Wednesday, April 24
Shadow

Tag: गित

जिते लामा लोप्चनको पहिलो गौरवमय प्रस्तुतिमा “ल्होसार सेलो जुहारी ” सेलो गित सार्बजनिक

जिते लामा लोप्चनको पहिलो गौरवमय प्रस्तुतिमा “ल्होसार सेलो जुहारी ” सेलो गित सार्बजनिक

मनोरञ्जन
महेन्द्र अधिकारी, ललितपुर, माघ २७। “ल्होसार सेलो जुहारी ” सेलो बोलको गित डिजिटल बजारमा आएको छ । गायक तथा सर्जक जनक लामा र गायिका अर्चना स्याङ्तानको सुमधुर स्वरमा बजारमा आएको यस सेलो गितमा सोनाम सिहं थोकरको शब्द, जिते लामा लोप्चन र अजय घलान को लय रहेको छ । जिते लामा लोप्चन को पहिलो गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई ऐरेन्ज बिष्णु तामाङ् ले गरेका छन् । बिमल ढकाल ले निर्देशन गरेको भिडियोलाई लिगेश भट्टराई को सम्पादन,कलर रहेको छ ।“ल्होसार सेलो जुहारी ” बोलको म्युजिक भिडियोमा दिनेश तामाङ ,रुपा एस घले र बालकलाकार रुपक तामाङ र कबिना लामा को उत्कृष्ट अभिनय देख्न सकिन्छ । यो गीतको भिडियोलाई अर्चना स्याङ्तान नामक युटुबबाट मार्फत गित हेर्न सकिन्छ । सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्...
गायक योगेश भट्टको स्वरमा रहेको ‘हाम्रो माया’ बोलको गित सार्बजनिक (भिडियोसहित)

गायक योगेश भट्टको स्वरमा रहेको ‘हाम्रो माया’ बोलको गित सार्बजनिक (भिडियोसहित)

मनोरञ्जन
काठमाडौं, माघ २३ । गायक योगेश भट्टको स्वरमा रहेको ‘हाम्रो माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक टंक बुढाथोकीको यूट्युव च्यानल मार्फत गित सार्वजनिक गरिएको छ । पछिल्लो समय निकै ब्यस्त रहने नृत्य निर्देशक रमेश बिजुली वि।सीको निर्देशन रहेको उक्त गितमा गायक स्वयम योगेश भट्ट र मिनु महतको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको सम्पादन कृष्ण बाबुले गरेका छन् । सूदुर पश्चिम प्रदेशको कर्णाली चिसापानी क्षेत्रमा गितको छायांकन गरीएको छ । गायक योगेश भट्ट थुप्रै गित बजारमा आई सकेका छन् । गायक भट्ट २०६४ सालमा आयोजना गरिएको सुदुरपश्चिम आईडलका थर्ड रनर अप र २०६५ सालमा आयोजना गरिएको टीकापुर आईडलका फष्ट रनर अप हुन् । बिभिन्न समस्याका बिच पर्दा पछाडीबाटै संघर्ष गरिरहेका गायक भट्टले यो गितबाट आफुले धेरै आशा गरेको कैलाली खबरलाई बताए । भिडियो हेर्नुहोस्स्:  https://www.youtube.com/watch...