Thursday, April 18
Shadow

चन्द्रपुरमा उपमेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने


  • -इ
  • इ+

काठमाडौ,मंसिर १८

रौतहटको चन्द्रनिगाहपुरमा उप मेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउदो मंसिर २८,२९ र ३० गते चन्द्रनिगाहपुर स्थित तुलसीलाल अमात्य स्मृती रंगसालामा हुने छ ।

चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा हुने राष्ट्रिय महिला कराते प्रतियोगितामा देशका बिभिन्न १३ नगरपालिकाका महिला कराते खेलाडीहरुको सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ ।

लामो समयको बन्दाबन्दी पछि रौतहट जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना हुन लागेको नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले जानकारी दिएका छन् । प्रतियोगिताका देशका बिभिन्न १२ नगरपालिकाका खेलाडी र आयोजक चन्द्रपुर नगरपालिका सहितको भारतको एक टिकको गरी २०० खेलाडीको सहभागिता रहने अध्यक्ष अशोक पहाडीले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares