Friday, April 19
Shadow

Tag: बद्री पाण्डे

कांग्रेसको सहमहामन्त्रीमा युवा नेता पाण्डेको उम्मेदवारी

कांग्रेसको सहमहामन्त्रीमा युवा नेता पाण्डेको उम्मेदवारी

Uncategorized
          काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा युवा नेता बद्री पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार काठमाडौंमा एक कार्यक्रम गरी पाण्डेले १४ औँ महाधिवेशनमा आफू सहमहामन्त्री पदमा उम्मेदवार घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्दै पाण्डेले आफू सहमहामन्त्री बनेपछि केन्द्रीय समितिलाई साथमा लिएर चार ‘ब’को माध्यमबाट पद्धतिप्रधान पार्टी बनाउने दाबी गर्नुभयो ।संगठन सुदृढीकरणका लागि गर्न चार ‘ब’ को अवधारणा अथ्र्याउँदै पाण्डेले भन्नुभयो, ‘पहिलो ‘ब’ भनेको बिचार हो । दोस्रो ‘ब’ बिधानको अक्षरशः पालना, तेस्रो ‘ब’ नियमित बैठक र चौथो ‘ब’ भनेको व्यवस्थापन हो । व्यवस्थापनमा भ्रातृ संगठनदेखि पार्टी संगठन, कार्यकर्ता, कार्यालय र अर्थ व्यवस्थापन हो ।’ पार्टीहरु नसुधिँदासम्म देश नसुध्रिने भन्दै उहाँले नेतृत्व र पार्टी सुधारको अभियान नै चलाइने बताउन...