Thursday, May 7
Shadow

Author: Interview Nepal

तनहुँमा मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन आग्रह

तनहुँमा मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन आग्रह

निर्वाचन विशेष, ब्यानर समाचार 2
मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान केन्द्र अपाङ्तामैत्री बनाउन आग्रह गरिएको छ । सहृदयी मञ्च तनहुँ नेपालको आयोजना तथा तनहुँमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका क्रियाशील संस्थाका पदाधिकारीले शुक्रबार जिल्ला निर्वाचन अधिकृतलाई भेट गरी आफ्ना चासो व्यक्त गरेका हुन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ लाई कसरी अपाङ्गतामैत्री बनाउन सकिन्छ भन्ने विषयमा व्यापकरूपमा छलफल भएको सहृदयी मञ्च तनहुँ नेपालका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालसँग अपाङ्गतामैत्री निर्वाचन प्रणाली, मतदाता शिक्षा, अपाङ्गतामैत्री मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिलाई निर्वाचनमा मतदान केन्द्रसम्म पुग्नका लागि सवारी पासको व्यवस्था हुनुपर्ने जानकारी गराइएको उहाँले बताउनुभयो ।् व्यास नगरपालिका वडा नं २, ...
लागुऔषधसहित भरतपुरबाट चार पक्राउ

लागुऔषधसहित भरतपुरबाट चार पक्राउ

ब्यानर समाचार 2
विभिन्न लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुरबाट उनीहरूलाई भारतीय कारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षीय सुनिल कुमार, १९ वर्षीय विकास कुमार, ५० वर्षीय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका–१९ का ३५ वर्षीया प्रतिमा मण्डल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरूलाई शुक्रबार भरतपुर बसपार्क चोकबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुको साथबाट एक हजार एम्पुल डाइजेपाम, एक हजार एम्पुल व्युप्रिनर्फिन, फेनारगन एक हजार एम्पुल र एक सय ४० मिलीग्राम खैरो हेरोइन फेला परेको उहाँले जानकारी दिनुभयो। मोबाइल चार थान, डिएल सात सिएम १५७६ नंको भारतीय कारसमेत बरामद गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ...
आज देशभरको मौसम सफा रहने

आज देशभरको मौसम सफा रहने

ब्यानर समाचार 2, मौसम
नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेकाले अबका दिनमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । रातिको समयमा देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ ।  राजधानी काठमाडौँमा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ । झण्डै दुई साता लगातारको वर्षाले काठमाडौँसहित देशका कतिपय स्थानमा चिसो बढेको थियो । पछिल्ला दिनमा घाम लागिरहेकाले तापक्रम पनि स्थिर रहेको छ । आज काठमाडौँको न्यूनतम १५ र अधिकतम ...
अध्यक्ष प्रचण्ड : म गोरखा आएको पार्टी निर्माण, रूपान्तरण र क्रान्तिकारी बीउ बचाउनका लागि हो ।

अध्यक्ष प्रचण्ड : म गोरखा आएको पार्टी निर्माण, रूपान्तरण र क्रान्तिकारी बीउ बचाउनका लागि हो ।

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू गोरखा आएको कुरा जित र हारसँग सम्बन्धित विषय नभएको बताउनुभएको छ । माओवादी केन्द्र गोरखाले गोरखा सदरमुकामस्थित पार्टी कार्यालयमा आज आयोजना गरेको निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले पार्टीमा नयाँ रूपान्तरण थालनीका लागि गोरखामा चुनाव लड्न आएको स्पष्ट पार्नुभयो । “म गोरखा आएको पार्टी निर्माण, रूपान्तरण र क्रान्तिकारी बीउ बचाउनका लागि हो”, अध्यक्ष दाहालले भन्नुभयो, “यहाँ जित र हारको कुरा त प्रतिक्रियावादीको टिप्पणी मात्र हो ।” उहाँले चितवनबाट गोरखा आउँदा चितवनका राजनीतिक दल, नेता कार्यकर्तामा रुवाबासी चलेको भन्दै चितवन पनि जीत सुनिश्चित भएको ठाउँ भएको बताउनुभयो । “प्रचण्ड गोरखा जाने चर्चापछि चितवनमा त आङ्तक नै भयो”, अध्यक्ष दाहालले भन्नुभयो, “माओवादी नेता कार्यकर्ता म...
कांग्रेसले पारित गर्यो सुझावसहित घोषणापत्र

कांग्रेसले पारित गर्यो सुझावसहित घोषणापत्र

ब्यानर समाचार 2, राजनिती
नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिएको पार्टीको घोषणापत्रको प्रारम्भिक मस्यौंदा प्राप्त सुझाव समावेश गर्ने गरी पारित गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकमा घोषणापत्र तयारी समितिका संयोजक महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौंदा प्रस्तुत गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा प्रारम्भिक मस्यौंदा उपसमितिका तर्फबाट डा. स्वर्णिम वाग्लेले मस्यौंदाको थप व्याख्या गर्नुभएको थियो भने बैठकमा प्रारम्भिक मस्यौंदा समितिका सदस्यहरूको पनि आमन्त्रित रुपमा सहभागिता थियो । उपत्यका बाहिर रहनुभएका केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले यही असोज २९ गते शनिबार साँझ ७ बजेभित्र पठाउनु हुने लिखित सुझाव समेतलाई समावेश गर्ने निर्णय बैठकले गरेको छ । प्र...
सर्वसाधारणका लागि इष्टर्न हाईड्रोपावरको आइपिओ खुला

सर्वसाधारणका लागि इष्टर्न हाईड्रोपावरको आइपिओ खुला

ब्यानर समाचार 2, सेयर मार्केट
इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।  कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयरमा बिक्री नभएर बाँकी रहेका ५० हजार तीन सय १० कित्तासहित कूल छ लाख ७० हजार तीन सय १० कित्ता शेयर रु एक सय अङ्कित मूल्यमा निष्कासन गरेको छ । कुल निष्कासित शेयरमध्ये ३३ हजार पाँच सय १५ कित्ता सामूहिक लगानी कोष र १३ हजार चार सय छ कित्ता शेयर कर्मचारीलाई छुट्याई बाँकी छ लाख २३ हजार तीन सय ८९ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको आह्वानपत्रमा उल्लेख छ । लगानीकर्ताले निष्कासन गरेका शेयरमा आगामी कात्तिक १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म खरिदका गर्न आवेदन दिन सक्ने र उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा कात्तिक १४ गतेसम्म समय थप हुने छ । कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच म...
विश्व बैंकका उपाध्यक्ष मार्टिन  र अर्थमन्त्री शर्मा  बीच भेट

विश्व बैंकका उपाध्यक्ष मार्टिन र अर्थमन्त्री शर्मा बीच भेट

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
 अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध गर्नुभएको छ । बिहीबार विश्व बैंकका दक्षिण एशियाली क्षेत्रका उपाध्यक्ष मार्टिन रेइजरसँग वाशिङ्गटन डिसीमा भेट गर्दै अर्थमन्त्री शर्माले यस्तो अनुरोध गर्नुभएको हो । भेटघाटका अवसरमा विश्व बैंकद्वारा सञ्चालित कार्यक्रमको प्रगति विवरणमाथि छलफल भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ । यसैगरी अर्थसचिव कृष्णहरि पुष्करले अर्को एक भेटघाटमा मिलेनियम च्यालेञ्ज कर्पोरेशनको कम्प्याक्ट अपरेशन विभागका उपाध्यक्ष केमरुन अल्फोर्डसँग भेटघाट गर्नुभएको छ । उक्त भेटघाटमा नेपालमा एमसिसी परियोजना तोकिएको समयमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो । उक्त भेटघाटमा युरोप, एसिया, ...
फर्निचर उद्योगमा आगलागी हुदा  ४५ लाखको क्षति

फर्निचर उद्योगमा आगलागी हुदा ४५ लाखको क्षति

ब्यानर समाचार 2
मोरङको विराटनगर महानगरपालिका–९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा गए राति आगलागी भएको थियो । आगलागीबाट रु ४५ लाखको क्षति भएको छ । आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र हार्डवेयरका सामान क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हो । वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । आगो निभाउन नेपाल प्रहरी, विराटनगर महानगरपालिकाका नगर प्रहरी र स्थानीयवासी परिचालन गरिएको थियो । आगो निभाउन तीन घण्टाभन्दा बढी समय लागेको थियो । उद्योगका सञ्चालक श्याम साहले आगलागीबाट टिनको छानो भएको घरटहरा, काठबाट बनेको पलङ, सोफा, टेबल, रङका डिब्बा, प्लाइउड, बोर्ड सबै जलेर नष्ट भएको बताउनुभयो । विराटनगरस्थित वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले विराटनगर महानगरपालिकाका तीन, दुहबी नगरपालिकाको एउटा, रङ्गेली नगरपालिकाको एउटा र नेपाल आयल निगमको ...
पर्साकी कविताले जन्माइन् तिम्ल्याहा बच्चा

पर्साकी कविताले जन्माइन् तिम्ल्याहा बच्चा

ब्यानर समाचार 2
 वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका–९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिनुभएको हो । कविताले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालका निर्देशक प्रा डा प्रमोदकुमार सर्राफले जानकारी दिनुभयो । उहाँले शल्यक्रियामार्फत बच्चा जन्माउनुभएको हो । अस्पतालका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा प्रियङ्का चौधरीले कविताको शल्यक्रिया गर्नुभएको हो । ...