Thursday, October 22
Shadow

Author: Interview Nepal

भाइटीकाको साइत : कात्तिक १० गते बिहान ११ : ३७ बजे

भाइटीकाको साइत : कात्तिक १० गते बिहान ११ : ३७ बजे

ब्यानर समाचार 2
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनु्सार कात्तिक १० गते बिहीबार बिहान ११ : ३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ । यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ । धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन मनाउनुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । कात्तिक ६ गते आइतबार कागतिहार (काकबली) पर्व परेको छ । धनवन्तरी जयन्ती पनि त्यसै दिन मनाइन्छ । कात्तिक ७ गते सोमबार कुकुर तिहार पर्व मनाइन्छ । त्यसै दिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ । यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कात्तिक ७ गते सोमबार नै रहेको उहा...
सिङ्गुसले टोकेर मृत्यु

सिङ्गुसले टोकेर मृत्यु

दुर्घटना, ब्यानर समाचार 2
सिङ्गुसले टोकेर तनहुँमा आज एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । व्यास नगरपालिका–११ रानीगाउँ निवासी ६७ वर्षीय गङ्गाप्रसाद सुवेदीको मृत्यु भएको हो । शरीरैभरि सिङ्गुसले टोकेर सख्त घाइते हुनुभएका सुवेदीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१ तालघरे नजिक सिमलको रुखमा रहेको सिङ्गुसले राजमार्ग भएर हिँड्ने सर्वसाधारण र मोटरसाइकलमा सवारलाई टोकेको उहाँले बताउनुभयो । सिङ्गुसले टोकेर घाइते भएकाहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त राजमार्ग भएर हिँड्डुल गर्ने सर्वसाधारण र चालकलाई सचेत भएरमात्रै हिँड्डुल गर्न प्रहरीले अनुरोध गरेको छ । ...

काठमाडौं महानगरभित्रका व्यवसाय ३० दिनभित्र दर्ता गर्न निर्देशन

ब्यानर समाचार 2
काठमाडौं महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने भएको छ ।  
ट्र्याक्टर दुर्घटनामा परी चारजनाको मृत्यु

ट्र्याक्टर दुर्घटनामा परी चारजनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2
ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो । ट्र्याक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ । अध्यक्ष वनेमका अनुसार ट्र्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्र्याक्टरमा सवार थिए । ...
काट्ने बेलाको धान गैँडाले नष्ट गरिदिएपछि किसान चिन्तामा

काट्ने बेलाको धान गैँडाले नष्ट गरिदिएपछि किसान चिन्तामा

ब्यानर समाचार 2
 चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको हो । वडा नम्बर १ सेरुवाकी किसान गीता महतोले काट्ने तयारीमा रहेको धान गैँडाले नष्ट गरिदिएपछि यो बर्ष के खाने भन्ने चिन्ता थपिएको बताउनुभयो । उहाँले बर्सेनि निकुञ्जबाट आउने वन्यजन्तुका कारण बाली पूरै भित्र्याउन नपाइने गरेको गुनासो गर्नुभयो । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गतको पाँचपाण्डव उपभोक्ता समितिका कार्यालय सचिव जगनारायण बोटले यस वर्ष गैँडाले धानमा धेरै क्षति पु¥याएको बताउनुभयो । उहाँले कार्यालयमा दैनिकजसो किसान क्षतिको विवरण बुझाउन निवेदन लिएर आइरहेको जानकारी दिनुभयो । भैरवपुर, सेरुवा र गर्दी क्षेत्रमा गैँडा र हात्तीसँगै बँदेल र चित्तलले पनि दुःख दिइरहेको बोटले बताउनुभयो । माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले माडीमा वन्यजन्तुबाट हुने बालीको क...
प्रधानाध्यापक छविलाल तिवारीलाई आयोगको स्पष्टीकरण

प्रधानाध्यापक छविलाल तिवारीलाई आयोगको स्पष्टीकरण

निर्वाचन विशेष, ब्यानर समाचार 2
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता उलङ्घन गरेको विषयमा निर्वाचन आयोगले पर्वतको बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीलाई स्पष्टीकण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टीकरण मागेको हो । फलेवास नगरपालिका–४ मा रहेको विद्यालयका शिक्षक तिवारीले निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता विपरीत ‘आफ्नो फेसबुक पेजमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट तथा शेयर गरेर भोट मागी चुनावी प्रचारप्रसार गरेको’ स्पष्टीकरणमा उल्लेख गरिएको छ । ...
जनताका समस्या समाधान पहिलो प्राथमिकता होः नेता पौडेल

जनताका समस्या समाधान पहिलो प्राथमिकता होः नेता पौडेल

निर्वाचन विशेष, ब्यानर समाचार 2, राजनिती
नेपाली कांग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१० स्थित शेवर, नयाँबस्ती, डिहीगाउँमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उहाँले जनताका समस्या समाधान गर्न नै आफू राजनीतिमा लागेको बताउनुभयो । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका वरिष्ठ नेता पौडेलले भन्नुभयो, “यहाँका हरेक समस्या मलाई थाहा छ, खानेपानी, सडक स्तरोन्नति र रोजगारीका लागि लागिपरेको छु । जनताको विश्वासलाई टुट्न दिन्न ।” उहाँले शेवरदेखि कलेस्तीसम्म पुग्ने सडक स्तरोन्नति र रसायनिक मल उद्योग खोल्ने विषयमा पहल भइरहेको जानकारी दिनुभयो । लोकतन्त्र र संविधान रक्षाका लागि अहिलेको गठबन्धन बनेको र यसलाई निरन्तर अगाडि बढाउनुपर्नेमा नेता पौडेलले जोड दिनुभयो । “लोकतन्त्र सङ्कटमा परेको बेला ...
नेपाली कम्युनिष्ट आन्दोलन संकटमा:राम कार्की ‘पार्थ’

नेपाली कम्युनिष्ट आन्दोलन संकटमा:राम कार्की ‘पार्थ’

ब्यानर समाचार 2, विचार, सम्पादकीय
सपनाहरू सधैं वास्तविकता भन्दा अगाडि हुन्छन् नेपाली कम्युनिष्ट आन्दोलन अहिले अत्यन्तै कठिन र गहिरो संकटमा छ र सम्भवतः विगतमा यस्तो जटिल र गहिरो संकटको सामना गर्नु परेको थिएन । यसको अर्थ नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो ६० वर्षभन्दा लामो इतिहासमा कठिनाइको सामना गर्नुपरेको छैन भन्ने होइन । ती कठिनाइहरू र आजको सहज देखिने तर गहिरो संकटबीचको मूल भिन्नता भनेको त्यो आन्दोलनले आफ्ना कार्यकर्ताहरूको सपना देखेको थियो। ती सपनाहरूबाट स्वाभाविक रूपमा बगेको साहस, उत्साह, प्रेरणा र ज्ञानले कठिनाइहरू पार गर्न आवश्यक ऊर्जा प्रदान गर्‍यो। केही अर्थमा, विश्वव्यापी कम्युनिष्ट आन्दोलन आफैंमा अभूतपूर्व समस्याहरूको सामना गरिरहेको छ। तर नेपाली कम्युनिष्ट आन्दोलनमा पाइने कठिनाइहरु धेरै हिसाबले विश्व कम्युनिष्ट आन्दोलन भन्दा फरक छन् । नेपाल यस्तो देश हो जहाँ वयस्क जनसङ्ख्याको ठूलो हिस्साले आफूलाई कम्युनिस्ट आन्दोलन...
महालक्ष्मी विकास बैंक :  लकर सुविधामा आकर्षक योजना

महालक्ष्मी विकास बैंक : लकर सुविधामा आकर्षक योजना

ब्यानर समाचार 2
महालक्ष्मी विकास बैंकले विशेष (महा बचत) खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कार्तिक र मंसिर महिनामा महा बचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाको बार्षिक शुल्क (प्रथम वर्ष)मा शत प्रतिशत छुट प्रप्त गर्न सक्नेछन् । दरबारमार्ग, पुतलिसडक, न्यूरोड (काठमाडौं), भैरहवा र न्यूरोड (कास्कीं) शाखा कार्यालयहरुमा लकरको सुविधा रहेको बैंकले जनाएको छ । हाल उपलब्ध लकर संख्या सीमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ । यस योजना अन्तर्गत खोलिने महा बचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै बचत खाताहरु मध्येकै सबैभन्दा उच्चतम (१० प्रतिशत) व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ लगायतका अन्य सुविधाहरु रहेकाछन् ।...