Thursday, April 25
Shadow

अमेरिकाले स्विकारेको थियो , बिश्वको एकमात्र हिन्दुराष्ट्र नेपाल – दिर्घराज प्रसाईं


  • -इ
  • इ+
दिर्घ राज प्रसाईं

नेपाल प्राचीनकालदेखि नैं विश्वमा आफ्नो पहिचान दिएर उभिदै आएको राष्ट्र हो । अमेरिकी राष्ट्रपतिले भारतका जवहरलाल नेहरुलाई- २०२२ सालमा भारत धार्मिक स्वतन्त्रता भएको देश भएको हुनाले ‘विश्वमै नेपाल मात्र ‘हिन्दुराष्ट्र हाे’ भनेका थिए !

नेपाल, चीन र भारतबीच आत्मीयता कायम भएमा चीनमा फ्रि तिब्बतको मुद्दा र नेपाल तथा भारतमा इसाईकरण गर्ने पश्चिमाहरुको षड्यन्त्र समाप्त हुनेछ र एशिया अशान्त बनाउने पश्चिमाहरुको खेलले पनि पूर्णबिराम लिनेछ। विक्रम संवत् १८०० देखि गोर्खाका राजा पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्वबाट हिमवत्खण्ड नेपालका हिन्दु राज्य बचाएर, लगभग ५४ हिन्दु राज्यहरु एकीकृत गरेर त्योबेलादेखि नेपाल ‘विश्वको एकमात्र हिन्दु अधिराज्य स्थापितको सिर्जना गरेका थिए।
अंग्रेजहरु अन्य मुलुकमा पस्दा पहिलो व्यापार, दोस्रो बाइबल, तेस्रो बुलेट लिएर पस्ने गर्थे। नेपालमा पनि व्यापार, बुलेट प्रयोग गर्नुभन्दा बाइबल र पैसालाई केन्द्रबिन्दु बनाएर प्रवेश गरेको थियो। नेपालमा आफ्नो प्रभुत्व कायम गर्न सक्ने नदेखे तापनि भोटसँग व्यापार बढाउने निहँुमा अपत्यक्षरूपमा प्रभुत्व जमाउन छाडेको थिएन। अंगे्रजहरु ठण्डी मुलुकमा बस्न चाहने भएकाले नेपाल जस्तो स्वस्थकर ठाउँको खोजीमा थिए। त्यसैले हिमवत्खण्डको यो क्षेत्रलाई कसैको डर थियो भने अंग्रेजकै थियो।
त्यसैले पृथ्वीनारायण शाहबाट वनारसबाट हतियार बनाउने मुसलमान र मुसलमान यौद्धाहरुसमेत गोर्खामा लिएर आएकाले यहाँका साना राज्यका जनता र मुसलमानसमेतको सहयोगका कारण अंग्रेजले नेपाललाई आक्रमण गरिहाल्न अप्ठ्यारो परिरहेको थियो। तर पृथ्वीनारायणपछि कूटनीतिक षड्यन्त्रबाट नेपालमाथि आफ्नो उपस्थिति जनाइरहे। भारत सन् १९४७ मा आफू स्वतन्त्र भए तापनि नेपाललाई आफ्नो प्रभाव क्षेत्र बनाउनमा लागिरह्यो।
उत्तरतर्फको छिमेकी राष्ट्रसँग भौगोलिकरूपमा अप्ठयारो हुँदाहुँदै पनि सांस्कृतिक र वैवाहिक सम्बन्धका कारणले नेपाल–चीन सम्बन्धमा धेरै आत्मीयता गाँसिन पुगेको छ। चीनका सम्राट स्रोङचन गम्पोसँग नेपालकी राजकुमारी भृकुटीको वैवाहिक सम्बन्ध कायम गराएका कारण र हिमवत्खण्डको बढ्दो प्रतिष्ठाबाट प्रभावित भएर नेपालका लिच्छवि राजाहरुकी छोरी गुप्त राजाहरुले विवाह गरेर आफ्ना मुद्राहरुमा लिच्छवय उल्लेख गर्ने गरेका अनेकौं प्रमाणित घटना अध्ययन गर्दा नेपालको सार्वभौमसत्ता र प्रतिष्ठाको प्रभाव प्रारम्भकालदेखि नै रहँदै आएको हो।
बाह्रौं शताब्दीमा चीनका वादशाह कुवले खाँनको आग्रहमा अरनिकोलाई झिकाएर स्तूप तथा प्यागोडा शैलीका दरबार बनाएको र महेन्द्र मल्लको समयकालदेखि भोटमा नेपालको मुद्रालाई चलनचल्तीमा ल्याएको थियो। यी तथ्यका कारण एशियामा नेपालको आफ्नै पहिचान र प्रतिष्ठा स्थापित भएको छ। नेपालको परराष्ट्र नीतिको सफलता भनेको चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम राख्नु हो। शान्तिपूर्ण सहअस्तित्वको कदर यसैबाट हुन्छ । नेपाल भूपरिवेष्टित मुलुक हो। भूपरिवेष्टित मुलुक भए पनि जन्मकालदेखि नै यसले आफ्नो सार्वभौमसत्तालाई सौदावाजी गर्न कसैलाई दिएको छैन।
तर २०६३ सालपछि नेपाल अधिराज्यलाई स्वदेशी किराहरुले नेपाल खान लागेकाे छ ! हिन्दु अधिराज्य तथा राजसंथालाई विस्थापित गरेर हामी टिक्न सक्तैनौं !
‘अचल झण्डा फर्रोस् फरफर गरी कान्तिपुरीमा ।
रिपुको मन थर्काेस् थरथर गरी छीन घरिमा ।।
यमनले राज् गर्दा कति पतीत ‘भारत’ भयो ।
फगत यो नेपालको मुलुक कञ्चन रहिगयो ।’
-मोतीराम भट्ट
अमेरिकी राष्ट्रपतिले २०२२ सालमा ‘हिन्दुराष्ट्र विश्वमै नेपाल मात्र हाे’ भने !
‘२०२२ सालताका भारतका जवहरलाल नेहरु अमेरिका भ्रमणमा जाँदा त्यहाँ उनले आफू हिन्दुस्थानवाट आएकाे भनी परिचय दिए । नेहरुकाे परिचयप्रती अमेरिकी राष्ट्रपतिले तत्काल विराेध जनाए र भने भारत धार्मिक स्वतन्त्रता भएको देश भएको हुनाले – ‘हिन्दुराष्ट्र विश्वमै नेपाल मात्र हाे’ भनी विमति जनाएका थिए ।’
२०६३ सालपछि नेपाललाई विदेशी भन्दा स्वदेशी किराहरुले खान लागेका छ । कांग्रेस, एमाले, माओवादीहरुले गलत बाटो समातेकाले नेपालको राष्ट्रियता र प्रजातन्त्र ओझेलमा परेकाछन् । आलुको थुप्रोमा कुहिएको आलु पर्न गयो भने सबै आलु कुहिन जान्छ भनेको जस्तो हाम्रो देशको राजनीतिक व्यवस्था भित्र पनि त्यस्तै भइरहेकोछ । राष्ट्रको लागि यो अतिनै दु:खलाग्दो कुरा हो ।
भाँडन र भत्काउन सजिलो हुन्छ, बनाउन सजिलो हुँदैन । हाम्रा मान्यताहरु सिद्धिएपछि नेपालीको अस्तित्व पनि सिद्धिनेछ । दुई ठूला राष्ट्रहरुको च्यापोमा परेको यो सानो देशमा नेपालीहरुलाई राष्ट्रियताको डोरीले कस्न सक्ने आधिकारिक स्रोत नैं राजसंस्था हो । त्यसलाई विस्थापित गरेर हामी टिक्न सक्तैनौं ।
वास्तवमा नेपालको राजसंस्था भारत होस् वा चीनको एक मित्र शक्ति हो जस्ले फ्रि तिब्बतमा नियन्त्रण गर्छ र भारतमा पनि आतंकवादको बिरुद्ध पर्खालको काम गर्छ । हिन्दुधर्मको दाँजोमा संसारका कुनै पनि धर्म उदार र सहिष्णु छैनन् भने नेपालले चाहीं आफ्नो पहिचान गुमाउँदै धर्मनिरपेक्षता र जातीय आधारको संघीयताको बाटो अपनाउनु पर्ने यो कस्तो राजनीति हो कांग्रेस, एमाले, माओवादीको ? नेपालले प्राचीनकालदेखि नैं विश्वमा आफ्नो पहिचान दिएर उभिदै आएको राष्ट्र हो ।
नेपालको राष्ट्रिय झण्डा, हिन्दुअधिराज्य नेपालको पहिचान हो । नेपाल हिन्दु र बौद्धको आधिकारिक थलो हो । हिन्दुअधिराज्य भन्ने कुरा धर्मसँग मात्र संवन्धित नभएर यो नेपालको सुरक्षा अवधारणाभित्र पनि जोडिएको छ । नेपालको राष्ट्रियतालाई मज्बुतगर्दै आएका महत्वपूर्ण स्रोतमा हिन्दु तथा बौद्ध परम्परा नैं हो । धर्मनिरपेक्ष, गणतन्त्र र संघीयताको नारा माओवादी, कांग्रेस, एमाले र कुनै खाओवादीको एजेण्डा होइन । यो त भारत र अमेरिकी गुप्तचर संस्थाहरुको एजेण्डा हो । पैसा खाएर र पदको लागि नेपालमा पार्टीका दलाल नेताहरुले बोकेर हिडे ।
पृथ्वीनारायण शाहको नेतृत्वमा नेपालको एकीकरण किन र कसरी भयो भन्ने कुरालाई मध्यनजर नराखी नेपालको बारेमा केही पनि बुझ्न सकिदैन । यो क्षेत्रका हिन्दु राज्यहरूलाई पनि कब्जा गर्ने नीति अंग्रेजले लिइसकेको थियो । त्यसबेला हिमवतखण्ड–नेपालमा ५४ भन्दा बढी कैयौं स्वतन्त्र हिन्दु राज्यहरू–गोर्खा, कान्तिपुर, कीर्तिपुर, भक्तपुर, ललितपुर, पाल्पा, मकवानपुर, कास्की, बाइसी, चौबिसी जस्ता हिन्दु राज्यहरूलाई पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण गरेर आफ्नो अस्मिता र पहिचान बचाएर उभिएको यो विश्वको एकमात्र हिन्दुअधिराज्य हो ।
पूर्वमा ब्रम्हपुत्र, पश्चिममा हिन्दुकुश, उत्तरमा हिमालय र दक्षिणमा गंगानदीको बीचका सबै हिन्दु राज्य भएको र यी सबै क्षेत्रमा नेपाली भाषा चलनचल्तीमा आउन सकेकाले हिन्दु धर्म र नेपाली भाषाको हिसावले राष्ट्रिय एकीकरणमा सजिलो भएको थियो । त्यसक्षेत्रका राज्यहरूका विभिन्न जातिहरूले पनि पृथ्वीनारायण शाह जस्तो नीर्भिक राजा पाउँदा खुसीकासाथ राष्ट्रिय एकीकरणमा साथ दिएकाले विशाल नेपाल सिर्जना गर्नमा सजिलो भएको थियो । त्यसरी एकीकरण गरेर निर्माण भएको विश्वको एक मात्र हिन्दु अधिराज्यलाई हटाएर अहिले धर्मनिरपेक्ष घोषणा गर्ने कांग्रेस, एमाले, माओवादीका नेताहरू निन्दनीय छन् । यिनीहरू कुन धरातलमा टेकेर नेपालको कुरा गर्छन् ?
नेपाल भन्ने देशको एकीकरणकै बेलादेखि यसको मेरूदण्ड र मेओ भनेको नेपालको राजसंस्था नैं हो । साम्राज्यवादी शक्तिसँग भिडेर नेपाल र नेपाली जनताको संरक्षकको रूपमा मानिएको शाहवंसीय राजसंस्थालाई विस्थापित गरेर यिनीहरूले विखण्डनको बाटो लिएका छन् । यो देशको भौगोलिक, जातीय सन्तुलन कायम गर्ने र हिन्दु तथा बौद्ध धार्मिक चाड, पर्वको संरक्षण गर्नसक्ने एकमात्र स्थायी संस्था हो नेपालको राजसंस्था ।
दिर्घ राज प्रसाईं
नेपालको एकीकरण भएका बेलादेखि नै कुनै न कुनै नियम, कानून र संविधान अनुसार देश चलेको नैं थियो । २०४७ सालको संविधानले राम्ररी काम गर्दागर्दै त्यसबारेमा कुने टिक्काटिप्पणी वा संशोधनको कुनै कुरा नउठाई विदेशीहरूको भनाईमा लागेर देशलाई डुबाउन संविधानसभाबाट संविधान निर्माण गर्ने भन्नेहरू राष्ट्रद्रोही हुन् । त्यसैले नेपाललाई इसाईकरण गरेर विश्वको एक मात्र हिन्दुअधिराज्य समाप्त गरेर नेपालमा गृहयुद्ध निम्त्याउने जुन अपराध गरिएको छ हामी त्यसको भ्रत्र्सना गर्दै देश बचाउन संघर्षरत भइरहने छौं ।
"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares