्रालाई पुरस्कार प्रदान गरिएको हो । केपिलासगढी गाउँपालिकाले चालु आवदेखि गाउँपालिकाका दुई विद्यार्थीलाई प्राविधिक विषय अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने तय...
धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि अस्पताल भर्ना

धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि अस्पताल भर्ना

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन् । लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । “दैनिक १०–१२ जनामा डेङ्गु देखिने गरेको छ, त्यसमध्ये पाँचभन्दा बढी बिरामी अस्पताल भर्ना भइरहेका छन्”, उहाँले भन्नुभयो । बिहीबारसम्म धादिङ अस्पतालमा नौ डेङ्गुका बिरामी भर्ना भएका छन् । सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा राखिएको विकले जानकारी दिनुभयो । सरकारी अस्पतालले मात्रै साउनयता एक सय ४८ जनामा डेङ्गु पुष्टि गरेको छ । नीजि अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको सङ्ख्या यकिन छैन । धादिङ अस्पतालमा हरेक दिन बिहानैदेखि डेङ्गुका बिरामी बहिरङ्ग कक्ष (ओपिडी) मा लाइन ...
इन्द्रजात्रा र युगपुरुष पृथ्वीनारायण शाह   – दिर्घ राज प्रसाईं

इन्द्रजात्रा र युगपुरुष पृथ्वीनारायण शाह – दिर्घ राज प्रसाईं

ब्यानर समाचार 2, विचार
  २०७९ साल भाद्र २४ गते इन्द्रजात्राको शुभदिन हो । गोर्खाका राजा पृथ्वीनारायण शाहबाट इन्द्रजात्राको दिन हनुमानढोकामा गद्दी आरोहण गरेको गौरवमय दिन हो ! विक्रम संवत् संवत् १८२५ भाद्र सुदी १४ रोज १, नेपाल संवत् ८८८ मा इन्द्रजात्राको दिन गोर्खाका राजा पृथ्वीनारायण शाहको हनुमानढोकामा गद्दी आरोहण गरेको महान दिन हो ! काठमाडौंमा इन्द्रजात्रा मनाइरहेको समय पारेर अकस्मात चारैतिरबाट घेरेर आक्रमण गरी नेपाल जितेका हुन् । विक्रम संवत् १८२५ भाद्र सुदी १४ रोज १ मा इन्द्रजात्राको दिन गोर्खाका राजा पृथ्वीनारायण शाहबाट ‘विशाल–नेपाल’को सिर्जनार्थ राजसिंहसानमा आरोहण गरेको महान दिन हो । त्यो दिन इन्द्रजात्राको शुभदिन पारेर पोखराका झागल गुरुडलाई गाइनेको बाजा बजाउन लगाई ११ जना गोर्खाली सेना अघिपछि लगाएर गुरु गोरखनाथको आसिर्वादबाट उत्पे्ररित विशाल नेपाल निर्माणको महायक्षमा गोर्खाका ...