Thursday, May 7
Shadow

Author: Interview Nepal

गोरखा दरबारको दशेैँघरमा राखियो बिधिपूर्वक जमरा

गोरखा दरबारको दशेैँघरमा राखियो बिधिपूर्वक जमरा

ब्यानर समाचार 2
बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा  गोरखाको कालिका मन्दिरमा रहेकोदशेैँ घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । परम्पराअनुसार बिहान सवेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाईतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उहाँले बताउनुभयो । मूल दरबारको कैलास कोठाबाट भित्री बाटो हुदै देवी भगवतीको सवारी गराएर कैलास कोठामा बिधिपूर्वक पूजाआजा गरी जमरा राखिएको र त्यसअघि मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको प्रमुख भुसालले जानकारी दिनुभयो । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूधर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदै आएको छ । बडादशेैँमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्र...
भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको भीड

भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको भीड

ब्यानर समाचार 2
घटस्थापनाका दिन आज बिहानैदेखि ब्रह्मायणी मन्दिर सहित अन्य धार्मिक स्थानमा दर्शनार्थीको भीड लागेको छ ।   भक्तपुरका नौ शक्तिपीठमा  घटस्थापनाको दिनबाट यहाँका विभिन्न नौ शक्तिपीठमा नवरात्रि मेला लाग्ने गर्दछ । रातका समयमा यहाँका बासिन्दाले विभिन्न बाजागाजासहित टोलटोलबाट राति मन्दिरमा गएर  पूजा गर्ने र मेला भर्ने परम्रपरा रहेको छ ।  नवरात्रि मेलामा पहिलो दिन ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँ समापन गर्ने प्रचलन छ । नवमीको दिन राति महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवा गराई पूजा गरेको खमये (राँगो) लाई दौडाउँदै ल्याएर ब्रह्मा...
नवरात्रिको पहिलो दिन : घरघरमा जमरा राखिँदै

नवरात्रिको पहिलो दिन : घरघरमा जमरा राखिँदै

ब्यानर समाचार 2
नवरात्रिको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो । गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ । शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजा आराधना गरिन्छ । हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्री देवी प्रसन्न भएर उहाँको पुत्रीका रुपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ । ...
आजको मौसम :कहाँ-कहाँ हुँदैछ वर्षा

आजको मौसम :कहाँ-कहाँ हुँदैछ वर्षा

ब्यानर समाचार 2, मौसम
आज काठमाडौँको न्यूनतम १९ दशमलव छ र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमणी प्रणालीका कारण हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । प्रदेश १ का थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानरुमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएक...
बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित

बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित

खेलकुद, ब्यानर समाचार 2
साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ । माल्दिभ्सको मालेमा गए राति भएको उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्सदसँग नेपाल ५१–४७ ले पराजित भएको हो । अघिल्लो संस्करणको खेलमा भने नेपालले माल्दिभ्सलाई ७७–३६ ले हराएको थियो । प्रतियोगितामा आयोजक माल्दिभ्ससहित नेपाल, श्रीलङ्का र भुटान सहभगी छन् । नेपालले आफ्नो दोस्रो खेल यही असोज ११ गते श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै राउन्ड रोविनको अन्तिम खेलमा नेपालले भुटानसँग यही असोज १२ गते खेल्नेछ । सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीको प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् । ...
सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड भोलि हुने

सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड भोलि हुने

ब्यानर समाचार 2
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार सर्वसाधारणको लागि निष्कासन गरेको सिक्लेस हाइड्रोको  आईपीओ असोज ११ गते  भोलि बिहान ९ बजे शेयर बाँडफाँड  हुने भएको छ । सिक्लेस हाइड्रोपावर लिमिटेडले  कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्कासन गरेको १० लाख ५८ हजार कित्ता शेयरको १६.२९ गुणा बढी हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्कासनमा ल्याएको हो । त्यसमध्ये  ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि र ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।  ...
नेप्से आज बन्द हुने , सेयर कारोबार नहुने

नेप्से आज बन्द हुने , सेयर कारोबार नहुने

ब्यानर समाचार 2
सेयर बजार सोमबार बन्द हुने भएको छ। आज सोमबार बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। सोही कारण नेप्से बन्द हुने भएको हो। अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ।
दसैंको टीका र झांग्ज़ुंग सभ्यता

दसैंको टीका र झांग्ज़ुंग सभ्यता

ब्यानर समाचार 2, विचार, साहित्य/कला
बुद्ध जन्मनु (५०० ई.पु अगाडि) गंगा मैदान उत्तर भारतमा बस्ने समुदायको एउटा संस्कृति उदाई रहेकोे बेला काठमाडौ उपत्यकामा किराँतकाल रहेकोे थियो भन्ने विभिन्न वंशावली बाट अनुमान् मात्रै गर्न सक्छौं लेख्य प्रमाण पाइएको छैन, किनभने लिच्छविकाल त ई सा को चौथो शताब्दी बाट मात्र सुरु हुन्छ, त्यसपछि मात्रै लेखिएको शिलालेख पाइएको छ । ई.पु ५०० वर्ष अगाडि नेपालको उच्च हिमालय भूखण्ड बोन साम्राज्य अन्तर्गत पर्दथियो। त्यतिबेला आजको तिब्बत भन्दा अलग्गै अस्तित्व बोकेर बनेको यो बोन साम्राज्य मानव विकासको चरणमा धातु युग पछी कृषि युगको सुरुवाती संगै आरम्भ भएको "बोन" सभ्यता भन्ने मान्छन् इतिहासविदहरु। यो बोन साम्राज्य आजको तिब्बतको दक्षिण पश्चिम् भाग नेपालको मध्ये भाग देखि उच्च पहाडी हिमालय देखि पश्चिम् तर्फ बढेर भारतको उत्तर खंड हिमाञ्चल प्रदेश जम्मु कास्मिर लेह लद्दाख हुँदै उत्तरमा कासगर सम्म बिशा...

नेपाल राष्ट्र बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने

ब्यानर समाचार 2
  ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ । नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र ...
यसवर्षको पितृपक्ष  (सोह्रश्राद्ध) आज सकिँदै

यसवर्षको पितृपक्ष (सोह्रश्राद्ध) आज सकिँदै

ब्यानर समाचार 2, समाज
 असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ । पितृपक्षका अवसरमा मधेस प्रदेशको प्राचीन मिथिलाक्षेत्रमा तीर्थश्राद्ध गर्ने परम्परा स्थापित छ । टाढाको तीर्थ जान नसक्नेहरू नजिकको धार्मिक महत्वका नदी र तलाउतटमा आज अन्तिम तर्पण दिँदै पितृ विसर्जन गर्दैछन् । मिथिलामा पितृ विसर्जन गर्ने परम्पराअनुसार आज जिल्लाका जलेश्वरस्थित जलेश्वरनाथ माहादेव मन्दिर, मटिहानीस्थित लक्ष्मीनारायणस्थान, जलेश्वरकै पुरन्दर, वरुण र भार्गव सर (तलाउ), बलवा नगरपालिकाको ध्रुवकुण्ड र भङ्गाहा नगरपालिकाको सिद्धनाथस्थानमा तर्पण र पिण्ड दिँदै श्राद्ध गर्नेहरूको सघन जमघटले यी तीर्थस्थल एक...