Friday, April 26
Shadow

Tag: सालकको खपेटा

सालकको खपेटा सहित बेलकोटगढीका तामाङ र धुनिवेशीका राई पक्राउ

सालकको खपेटा सहित बेलकोटगढीका तामाङ र धुनिवेशीका राई पक्राउ

अपराध, आर्थिक, मुख्य समाचार
काठमाण्डौँ, पुष १६ काठमाण्डौँको चन्द्रागिरी नगरपालिकाबाट सालकको खपेटा सहित २ जना पक्राउँ परेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट दुई जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउँ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं २ का २३ वर्षिय सूर्य तामाङ र धादिङ धुनिवेशी नगरपालिका वडा नं ५ का १९ वर्षिय मनोज राई रहेका छन् । धादिङबाट काठमाण्डौँ आउँदै गरेको बा ३ ख ६१३८ नम्बरको बसलाई महानगरीय प्रहरी बृत थानकोटबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा बसमा सवार राईको झोलाबाट उक्त खपेटा फेला परेपछि राई र उक्त खपेटा लिन आएका तामाङलाई सितापाईलाबाट पक्राउँ गरेको हो । उनिहरु माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...