Friday, May 8
Shadow

Author: Interview Nepal

सभामुख अग्निप्रसाद सापकोटासँग फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलको  भेट

सभामुख अग्निप्रसाद सापकोटासँग फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलको भेट

ब्यानर समाचार 2, समाचार
नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग आज शिष्टाचार भेट गरेको छ । फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ड्यानियल साल्मोनका नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले आज बिहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेटवार्ता गरेको हो । सो भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रीपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको जनाउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गर्नुभयो । सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गर्नुभयो । उहाँले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्षरूपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नुपर्नेमा ...

आर्थिक कारोबार ठप्प ः बचतकर्ता आर्थिक सङ्कटमा पाएनन् रकम

ब्यानर समाचार 2, समाचार
लालुपाते बहुउद्देश्यीय सहकारी संस्था आर्थिक सङ्कटमा परेपछि हप्ता दिनभित्र कर्जा भुक्तानी गर्न ऋणीलाई आग्रह गरेको छ । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधन भएपछि सङ्कटमा परेको सो सहकारीले सार्वजनिक सूचनामार्फत हप्ता दिनभित्र सावाँ, ब्याज र हर्जना रकम चुक्ता गर्न ऋणीलाई आग्रह गरेको हो । ऋण फिर्ता गर्न नआउने ऋणी तथा जमानीकर्ताको चलअचल सम्पत्तिबाट कर्जा असुलउपर गर्नेदेखि सहकारी ऐन २०७४ बमोजिम सम्बन्धित सबैको नाम, ठेगाना सार्वजनिक गर्ने चेतावनीसमेत सूचनामार्फत दिइएको छ । मौखिकबाहेक १५ दिने र सातदिने पत्र पठाएर ताकेता गर्दा तथा राष्ट्रिय दैनिकमा ३५ दिने सूचना निकाल्दासमेत कर्जा चुक्ता गर्न बेवास्ता गरेकाले कडाइ गर्नुपरेको सहकारीले जनाएको छ । वित्तीय कारोबारबाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ विसं २०७२ मङ्सिर १० गतेदेखि दिक्तेलबजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको...
तनहुँ जलविद्युत आयोजना : प्रशारण लाइनका  २५ टावर तयार

तनहुँ जलविद्युत आयोजना : प्रशारण लाइनका २५ टावर तयार

ब्यानर समाचार 2, समाचार
दमौली, २३ भदौ : तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणका लागि २५ वटा टावरको निर्माण सम्पन्न भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रशारण लाइन निर्माणलागि हालसम्म २५ टावर तयार भएका हुन् । हालसम्म ४८ वटा फाउण्डेशन कार्य सम्पन्न भएको आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । प्रशारण लाइन निर्माणका लागि टावर राख्ने जग्गामध्ये तनहुँतर्फको भूभाग प्राप्ति गर्न मुआब्जा वितरण भइरहेको छ भने चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रिया चलिरहेको छ । जग्गा अधिग्रहणका लागि समिति गठन गरी प्रतिवेदन तयार गर्ने काम भइरहेको भण्डारीले जानकारी दिनुभयो । दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण हुनेछ । प्रशारण लाइन निर्माणका लागि कूल ९४ टावर निर्माण गरिनेछन् । प्रशारण लाइन निर्माणक...

लुटपाटमा संलग्न अभियुक्त सार्वजनिक

ब्यानर समाचार 2, समाज
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीबाट एक व्यक्तिको रकम लुटेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेका दुवै अभियुक्तलाई आज सार्वजनिक गरेको छ । सपहीस्थित मेगा बैंकबाट रकम झिकेर घरतर्फ जाँदै गरेका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ का राम दास बुधबार दिउँसो लुटिनुभएको थियो । बैंकबाट रकम झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएको समूहले रकम लुटेर भागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लुटिएको रकमसहित दुवैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । रकम लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले लक्ष्मीनियाँ गाउँपालिका–४ निवासी २३ वर्षीय सरोज दास र सोही गाउँपालिका–६ निवासी २० वर्षीय भरोसी भन्ने नरेश यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेका नरेशबाट घर अगाडि छाप्रो घरमा खाल्डो खनी गाडेको अवस्थामा रु एक लाख ...

एक्लै स्याहार्ने ३५ सन्तानकी आमा

ब्यानर समाचार 2
मेलम्ची, २३ भदौ : एकै आमाको ३५ सन्तान भन्ने सुन्दा अनौठो लाग्न सक्छ तर यो यथार्त इन्द्रावती गाउँपालिका–५ स्थित मदर सिस्टर नेपाल बालगृहमा ३४ बालबालिकालाई एक्लै स्याहार्ने आमा मीनामैयाँ थापा हुनुहुन्छ । उहाँले एक छोरीसहित ३५ बालबालिकालाई एक्लै संरक्षण गर्दै आउनुभएको छ । विसं २०७२ को भूकम्पपछि बालगृहको सुरुआत भएको हो । भूकम्पमा परी ज्यान गुमाउने अभिभावकका बालबालिकाबाट बालगृह सुरुआत गरिएको थियो । अमेरिका बस्ने आफ्नो दिदीले बनाइदिएको जस्ताको टहरोबाट बालगृह स्थापना गरिएको हो । “पछाडि फर्केर हेर्ने हो भने धेरै दुःखका दिन पनि पार गरेँ । त्यो कुरालाई लिएर म कहिल्यै दुःखी बनिन । चामल किनेर खुवाउन पनि गाह्रो हुने अवस्था थियो तर जति दुःख भए पनि बालबालिकालाई कहिल्यै त्यो दुःख महसुस गर्न दिइन । उधारोमा होस् या ऋण गरेर मैले उनीहरुलाई सधँै खुसी राख्ने कोसिस गरेँ”, मीनामैयाँले भन्नुभयो । बालबालिकालाई संरक्...
पोखरा महानगरपालिकाले चलायो आफ्नै भवनमा डोजर

पोखरा महानगरपालिकाले चलायो आफ्नै भवनमा डोजर

ब्यानर समाचार 2, समाचार, स्थानिय तह
    पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुईवटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगर प्रमुख धनराज आचार्य, वडानं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी सहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरु गरेको हो । महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर सार्वजनिक उद्यान बनाउने महानगरको योजना छ । महानगरले दिउँसो ट्राफिक जाम हुने भएकाले रातको समयमा भवन भत्काएर खाली गर्ने काम जारी रहने जनाएको छ । महानगरका यी दुई दुई भवन ४० वर्षअघि निर्माण गरिएका हुन् । भवनका तला–तलामा ३० सटर महानगरले भाडामा लगाए पनि नियमित भाडा नउठेको र बिचौलियाले फाइदा लिएको महानगरले जनाएको छ । भाडामा लगाइएका सटरलाई हट्न महानगरले सात दिनको दुईपटक र पुनः ३५ दिने सूचना दिएर आग...

बागलुङ नगरपालिका–११ को तल्लो रामतोलामा बस्ती नै बग्ने गरी पहिरो

ब्यानर समाचार 2, समाचार
कतै सडक खन्दाको समस्याले जमिन खस्छ, पहिरो जाने धेरै घटना छन् तर, बागलुङको रायडाँडामा भने अनौठो तरिकारले बस्ती नै बग्न थालेको छ । बागलुङ नगरपालिका–११ को तल्लो रामतोलामा पहिरो बगेर दर्जनौँ घर परिवार विस्थापित भएका छन् । केही दिनदेखि जमिनमा चिरा परेको र मङ्गलबारको अविरल वर्षापछि जमिन बग्न थालेको हो । जमिन बग्दा सडक, जङ्गल, ठूला पिपलका रुख, सुन्तलाको बगान, कुखुरा पालन फार्म र कतिपय घरमा चिरा परेका छन् भने केही घर र गोठ भत्केका छन् । “घर कटेरो भत्केपछि सबै छाडेर हिँड्नुपरेको छ”, स्थानीय ढालनाथ शर्माले भन्नुभयो, “छिमेकीका घरपनि चिरा परेका छन्, जुनसुकै बेला खस्छन् ।” केही दिनदेखि जमिन चर्केकामा बुधवार बिहान बढी पहिरो खसेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । यो बस्तीका बिजुलीका खम्बा ढलेपछि झण्डै एक सय घरमा बिजुली अभाव भएको उहाँले बताउनुभयो । खानेपानीको ट्याङ्कीसमेत बगेपछि स्थानीय चिन्तामा छ...
‘रूख’ मा भोट हाल्न पाउनुपर्ने भन्दै बागमतीका जिल्ला सभापतिले बुझाए देउवालाई ज्ञापन पत्र

‘रूख’ मा भोट हाल्न पाउनुपर्ने भन्दै बागमतीका जिल्ला सभापतिले बुझाए देउवालाई ज्ञापन पत्र

ब्यानर समाचार, राजनिती
काठमाडौं- नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले ‘रूख’ मा भोट हाल्न पाउनुपर्ने मागसहित प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्। बागमती प्रदेशअन्तर्गत १३ जिल्लाका सभापतिहरूका तर्फबाट धादिङ सभापति रामनाथ अधिकारीले बालुवाटार पुगेर आज ज्ञापन पत्र बुझाएका हुन्। बागमती प्रदेशका विभिन्न जिल्लाका क्षेत्र कांग्रेसले सत्ता गठबन्धनका अन्य दललाई छाड्न लागेको छ। सिट बाँडफाँट मिलाउन चुनौती देखिएका बेला कांग्रेसका जिल्ला सभापतिहरूले अरू दललाई जिल्लाका सबै प्रतिनिधि वा प्रदेश सभा क्षेत्र नछाड्न आग्रह गर्दै सभापति देउवालाई ज्ञापत्र पत्र बुझाएका छन्। उनीहरूले संघ वा प्रदेशका कुनै क्षेत्रमा मतपत्रमा रूख चिन्ह हुनुपर्ने बताएका थिए। कांग्रेसले केन्द्रीय समितिबाटै सत्ता गठबन्धनबीच तालमेल गरी चुनावमा जाने निर्णय गरिसकेको छ भने सिट बाँडफाँट गर्न कार्यदल पन...

वैदिक सनातन हिन्दू राज्यको माग

ब्यानर समाचार 2, समाचार, समाज
राष्ट्रिय सरोकार मञ्च नेपालले वैदिक सनातन हिन्दू राज्य घोषणाको माग गरेको छ ।मञ्चका महासचिव अर्जुनसिंह विष्टले नेपाल सनातन वेदवेदान्तीय धर्म, दर्शन, संस्कार, संस्कृति परम्परा र सभ्यताको मुख्य केन्द्र भएकाले मुलुकलाई हिन्दू राज्य कायम गर्नुपर्ने बताउनुभयो । उहाँले विश्वमा भएका सम्पूर्ण हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपतिनाथ, मुक्तिनाथ, जगन्नाथ र गुरु गोरखनाथको संरक्षण गर्दै वैदिक सनातन हिन्दू धर्मावलम्बीच एकता, समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उक्त मञ्चले मुलुकको विकास र समृद्धिका लागि राज्यको संरचना गर्दा सिञ्जा, सिम्रौनगढ र मिथिला गरी तीन प्रदेश कायम गरेर सबै नागरिकलाई समान अवसर तथा सामाजिक न्याय उपलब्ध गराउन आग्रह गरेको छ । मञ्चले यस विषयमा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको जनाएको छ ।...
१०० सिट नपाए कांग्रेसमा विद्रोह गर्ने शेखर कोइराला चेतावनी

१०० सिट नपाए कांग्रेसमा विद्रोह गर्ने शेखर कोइराला चेतावनी

ब्यानर समाचार, राजनिती
काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट पार्टीले नपाएमा विद्रोह हुन सक्ने बताएका छन् । बिहीबार जनकपुराधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न १०० सिट चाहिने र त्यति संख्यामा सिट नपाएमा विद्रोह हुन सक्ने बताएका हुन् । ‘बहुमत बनाउन त कम्तीमा पनि १०० सिट त लिनुपर्‍यो । नत्र बहुमत कहाँबाट बन्छ ? उहाँ (अन्य दल) हरु १०० सिट दिने पक्षमा हुनुहुन्न ।…१६५ सिटमा हामी उठ्यौं भने आकांक्षी नपुग्ने अवस्था छ’ उनले भने । तालमेल गर्दा धेरै सिट छोड्नुपर्ने र त्यसरी सिट छोड्दा समानुपातिक निर्वाचन पद्धतितर्फको मत पनि घट्ने भन्दै नेता कोइरालाले त्यसै कारणले विद्रोह हुन सक्ने बताएका हुन् ।...