Friday, May 8
Shadow

Author: Interview Nepal

मातातीर्थ गोल्डकप : असोज ३ गतेदेखि सुरु

खेलकुद, ब्यानर समाचार 2
काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं ६ मातातीर्थमा ‘मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिता–२०७९’ हुने भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा आगामी असोज ३ गतेदेखि १७ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगितामा देशभरका ३० भन्दा बढी क्लबको सहभागिता रहने आयोजकले जनाएको छ । आगामी भदौ २८ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने उक्त प्रतियोगितामा प्रत्येक टिमबाट रु १० हजार दर्ता शुल्क तोकिएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु दुई लाख नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र, दोस्रो हुने टिमलाई रु एक लाख नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र र तेस्रो हुने टिमलाई रु ५० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र गोलकर्तालाई रु १० हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । ...

राष्ट्रियसभाको बैठक बुधबारका लागि सर्यो

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार
आज अपराह्न १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठक विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गर्नुभएको सचिव फुँयालले जानकारी दिनुभयो । ...
जिब्रो छेड्ने जात्रा

जिब्रो छेड्ने जात्रा

ब्यानर समाचार 2, समाज
मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको छ । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उहाँले जिब्रो छेड्नुभएको थियो । दश इन्च लामो सुइरोले जिब्रो छेडेर उहाँले १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गर्नुभएको थियो । योसँगै थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ गए राति सम्पन्न गरिएको हो । मन्दिरमा जामनः (गुरू) ले जिब्रोको प्वालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिनुभएको थियो । यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ । माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ । परम्पराअनुसार वीरेन्द्रभक्तले मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुइरो) बनाउन सम्ये बजीसहितको पूजा दिएर आग्रह गरेपछि तीन साताअघि नै नकर्मीले ज...
पितृ पक्ष (सोह्र श्राद्ध)

पितृ पक्ष (सोह्र श्राद्ध)

ब्यानर समाचार 2, समाज
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान २ः१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्य...
भारतको आसाममा एक लाख सरकारी घर बनाइने

भारतको आसाममा एक लाख सरकारी घर बनाइने

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार
भारतको आसाम राज्यमा सरकारले एक लाख घर बनाउने भएको छ । प्रधानमन्त्री आवास योजना अन्तर्गत ती घरहरु बनाउने तयारी गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आसामका पञ्चायत तथा ग्रामिण विकास मन्त्री रन्जीत कुमार दासले आगामी सेप्टेम्बर १७ देखि ती घर बनाउने कार्य सुरु हुने जानकारी दिनुभयो । सरकारले बनाउने ती घरबाट १६ लाख मानिस लाभान्वित हुने पनि उहाँले शनिबार बताउनु भएको छ । ती घरहरु प्रदेशका विभिन्न ठाउँमा बनाइने भएका छन् । सरकारले घरवार विहिन रहेका, न्युन आय भएका परिवारलाई छानेर घर बनाइदिने योजना अनुसार ती घरहरु बनाउन लागिएको हो । ती घर निर्माण सम्पन्न भएपछि सरकारले उनीहरुलाई हस्तान्तरण गर्नेछ । भारतको केन्द्र सरकारले देशका अन्य प्रदेशहरुमा पनि प्रधानमन्त्री आवास योजना लागू गरि घरवार विहिनहरुलाई घर दिने कार्यक्रम बनाएको छ । ...

आणविक सम्झौताप्रति इरानप्रति युरोपेली शक्तिको शङ्का

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार
युरोपेली शक्तिराष्ट्रहरूले आणविक सम्झौताको खोजीमा इरानको इमान्दारितामाथि ‘गम्भीर शङ्का’ व्यक्त गरेका छन् । तेहरानको अडानले सन् २०१५ को सम्झौता पुनस्र्थापनाको सम्भावनालाई खतरामा पार्ने चेतावनी उनीहरूले दिएका छन् । युरोपेली मध्यस्थताकर्ताहरूले गत महिना इरानले प्रस्तावित अन्तिम पाठमा सहमति जनाएको भन्दै सन् २०१५ को सम्झौताको पुनः स्थापनामा प्रगति हुने देखिएको जनाएका थिए । संयुक्त राज्य अमेरिकाले जवाफ पठाएपछि आएको इरानी जवाफले सम्झौता पुनः स्थापनाको आशा क्षीण बनेको मध्यस्थकर्ताहरूले जनाएका हुन् । फ्रान्स, जर्मनी र बेलायतले शनिबार एक संयुक्त वक्तव्य जारी गर्दै तेहरानलाई दिइएको अन्तिम कार्यक्रमले युरोपेली शक्तिहरूलाई ‘उनीहरूको लचिलोपनको सीमा’मा लगेको बताएका छन् । “दुर्भाग्यवश, इरानले यो महत्वपूर्ण कूटनीतिक अवसरको फाइदा नउठाउने निर्णय गरेको छ,” उनीहरूले भनेका छन् । “यसको सट्टा, इरानले...
बेलायतका नयाँ राजा चाल्र्स तृतीय ः जीवनभर सेवामा समर्पित हुने प्रतिबद्धता

बेलायतका नयाँ राजा चाल्र्स तृतीय ः जीवनभर सेवामा समर्पित हुने प्रतिबद्धता

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार
बेलायतका नयाँ राजाले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गर्नुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफू पनि आफ्नी आमाले झै आफ्नो जीवन पुरै सेवामा समर्पित गर्ने घोषणा गर्नुभएको छ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको गत बिहीबार निधन भएपछि उहाँका जेठा छोरा चाल्र्स तृतीयले राजाको जिम्मेवारी पाउनुभएको हो । राजाको रूपमा पहिलो सम्बोधन गर्ने क्रममा उहाँले आफू आफ्नो माताको निधनबाट अत्यन्त दुखी रहेको उल्लेख गर्नुभएको छ । उहाँले आफ्नी आमालाई आफु र आफ्नो परिवारका लागि प्रेरणा र उदाहरणको पात्रका रूपमा चित्रित गर्दै उहाँको प्रेम, स्नेह, मार्गदर्शन, बुझाइ र उदाहरणका लागि अरू परिवारले आफ्नी आमासँग महसुस गर्ने जस्तै गरी आफू पनि ऋणी रहेको बताउनुभयो । उहाँले भन्नुभएको छ, “महारानी एलिजाबेथको जीवन सार्थक रह्यो, उहाँले नियतिका साथ गरेको प्रतिबद्धता पूरा गर्नुभयो र उहाँको निधनमा गहिरो दुःख छ ।...
अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको चपेटामा

अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको चपेटामा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार
मानवीय मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले अफगानिस्तानको गम्भीर अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको रेखामुनि रहेको औंल्याएको छ । अफगानिस्तानस्थिता संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बढ्दो खाद्य असुरक्षा र गरिबीप्रति चिन्ता व्यक्त गरेको अफगानिस्तानको स्थानीय सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ । उक्त संस्थाले अफगानिस्तानमा मानव अधिकारको अवस्था पनि निकै कमजोर बन्दै गइरहेको बताएको छ । अफगानिस्तानको ओसिएचएले ट्विटरमा भनेको छ, “अफगानिस्तानमा दुई करोड ५० लाख मानिस गरिबीको चपेटामा छन् । एक करोड ९० लाख मानिस खाद्य असुरक्षाको चपेटामा छन् । दुई करोड ५० लाख मानिस गरिबीमा बाँचिरहेका छन् । यहाँका ५८ लाख मानिस लामो आन्तरिक विस्थापनमा छन् । हजारौं घरबाढी र भूकम्पका कारण क्षतिग्रस्त भएका ...
नेपाली उद्योग मारमा

नेपाली उद्योग मारमा

ब्यानर समाचार 2, समाचार
भारत सरकारले धान र चामलको निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाएकोमा बारा र पर्सा औद्योगिक करिडोरका चामल तथा धानसम्बन्धी कारोबार गर्ने व्यवसायीले त्यसको प्रत्यक्ष मार नेपाली बजारमा पर्ने बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै भारतले हाल जारी गरेको पत्रअनुसार शून्य भन्सार दरको चामल र धान निर्यातमा २० प्रतिशत भन्सार दर कायम गरेको कारण उद्योग, उपभोक्ता र राष्ट्रको अर्थतन्त्रमा असर पर्ने बताएका हुन् । नेपाल चामल, तेल, दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष एवं वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहनुभएका डा सुबोध गुप्ताले भारतले पछिल्लो समय लिइरहेको निर्णय नेपालका उद्योग व्यवसाय, उपभोक्ता र नेपाली बजारका लागि न्यायोचित नभएको बताउनुभयो । अर्का चामल उद्योगी सुरेश रुगङ्टाले चामल र धानमा लगाइएको भन्सार शुल्कले उद्योगीभन्दा प्रत्यक्षरुपम...

विद्यालयका भवन जीर्ण

ब्यानर समाचार 2, समाचार
विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयका सबै भवन जीर्ण छन् । भवनबाट पानी चुहिन्छ । खानेपानीको अवस्था पनि त्यस्तै छ । शौचालय पनि जीर्ण छन् । विद्यार्थीलाई निकै त्रास हुने गरेको छ । “भवन निकै जीर्ण अवस्थामा छन्, यो उपमहानगरपालिकाभित्रको अलि विकट ठाउँमा भएर पनि होला, विकास हुन सकेको छैन”, विद्यालय व्यवस्थापन समितिका सदस्य वामदेव केसीले भन्नुभयो, “यो विद्यालयको भौतिक सुधारका लागि हामीले पहल गरिरहेका छौँ ।” पुरानो विद्यालय भए पनि भौतिक संरचनाका हिसाबले निकै पछि परेको उहाँले गुनासो गर्नुभयो । केही महिनाअघि मात्रै तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशखाको तीन लाख ५७ हजार बजेटले एउटा भवनको जस्तापाता खरिद, पेन्ट तथा प्लास्टर गरिएको थियो । उक्त विद्यालय शिशु कक्षादेखि ८ सम्म सञ्चालित छ । सोही विद्यालयमा अहिले दुईसय २२ विद्यार्थी अध्ययनरत छन् । सोही विद्यालयको भौतिक संरचनालाई पुनःनिर्माण तथा थप गर्...