Saturday, April 20
Shadow

“ हे निरा ” बोलको ठटेउली गितले चर्चा बटुल्दै


  • -इ
  • इ+

महेन्द्र अधिकारी , ललितपुर, पुष १५ । गायक, सर्जक तथा कुशल सञ्चारकर्मी महेश नेपाल को बालापनको झलझली याद दिलाउने ठटेउली मौलिक गित “ हे निरा ” काठ्माण्डौ एक्स्प्रेस नामक युटुब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ। महेश नेपाल स्वयमको लय,शब्द सृजनामा गित बजारमा आएको हो । गितमा महेश नेपाल, लोकप्रिय गायिका गिता देबी र ईन्दीरा अधीकारी वाग्ले को सुमधुर स्वर रहेको छ ।

“ हे निरा ” गितलाई कर्सङ्ग लामा ले एरेन्ज गरेका छन् ।महेश नेपालको निर्देशनमा तयार भएको यस गितको म्युजिक भिडियोमा महेश नेपाल, गिता देबी, बिक्रम आचार्य, अमृत तिमल्सीना, प्रत्युष नेपाल, सन्तोष बिरही, पवन भट्टराई, अश्लेषा वाग्ले, ईन्दीरा अधिकारी वाग्ले लगायतको दमदार अभिनय देख्न सकीन्छ ।

प्रतीक ब श्रेष्ठको छायाँकन, चेतन सागरको सम्पादन र शितलराज गिरिको ब्यवस्थापनमा भिडियो तयार भएको हो ।
मौलिक र यथार्थ शब्द समाबेश भएको गितले छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल भएको गायक नेपाल जनाएका छन् ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares