Thursday, May 7
Shadow

Author: Interview Nepal

नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सन आइपुग्नुभयो नेपाल

नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सन आइपुग्नुभयो नेपाल

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, समाचार
नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन बिहीबार नेपाल आइपुग्नुभएको छ । यसअघिका राजदूत ¥याण्डी बेरी आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कनुभएपछि राजदूत थम्प्सन नेपाल आइपुग्नुभएको हो । राजदूत थम्प्सन परिवारसहित केही दिन नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा बिताउने र त्यसपछि उहाँले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । ...
चितवनको युनाइटेड बेभरेजमा आगलागी

चितवनको युनाइटेड बेभरेजमा आगलागी

ब्यानर समाचार 2
  पूर्वी चितवनस्थित रत्ननगर नगरपालिका–१० को कैलाश टोलमा रहेको बेभरेज प्रालिमा  आज बिहान आगलागी भएको हो । प्रालिको उत्पादन पल्पी जुसको कच्चा पदार्थ रहेको सो उद्योगमा बिहान ४ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । उद्योग मर्मतका क्रममा रहेकाले उत्पादित वस्तु नरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिनुभयो । आगो के कारणले लागेको भन्ने खुल्न सकेको छैन । आगो निभाउने काम जारी रहेको उहाँले बताउनुभयो । आगो निभिसकेपछि मात्र क्षतिको विवरण थाहा हुने कार्यालयले जनाएको छ । आगो निभाउनका लागि स्थानीय, नेपाल प्रहरी, तीन दमकललगायत प्रयोग गरिएको छ । ...
रुस भन्छ– नेटोको सदस्य  युक्रेनलाई बनाइएमा तेस्रो विश्वयुद्ध हुनेछ

रुस भन्छ– नेटोको सदस्य युक्रेनलाई बनाइएमा तेस्रो विश्वयुद्ध हुनेछ

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
NATO अर्थात् North Atlantic treaty organisation हो जसलाई नेपालीमा उत्तर एटलान्टिक सन्धि सङ्गठन भनिन्छ। युक्रेनलाई पश्चिमी सैन्य गठबन्धन नेटोको सदस्य बनाइएमा तेस्रो विश्वयुद्ध शुरू हुने  रुसी सुरक्षा परिषद्का उपसचिव अलेक्जेन्डर भेनेडित्कोभले उक्त चेतावनी दिएका हुन् । ‘यस कदमले तेस्रो विश्वयुद्ध गराउने पक्का छ भन्ने कुरा किएभलाई पनि थाहा छ,’ उनले बताए । सुरक्षा परिषद्का सचिव निकोलाइ पात्रुशेभमुनिका भेनेडित्कोभ नेटो सदस्य बन्नका लागि युक्रेनले निवेदन दिएको कुरा प्रोपागान्डा मात्र भएको बताए । युक्रेन नेटोको सदस्य भएमा के परिणाम आउँछ भन्ने कुरा पश्चिमले बुझेको उनको भनाइ छ । ‘हल्लाखल्ला गरेर आफूप्रति ध्यान आकर्षित गर्न युक्रेनीहरूले कोशिश गरेका हुन्,’ उनले बताए, ‘यस्तो आत्मघाती प्रकृतिको कदमका बारेमा नेटो सदस्यहरू जानकार छन् ।’ युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले ा नेटोको सदस...
चितवनमा करेन्ट लागेर एक गैँडाको मृत्यु

चितवनमा करेन्ट लागेर एक गैँडाको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2
आज बिहान ४ बजे चितवनको खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर  एक गैँडाको मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी पाँच÷छ वर्षको भाले गैँडा मरेको हो । सो ठाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली पठाइएको र थप अनुसन्धान भइरहेको आचार्यले जानकारी दिनुभयो । कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले करेन्ट लागेर गैँडा मरेको जानकारी दिनुभयो । बङ्गुर फार्ममा नाङ्गो बिजुलीको तार लगाइएको र त्यसैबाट करेन्ट लागेको श्रेष्ठले बताउनुभयो । यो आर्थिक वर्षमा यससँगै दुई गैँडाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्याङ्कानुसार छ सय ९४ गैँडा छन् । ...
नेपालको मतदान युक्रेनको पक्षमा

नेपालको मतदान युक्रेनको पक्षमा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2
संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । विपक्षमा मतदान गर्नेमा बेलारुस, उत्तर कोरिया, निकारागुवा, रुस र सिरिया रहेका छन् । यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए । उक्त प्रस्तावमा भनिएको छ,– ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकथित रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’ उक्त प्रस्तावको रुसले तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिनसमेत माग गरिएको छ । ...
डा. भट्टराई :  लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन

डा. भट्टराई : लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन

ब्यानर समाचार 2, राजनिती
काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम–लोकतान्त्रिक गठबन्धनले प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ । नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताउनुभयो । मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिविरुद्ध निर्माण भएको वाम–लोकतान्त्रिक गठबन्धन प्राकृतिक र स्वभाविक भएको बताउँदै उहाँले ‘स्वतन्त्र उम्मेदवारी’ लोकतन्त्रविरोधी प्रवृत्ति रहेको बताउनुभयो । अहिलेको व्यवस्थामा दलको विकल्प अर्को दल हुने विचार व्यक्त गर्दै पार्टीको विकल्प खोज्दा निर्दलीय र अधिनायकवादीको उदय हुनसक्ने खतरा औँल्याउनुभयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट गठबन्धनका उम्मेदवार जीवनर...
गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

ब्यानर समाचार 2
गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताको आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पेस गरिएको छ । संवैधानिक व्यवस्थाअनुसार मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोलाले प्रदेश प्रमुखको कार्यालयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । प्रतिवेदन प्रस्तुत गर्दै मुख्य न्यायाधिवक्ता बाँस्तोलाले संवैधानिक व्यवस्थाअनुरूप प्राप्त जिम्मेवारीअनुसार कार्यालयले आफ्ना कार्यसम्पादन गर्दै आएको बताउनुभयो । मुख्य न्यायाधिवक्ताको कार्यालयबाट प्रदेश सरकारको प्रतिनिधि भई प्रतिरक्षा गरिएका मुद्दा, लिखितरूपमा राय माग भई आएका विषय, राय सुझावसहित पठाइएका नीति, ऐन नियम आदि विषय प्रतिवेदनमा समेटिएको उहाँले जानकारी गराउनुभयो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख गुरुङले प्रदेश सरकारको कानूनी सल्लाहकारका रूपमा मुख्य न्यायाधिवक्ताको कार्यालय रहेको बताउनुभयो । नेपाली जनताले आफ्ना ...
निर्वाचन आचारसंहिताबारे जानकारी

निर्वाचन आचारसंहिताबारे जानकारी

ब्यानर समाचार 2, राजनिती
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा रहेका दल र तीनका प्रतिनिधि एवं सरोकारवालालाई निर्वाचन आचारसंहिताका बारेमा जानकारी गराएको छ । दलबाट उम्मेदवारी दिएका तथा स्वन्त्ररूपमा उम्मेदवारी दिएका उम्मेदवारले निर्वाचनको पालना गर्नुपर्नेबारे जानकारी गराइएको हो । निर्वाचनलाई निष्पक्ष, स्वच्छता, पारदर्शी तथा भयमुक्त वातावरण बनाउन आचारसंहिताबारे जानकारी दिइएको हो । आचारसंहिताबारेमा जानकारी दिँदै मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले दल र उम्मेदवारले आमसभा गर्दा सभ्य तवरले जुलुस, आमसभा, भेला गर्नुपर्ने, कसैको घरपरिवारको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नपाइने, निर्वाचन चिह्न वा झण्डा अङ्कित स्टिकर, कपडा, ब्याज, मास्क, लकेट वा झोला बोक्न नहुने, निजी घरजग्गा वा सार्वजनिक स्थानमा निर्वाचन चिह्न, दलको झण्डा टाँस्न वा राख्न नपाइने जानकारी गराउनुभयो । प्रचार–प्रसार बिहान ७ बजेदेखि साँझ ७...
राजनीतिक दल वा उमेदवारले मत सर्वेक्षण गर्न नपाउने, कारबाही गर्ने आयोगको चेतावनी

राजनीतिक दल वा उमेदवारले मत सर्वेक्षण गर्न नपाउने, कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन विशेष, ब्यानर समाचार, राजनिती
काठमाडौं- निर्वाचन आयोगले आगामी संसदीय निर्वचनका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उमेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्ष नगर्न निर्देशन दिएको छ । आयोगले उमेदवार तथा पार्टी केन्द्रित भएर उनीहरुले पाउने मतबारे सर्वेक्षण नगर्न आग्रह गरेको हो । आयोगले मत सर्वेक्षण गरेमा एक लाख रुपैयाँसम्म कारबाही हुने बुधबार चेतावनी दिएको छ । निर्वाचन आचारसंहिताले उमेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उमेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने व्यवस्था गरेको छ ।...
ओलीको निर्वाचन क्षेत्रमा २८ जना उम्मेदवारमध्ये १४ जना स्वतन्त्र

ओलीको निर्वाचन क्षेत्रमा २८ जना उम्मेदवारमध्ये १४ जना स्वतन्त्र

निर्वाचन विशेष, ब्यानर समाचार
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदमा २८ जनाले उम्मेदवारी दिएका छन् । ओलीसहित १४ जना विभिन्न दलबाट उम्मेदवार बन्दा अन्य १४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । झापा–५ मा एमाले अध्यक्ष ओलीका अतिरिक्त नेपाली काँग्रेसका खगेन्द्र अधिकारी, जसपा नेपालका ओममाया आङदेम्बे, नेमकिपाका रुद्रप्रसाद दाहाल, लोसपा नेपालका चन्द्रप्रसाद राजवंशी, जनमत पार्टीका भीम राजवंशी, मङ्गोल नेशनल अर्गनाइजेसनका सानबहादुर मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कवीन्द्र शेर्मा लिम्बू, नेशनलिस्ट पिपल्स पार्टीका राजन चुँडाल, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर जवेगु, नेपाली काँग्रेस (बिपी) का शेखरनाथ सेडाइ, सचेत नेपाली पार्टीका रामप्रसाद पाठक र राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेल उम्मेदवार छन् । यस्तै रेवती रमण खनाल, रोहित प्रसाद पौड्...