Saturday, April 27
Shadow

नवउदारबादको पराकाष्ठा पोखरा हवाई दुर्घटना – अमृत खरेल


  • -इ
  • इ+

नवउदारवादले सबै चीजमा नाफा घाटा मात्र हेर्ने मानसिकता विकास गरेपछि व्यवसाय पनि मानवमैत्री र सेवाग्राहीको हितमा केन्द्रित हुँदैन। सार्वजनिक वाहक विमानको नियमित रूपमा गरिनुपर्ने सुरक्षा जाँच, मर्मत सम्भार र एक उडान पछि अर्को उडानका बीचमा गरिनुपर्ने आवधिक अन्तरको ख्याल नराखी अधिकतम रूपमा विमान र विमान चालकदललाई दोहन गरी नाफा असुल्नु नै कम्पनीको धन्दा हुने गर्दछ। र यो नाफाखोर पद्धतिलाई कागजी रूपमा ठिकठाक देखाई कमिशन र भ्रष्टाचारको आर्जन गर्न नागरिक उड्डयन प्राधिकरण, पर्यटन मन्त्रालय र सत्ताधारीहरू अभ्यस्त हुन्छन्। कमर्शियल फ्लाइटमा पूरा मूल्यको टिकट काटेका यात्रुलाई कुनै पूर्व जानकारी नदिई इन फ्लाइट ट्रेनिंग चलाउनु पनि अपराध हो। यो फ्लाइटमा इन फ्लाइट ट्रेनिंग हुनेछ भनेर यात्रुलाई टिकट काट्दै पूर्व सूचना दिएको हुनुपर्दछ। त्यतिबेला त्यो फ्लाइट चढ्ने नचढ्ने निर्णय गर्न पाउँथे यात्रुहरूले। जसरी अस्ति पोखरामा डेमो फ्लाइट गरिएको थियो त्यस्तै इन फ्लाइट तालिमका लागि डेमो उडान गर्नुपर्थ्यो विना यात्रुको। अत: यो ठूलो आपराधिक काम भएको छ। सबै पक्ष मिलीभगतमा यात्रुलाई मारिएको छ हिजोको दुर्घटनामा। यस विषयमा जिम्मेवार पक्षहरूलाई कठघरामा उभ्याउन जरुरी छ। अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम असीमित दायित्व भराई विमान कम्पनी, नागरिक उड्डयन प्राधिकरण र नेपाल सरकारबाट क्षतिपूर्ति दिलाई विमान विस्फोट हुने अवस्था सिर्जना गर्न भूमिका खेल्ने पदाधिकारीरूलाई फौजदारी मुद्दा समेत चलाउनु जरुरी छ।

अमृत खरेल
२०७९।१०।०२

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares