Friday, April 19
Shadow

परीक्षामा कसरी सफल हुने ?


  • -इ
  • इ+

काठमाडौ,मसिंर २१
कुनै काम ठीक समयमा सम्पन्न गर्न, कुनै पनि इच्छालाई उद्देश्यमा पूरा गर्न सङ्कल्पको जरूरी पर्दछ । म यो विषय पढेर यो काम गर्छु, यो पदको प्रतियोगितात्मक परीक्षामा सफल हुन्छु भनेर सङ्कल्प गर्ने हो भने, आजदेखि सफलताको लागि यात्रा तय गर्दा त्यसलाई पूरा गर्न अपनाउनु पर्ने क्रियाकलापको पहिचान गर्नुपर्छ । उद्देश्य पूरा गर्न बाधा पु-याउने शारीरिक र मानसिक क्रियाकलाप एवं सङ्गतलाई निरन्तर घटाउँदै,  छोड्दै जानुपर्छ । हरेक दिन बिहान ब्युँझने बित्तिकै र राती सुत्ने बेलामा सङकल्प स्मरण गर्नुपर्छ ।

आफ्नो आकङ्क्षाको तह जुन ‚तरको छ, त्यही ‚तरको सफलता हात लाग्दछ । इच्छाशक्ति बढाउन आफ्ना विगतका सफलतार असफलताका भित्री रह‚य बुझ्नु पर्दछ । त्यो बाहिरका मान्छेका आँखाले देख्दैनन्, आफ्नो मनमस्तिष्कलाई मात्र थाहा हुन्छ । आफ्नो लक्ष्यमा पुग्न इच्छाशक्तिलाई बढाउनु जरुरी छ । हरेक मान्छे भित्र विशिष्ठ क्षमता हुन्छ, त्यो क्षमता मभित्र पनि छ भनेर कतै नअलमलिकन अध्ययन, लेखन, स्मरण, छलफल बढाइरहनु पर्दछ ।

विशेषगरी निजामती सेवामा प्रवेश गर्न कुनै पदको लागि आफूलाई योग्य बनाउन तपाईको मनमस्तिष्कलाई तेजिलो बनाइ राख्नु पर्दछ । त्यसका लागि नियमितरूपमा अभ्यास जरूरी पर्दछ । तपाईको अभ्यास द्रुत, मध्यम, सुस्त वा आंशिक र अवरुद्ध कुन गतिमा बढ्छ, ती कुरा महत्वपूर्ण हुन्छ । यी कुराहरू तपाईको संकल्प, तपाईले जागिर पाउने आकङ्क्षाको ‚तर, जागिरका लागि पालना गर्नुपर्ने ब्रत (अनुशासन), पालना गर्नुपर्ने नियमित शर्त र त्यसको लागि त्याग्नु पर्ने, छोड्नु पर्ने संगत, लत र नियमित गर्नुपर्ने साधना, अभ्यासमा निर्भर हुन्छ ।

तपाईको इच्छा जागिरप्रति कसरी जाग्यो, त्यसले तपाईको सफलताको निकट पुन्ने नपुग्ने विषयमा निक्र्याैल गराउँछ । बुबाआमा तथा अभिभावकको इच्छा होस† वा साथीभाइको लहलहैमा के रहेछ एकपल्ट दिई हेरौं भनेर विनातयारी परीक्षामा सहभागी हुन लाग्नु भएको छ भने य‚ता कुराले तपाईको सफलताको सम्भावनालाई भविष्यवाणी गर्न सकिनेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares