आज असाेज ३ गते, सातौं संविधान दिवसकाे उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा " Interview Nepal " को तर्फ बाट हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
Kathmandu- Dr. Salahuddin Akhtar Siddiqui, the founder of the non-governmental organization called The Mother Foundation, which has been working in various dimensions of international relations for the past five years, has said that since millions of Nepalese youth are staying in the Gulf countries for foreign employment, the relationship between Nepal and the Gulf countries should be strengthened and strengthened.
He said that the Foundation believes that the relationship between India and China should be the same with the Gulf countries as Nepal has. He also claimed that the one-day workshop program on 'Nepal-GCC relations and cooperation: global geo-political change challenges and possibilities' will be the first attempt to strengthen the relations between Nepal and Gulf countrie...
मैले सानै उमेरमा लैनसिंह वाङ्गदेलको "मुलुक बाहिर" नामक उपन्यास पढें, यो यथार्वादी उपन्यास थियो, यसले मलाई दोस्रो विश्वयुद्धपछिको पुर्वेली ग्रामीण नेपाली समाजमा परेको प्रभाव बारेमा चित्रण गरेर लेखिएको उपन्यास थियो, यसले मलाई सकारात्मक प्रभाव नै छोडेको थियो, त्यसपछि राजनीतिक संगतले छोएपछि अठार बिसको उमेरमा रसियन साहित्यकार म्याक्सिम गोर्की १८६८- १८ जुन १९३६ को "आमा" भन्ने उपन्यास पढें, यो उपन्यास रसीयाको बोल्सेभिक क्रान्तिलाई उर्जा भर्न लेखेको थियो।
"आमा" उपन्यास पढेपछि किशोरावस्थाको उमेरमा यस्तो प्रभाव पर्यो की घर परिवार केही होइन क्रान्तिकारीको लागि की मुक्ति की मृत्यु बाहेक केही हुन्न भन्ने जबर्जस्त प्रभाव पर्न गयो।कलिलो उमेरमा त्यो पनि प्रवासमा हुँदा पढेको तातो रगत जोश जाँगर चल्ने बेला यस्तो उपन्यास पढ्दै गएपछि पुँजीवादी दलाल नोकरशाही सामन्त...
राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषण प्राप्त गर्नुहुने व्यक्तित्वको नामावली सार्वजानिक गरिएको हो ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी गरेर मानपदवीतर्फ नेपाल रत्न एक, राष्ट्र गौरव तीन, सुप्रसिद्ध प्रबल नसेवाश्री एक, प्रसिद्ध प्रबल जनसेवाश्री १४, सुकीर्तिमय राष्ट्रदीप १७, सुप्रबल जनसेवाश्री एक सय ६५, कीर्तिमय राष्ट्रदीप छ, प्रबल जनसेवाश्री तीन सय २२, राष्ट्रदीप दुई, जनसेवाश्री दुई सय सातलाई विभूषण हुने जनाउनुभएको छ ।
पदकतर्फ राष्ट्रसेवा पदक प्रथम श्रेणी छ, शिक्षाज्योति पदक १८, सगरमाथ...
बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोट खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गए राति सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलअन्तरले पराजित भएको हो ।
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवारको नाम तयार गरेको छ ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको समानुपातिक निर्वाचनतर्फको उम्मेदवारको नाम तयार पारेको हो ।
उक्त नाम सोमबार निर्वाचन आयोगमा बुझाइने प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले प्रतिनिधिसभाका लागि ११० जनाको नाम प्रस्ताव गरेको छ । जसमा आदिवासी जनजातिबाट ३२ जना, खस आर्यबाट ३४ जना रहेका छन् ।
जसमा महिला र पुरुषको संख्या बराबर रहेको छ । त्यस्तै थारु समुदायबाट ४ महिला र ३ पुरुष गरी ७ जना, दलितमा ८ महिला र ७ पुरुष गरी १५ जना, मधेसीमा ९ महिला र ८ पुरुष गरी १७ जना र मुस्लिममा ३ महिला र २ पुरुष गरी ५ जना रहेका छन् ।
समग्रमा ५७ जना महिला र ५३ जना पुरुषको नाम समानुपातिक सूचीमा रहने उपमहासचिव गुरुङले बताए । एम...
काठमाडौं- काठमाडौंको तार्केश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
तार्केश्वर नगरपालिका-९ मनमैजुस्थित सडकमा बा.६३ प ६४६२ नम्बरको मोटरसाइकल आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार करिब १९ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको छ। मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनको ग्रीनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ।...
काठमाडौँ- नेपाली काँग्रेस नेतृ आरजु राणा देउवाले चुनावको तयारीमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि तयारीमा होमिन उनले आग्रह गरेकी हुन्।
टिकट पाउनेहरू र टिकट पाउन प्रतिस्पर्धा गरिराखेकाहरू सबै चुनावी अभियानमा होमिनुपर्ने पनि उनले बताइन्।
महेश्वरी कुँवरले लेखेको पुस्तक ‘पाल्पा’ विमोचन समारोहमा आज बोल्दै काँग्रेस केन्द्रीय सदस्य राणाले गठबन्धनका कारण सबै ठाउँमा टिकट वितरण गर्न नसकिने नेताहरूका अप्ठ्यारा पनि बुझिदिन आग्रह गरेकी थिइन्।
‘गठबन्धनमा रहेका दलहरूले यसअघि जिलेका ठाउँमा छाड्नुपर्ने हुन सक्छ। यसो गर्दा धेरै राम्रा व्यक्तिहरूले टिकट नपाउने हुनसक्छ,’ उनले भनिन्, ‘टिकट वितरणका लागि हुने छलफलमा म त भाग लिन पाउन्न। तर उहाँ (नेताहरूलाई) धेरै गाह्रो छ, धेरै उकुसमुकुस छ।’
उनले पहिले देश, पार्टी अनिमात्र आफ...
काठमाडौँ- उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।
आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौँ महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।
अल्पकालीन अन्तरिम आदेश दुवै पक्षको बहस सुनेर अर्को आदेश नहुने बेलासम्मका लागि दिइने आदेश हो।
‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर कानुनबमोजिम रित नपुर्याई वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नू-नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ,’ पाटन अदालतको आदेशमा भनिएको छ।
यो आदेश निरन्तर हुने वा नहुनेबारे अर्को आ...
काठमाडौं- आइतबार सर्वोच्च अदालत जाने तयारी गरिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफू निवासमै रोकिनुपरेको बताएका छन्।
निलम्बित प्रधानन्यायाधीश राणाले भन्नुभयो, 'म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो। निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको छ।'
राणाविरुद्ध गत फागुन १ गते ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए। महिनौंसम्म बेवास्तामा परेको सो प्रस्ताव प्रतिनिधि सभाको कार्यकाल सकिँदै गर्दा अघि बढेको थियो।
महाभियोग सिफारिस समितिले राणाको बयान लिएर शनिबार प्रतिवेदनसमेत तयार गरेर सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको थियो।
प्रतिनिधि सभा नै नरहेपछि महाभियोग प्रस्ताव पनि निष्क्रिय हुने बुझाइका साथ राणा सर्वोच्च जाने तयारीमा थिए। त्यसका लागि उनले सर्वोच्चमा सूचना पनि पठाइसकेका थिए। तर, आइतबारको उनको प्रयास भने सफल हुन सके...