Thursday, March 28
Shadow

Tag: बेलकोटगढी

व्यवसायिक पशुपालनमा रमाउदै बेलकोटगढीका एक युवक

व्यवसायिक पशुपालनमा रमाउदै बेलकोटगढीका एक युवक

आर्थिक, कृर्षि, समाचार, समाज, स्थानिय तह
काठमाण्डौं, साउन १७ विगत १८ बर्षदेखी नुवाकोट बेलकोटगढी नगरपालिका १० का कृष्ण प्रसाद तिवारीले गाडी चलाउने पेशा छोडी केपी पशुपालन फर्म सन्चालन गर्दै आफ्नो घरपरिवार र अन्य दुई जनालाई रोजगारी दिदै आएका छन् । तिवारीले पशुपालन व्यवसाय गरेदेखि घर व्यवहार चलाउन सहज र राम्रो आम्दानी भएको बताउछन् । आफ्नो घर परिवारलाई समय दिदै मध्यम लगानीबाट धेरै आम्दानी हुने व्यवसाय पशुपालन पनि हो भनि उनले बताएका छन् । हाल ७० देखि ८० ओटा सम्म बाख्रा पालन गर्दै आएका उनि भन्छन, सबैले आ आफ्नो ठाउँबाट कृषि क्रान्ति गर्ने र बिदेशमा भएका नेपाली दाजु भाइले पनि नेपालमै आएर पशुपालन गर्ने हो भने कृषि पेशाबाट नेपाललाई चाडै नै आत्मनिर्भर बनाउन सकिन्छ । भने जस्तो काम र राम्रो दामको लागि धेरै युवा बिदेशीएका छन् तर मेहनत र लगनशिल भएर काम गर्ने हो भने बिदेशमा जतिको कमाई नेपालमा नै गर्न सकिन्छ भन्ने उदाहरण तिवारिले दिएका छन् ...
सालकको खपेटा सहित बेलकोटगढीका तामाङ र धुनिवेशीका राई पक्राउ

सालकको खपेटा सहित बेलकोटगढीका तामाङ र धुनिवेशीका राई पक्राउ

अपराध, आर्थिक, मुख्य समाचार
काठमाण्डौँ, पुष १६ काठमाण्डौँको चन्द्रागिरी नगरपालिकाबाट सालकको खपेटा सहित २ जना पक्राउँ परेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट दुई जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउँ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं २ का २३ वर्षिय सूर्य तामाङ र धादिङ धुनिवेशी नगरपालिका वडा नं ५ का १९ वर्षिय मनोज राई रहेका छन् । धादिङबाट काठमाण्डौँ आउँदै गरेको बा ३ ख ६१३८ नम्बरको बसलाई महानगरीय प्रहरी बृत थानकोटबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा बसमा सवार राईको झोलाबाट उक्त खपेटा फेला परेपछि राई र उक्त खपेटा लिन आएका तामाङलाई सितापाईलाबाट पक्राउँ गरेको हो । उनिहरु माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...