Wednesday, April 24
Shadow

“काभ्रे जिल्ला”को अपार सफलतापछि किरण र गितादेबीको “ए साईली” डिजिटल बजारमा


  • -इ
  • इ+


महेन्द्र अधिकारी/ललितपुर, मंसिर १८
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लोकप्रीय युवा गायक किरण गौतम र सदाबहार गायिका गितादेबी को अर्को निकै राम्रो संभावना बोकेको गित “ए साईली” डिजिटल बजारमा आएको छ । किरण गौतम र गितादेबीको सुमधुर स्वरमा बजारमा आएको यस गितमा किरण गौतमकै लय तथा शब्द रहेको छ ।

किरण गौतम को गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कुमार सानु पुन ले मिक्सिङ गरेका हुन् र यस गितलाई ऐरेन्ज नारायण डङगाल ले गरेका छन् ।

निरेन श्रेष्ठ को निर्देशन, मरुभूमि नारायणको छायाँकन तथा रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो । यस गितको म्युजिक भिडियोमा रेशम थापा, सोनी बि सी, बिकास शिलवाल, भिमसेन खतिवडा,सबिन गौतम, जीवन हुमागाई लगायत अन्य कलाकर को उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

यो गीतको भिडियोलाई किरण गौतम को अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ । जुन गित टिकटकमा समेत निकै रुचाईएको पाईएको छ । बिगतका सिर्जनाले जस्तै यो सिर्जनाले पनि दर्शक श्रोताको मन जित्न सफल होस् हाम्रो को तर्फ देखि धेरै धेरै शुभकामना ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares