Sunday, April 28
Shadow

Tag: हत्या

खुकुरी प्रहार गरी हत्या

खुकुरी प्रहार गरी हत्या

ब्यानर समाचार 2
आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएकोे आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार आज आफ्नै घरमा मृतावस्थामा भेटिएका नेपालीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो । नेपालीको हत्या गरेको आशङ्कामा कुमाललाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । ...
आफ्नै मामा र साथिहरुको योजनाबद्ध हत्याको सिकार बन्न पुगे भुपेन्द्र

आफ्नै मामा र साथिहरुको योजनाबद्ध हत्याको सिकार बन्न पुगे भुपेन्द्र

अपराध, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौं, कार्तिक २८ पछिल्लो समय नेपालमा हत्या हिंसा जस्ता अपराधहरु दिन प्रतिदिन बढ्दै गइरहेको छ । केहि दिन अगाडि कैलालिको लम्किचुहा न.पा.१ का भुपेन्द्र वडुवालको निर्मम रुपमा सामुहिक हत्या भएको थियो । भुपेन्द्र वडुवालको हत्याले सामाजिक सन्जाल निकै तातिएको छ । रातको करिब ८ बजे भुपेन्द्र खाना खाएर सुत्ने तरखरमा थिए त्यतिकैमा भुपेन्द्रका साथि कपिल श्रेष्ठले भुपेन्द्रलाई फोन गरेर बोलाएपछि भुपेन्द्र र उनको अर्को साथि दिपेश न्यौपाने सँगै टिकापुर गएका थिए । घरबाट सकुसल निस्किएका भुपेन्द्रको लास घरमा आईपुगेको थियो । एकजनाले मात्र नभई समुह मिलेर भुपेन्द्र लाई खुकुरि हानि हत्या गरेका थिए । भुपेन्द्रमाथि खुकुरि प्रहारबाट घाईते भएपछि ईलाका प्रहरि कार्यलयबाट खटिएको प्रहरी टिमले उपचारका क्रममा टिकापुर अस्पताल पठाएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो । साथिलाई सहयोग गर्न भनेर बाहिर...
बाराको निजगढमा एक युवकको घाटी रेटी हत्या

बाराको निजगढमा एक युवकको घाटी रेटी हत्या

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
बारा, फागनु २५ । बाराको निजगढमा एक जना युवकको घाँटी रेटेर हत्या गरिएको छ । निजगढ नगरपालिका वडा नं।९ बजार स्थित एक घरमा करिब १८ वर्षिय युवकको घाँटी रेटी हत्या भएको हो । काले भनिने रोहित शर्माको घर मैं गए राती घाँटी रेटी हत्या भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले जनाएका छन् । घटना बारे थप बिवरण आउँन बाँकी छ । घर मैं एक्लै रहेको अवस्थामा उनको अज्ञात व्यक्तिले हत्या गरेको स्थानीयले जनाएका छन् । उनी पेन्ट सम्बन्धि काम गर्दै आएका थिए ।  ...
अफगानिस्तानमा गोली हानी ३ महिला पत्रकारको हत्या

अफगानिस्तानमा गोली हानी ३ महिला पत्रकारको हत्या

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं, फागनु १९ । अफगानिस्तानमा गोली हानी ३ महिला पत्रकारको हत्या गरिएको छ । अफगानिस्तानको जलालावादमा यो घटना भएको हो । तालिवानी लडाकूहरुको छुट्टाछुट्टै आक्रमणमा परेर एक जना घाइतेसमेत भएको बीबीसीले जनाएको छ । स्थानीय टेलिभिजनमा काम गर्ने ती महिला १८ देखि २० वर्षका रहेको बताइएको छ । घटनामा संलग्न भएको आशंकामा सुरक्षाकर्मीले केही व्यक्ति पक्राउ गरेपनि कसैले पनि घटनाको जिम्मा नलिएपनि तालिवानीले आक्रमण गरेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् । पछिल्लो एक वर्षयता तालिवानी लडाकूहरुले विभिन्न क्षेत्रका व्यक्तिमाथि आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।  ...
कन्चनपुरमा फरुवा प्रहार गरी श्रीमान्को हत्या

कन्चनपुरमा फरुवा प्रहार गरी श्रीमान्को हत्या

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
कन्चनपुर , फागुन ११ । बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको भन्ने बुझिएको बताए । “बिहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली पुगेको छ”, उनले भने, “फरुवा प्रहार गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको छ । टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको छ ।” यसैबीच घरायसी विवादमा बुहारी र नातिले कुटपिट गर्दा घाइते भएका भीमदत्त नगरपालिका–२ का ७६ वर्षीय प्रेम थापाको उपचारका क्रममा मृत्यु भएको छ । कुटपिट गर्ने ३५ वर्षीया सीता थापा र उनका १८ वर्षीय छोरा अर्जुन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ...
भागरथी भट्टका हत्या आरोपित सार्वजनिक

भागरथी भट्टका हत्या आरोपित सार्वजनिक

अपराध, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, फागुन ५ प्रहरीले बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टका हत्या आरोपित सार्वजनिक गरेको छ। एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको हत्या आरोपमा दिनेश भट्टलाई बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई बलात्कारपछि हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाँटी थिचेर मारिदिए बयान प्रहरीसमक्ष दिएका छन्। पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ। गत २१ माघमा विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। सनातन धर्म माविमाको कक्षा १२ मा पढ्ने भागरथीलाई दिनेशले लामो समयदेखि एकतर्फी रुप...
कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते

कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागुन ४ । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोलादो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका स्थानीय ८४ वर्षीय यामबहादुर केसीको धवलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो । कोदालो प्रहारबाट गम्भीर घाइते भएका ६५ वर्षीया विष्णुमति चापागाईँ र ३६ वर्षीया लक्ष्मी चापागाईँलाई धवलागिरि अस्पताल बागलुङमा उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा सिफारिस गरिएको छ । अन्य घाइते ३८ वर्षीया देवी गौतम, उहाँका छ वर्षीय छोरा अमृत गौतम र १९ वर्षीया छोरी अनिता गौतमको धवलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए । कोदालो प्...
अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र छोराको हत्या

अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र छोराको हत्या

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, फागुन ३ । अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र उनका छोराको हत्या भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उनका पाँच वर्षीय छोराको शुक्रबार हत्या भएको हो । राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उनीहरुको हत्या भएको अधिकारीहरुले जनाएका छन् । देशका शान्ति स्थापनाका लागि प्रयासहरु भइरहेका बेला दर्दनाक हिंसात्मक घटनाहरु पनि भइरहेका हुन् । घटनाका बारेमा अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरुले बताएका छन् । लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयासहरु भइरहे पनि सफलता मिल्न सकेको छैन ।...
बारामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

बारामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ २६ । बारामा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या गरिएको छ। जिल्लाको बरियारपुर नगरपालिका वडा नम्बर १ मा अज्ञात समुहद्वारा धारिलो हतियार प्रयोग गरि ती महिलाको हत्या गरिएको हो । बरियारपुर नगरपालिका वडा नम्बर १ निवासी बैझनाथ प्रसाद कुशवाहाको ४५ बर्सिय श्रीमती कान्ती देवि कुशवाहालाई राती करिब १० बजेको समयमा हत्या भएको जिल्ला प्रहरी कार्यालय कलैया , बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार यस घटनाको बिषयमा अनुसन्धान भईरहेको र अनुसन्धानमा तालिम प्राप्त कुकुरलाई समेत परिचालन गर्ने तयारी भैरहेको जानकारी गराएका छन् । श्रीमान् पनि घर बाहिर भएको मौका छोपेर हत्या गरि फरार भएको डिएसपी मिश्रले बताए ।...
बैतडीमा किशोरी मृत फेला, हत्याको आशंका

बैतडीमा किशोरी मृत फेला, हत्याको आशंका

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ २३ । बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए । बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको छ । उनले भने, “मृतकको शरीरभरि निलडाम र घाउ रहेका छन्, कपडा पनि च्यातिएको अवस्थामा छन् ।” ती किशोरी बुधबार विद्यालयमा उपस्थित रहेकी र त्यसपछि घटना भएको हुनसक्ने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथको भनाइ छ । उनले भने, “घटना हुनु निकै दुःखद् छ, घटनामा संलग्नलाई आवश्यक कारवाही हुनुपर्छ ।” घटनास्थलकै प्रकृति हेर्दा शङ्कास्पद रहेको घटनास्थलमा खटिएका खोचलेक प्रहरी चौकीका प्रमुख मोत...