Skip to content
Wednesday, September 30
  • गृहपृष्ठ
  • समाचार
  • मुख्य समाचार
  • राजनिती
  • स्थानिय तह
  • अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • खेलकुद
  • आर्थिक
  • मनोरञ्जन
  • थप
    • अचम्मका कुरा
    • सम्पादकीय
    • समाज
    • स्वास्थ्य
    • अपराध
    • कृर्षि
    • जिवनसैली
    • टिप्स
    • दुर्घटना
    • पत्रपत्रिका
    • ब्लोअप
    • साहित्य/कला
    • सुचना प्रविधि
    • भिडियाे
Shadow

औद्योगिक गणनाको नतिजा सार्वजनिक


  • -इ
  • इ
  • इ+
September 14, 2022 by Interview Nepal

राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज विराटनगरमा प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको हो । नतिजा सार्वजनिक गर्दै विभागका निर्देशक विनोदशरण आचार्यले प्रदेश १ मा १२ हजार दुई सय २५ उद्योग प्रतिष्ठान रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार देशभर ६० हजार एक सय ८५ औद्योगिक प्रतिष्ठान रहेका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा १८ हजार तीन सय ३३, लुम्बिनी प्रदेशमा १० हजार पाँच सय आठ, मधेस प्रदेशमा सात हजार दुई सय ७९, गण्डकी प्रदेशमा छ हजार आठ सय १८, सुदूरपश्चिममा तीन हजार तीन सय ८७ र कर्णाली प्रदेशमा एक हजार छ सय ३५ वटा उद्योग प्रतिष्ठान छन् । देशभरका उद्योग प्रतिष्ठानले तीन लाख ८१ हजार छ सय ८७ जनालाई प्रत्यक्ष रोजगारी दिएको सर्वेक्षणले देखाएको छ । यी उद्योग प्रतिष्ठानले वार्षिकरूपमा रु एक खर्ब सात अर्ब ८९ करोड २६ लाख ३३ हजार तलब भत्ताबापत भुक्तानी गरिरहेको सर्वेक्षणले देखाएको छ । औद्योगिक सर्भेक्षण २०७६ सालमा सुरु गरिए पनि कोरोना महामारीका कारण २०७८ मा मात्रै सम्पन्न भएको निर्देशक आचार्यले जानकारी दिनुभयो ।
Posted in आर्थिक, ब्यानर समाचार 2
Tagged उद्योग प्रतिष्ठान, औद्योगिक गणनाको नतिजा सार्वजनिक, नतिजा सार्वजनिक
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


खाली जग्गामा वृक्षारोपण गर्ने तथा घर-घर र व्यक्ति-व्यक्तिबाटै वृक्षारोपणको अभियान सञ्चालन गर्न जोड

खाली जग्गामा वृक्षारोपण गर्ने तथा घर-घर र व्यक्ति-व्यक्तिबाटै वृक्षारोपणको अभियान सञ्चालन गर्न जोड

September 29, 2026 by Interview Nepal
प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरको कमाण्डमा खटिएको टोली द्वरा १८ लाख बराबरको अबैध सामान बरामद

प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरको कमाण्डमा खटिएको टोली द्वरा १८ लाख बराबरको अबैध सामान बरामद

September 24, 2026 by Interview Nepal

राप्रपाबाट सांसद बनेका यादवको कांग्रेसले नवीकरण गर्‍यो सक्रिय सदस्यता, वडा अधिवेशन स्थगित गर्न माग

September 21, 2026 by Interview Nepal
जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगर र मुस्लिम समुदायको बाढीपीडितका लागि २ लाख ७४ हजार सहयोग

जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगर र मुस्लिम समुदायको बाढीपीडितका लागि २ लाख ७४ हजार सहयोग

September 11, 2026 by Interview Nepal
कृष्णानगरमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा

कृष्णानगरमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा

September 8, 2026 by Interview Nepal
कृष्णनगर भन्सारले वार्षिक लक्ष्यको ९३ प्रतिशत राजश्व उठायो

कृष्णनगर भन्सारले वार्षिक लक्ष्यको ९३ प्रतिशत राजश्व उठायो

August 16, 2026 by Interview Nepal

Recent Posts

  • खाली जग्गामा वृक्षारोपण गर्ने तथा घर-घर र व्यक्ति-व्यक्तिबाटै वृक्षारोपणको अभियान सञ्चालन गर्न जोड
  • प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरको कमाण्डमा खटिएको टोली द्वरा १८ लाख बराबरको अबैध सामान बरामद
  • राप्रपाबाट सांसद बनेका यादवको कांग्रेसले नवीकरण गर्‍यो सक्रिय सदस्यता, वडा अधिवेशन स्थगित गर्न माग
  • जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगर र मुस्लिम समुदायको बाढीपीडितका लागि २ लाख ७४ हजार सहयोग
  • कृष्णानगरमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा
  • गृहपृष्ठ
  • समाचार
  • मुख्य समाचार
  • राजनिती
  • स्थानिय तह
  • अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • खेलकुद
  • आर्थिक
  • मनोरञ्जन
  • थप
    • अचम्मका कुरा
    • सम्पादकीय
    • समाज
    • स्वास्थ्य
    • अपराध
    • कृर्षि
    • जिवनसैली
    • टिप्स
    • दुर्घटना
    • पत्रपत्रिका
    • ब्लोअप
    • साहित्य/कला
    • सुचना प्रविधि
    • भिडियाे

ईन्टरभ्यु नेपाल डटकम

    प्रधान कार्यालय :
    काठमाडौं, नेपाल
    फोन नं : + 977-9851111013
    Email : [email protected]
        
    अध्यक्ष
    माधव प्रसाद तिमल्सिना
    सम्पादक
    दिक्षान्त तिमल्सिना
    समाचार प्रमुख
    राजेन्द्र गजुरेल
    सम्बाददाता
    पूर्णिमा तिमल्सिना
    हाम्रो बारेमा

    हाम्रो टिम
© Copyight 2020 Interview Nepal.com. All Rights Reserved  || Powered By : Shandesh Chaudhary
0shares
  • 0
  • 0