Friday, March 29
Shadow

Tag: सरकार

सरकारले एकजना मतदाता बराबर १ हजार एक सय १४ रुपैयाँ खर्च गर्दै

सरकारले एकजना मतदाता बराबर १ हजार एक सय १४ रुपैयाँ खर्च गर्दै

निर्वाचन विशेष, ब्यानर समाचार
सरकारले मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश निर्वाचनमा २० अर्ब ४ करोड रुपैयाँ बजेट दिएको छ । निर्वाचन आयोगले माग गरे अनुसार अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता प्रदान गरेको छ । आयोगले मागेको २० अर्ब ४ करोड रुपैयाँ बजेटलाइ मतदाताको संख्यासँग तुलना गर्दा विगतको भन्दा प्रति मतदातामा लाग्ने खर्च निकै बढेको छ । प्रतिनिधी र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगलाई १० अर्ब रुपैयाँ खर्च गर्ने स्वीकृति प्रदान गरेको अर्थ मन्त्रालयले सुरक्षा निकायलाई पनि १० अर्ब ४ करोड रुपैयाँ खर्च गर्ने स्वीकृति दिएको छ । यसपटको चुनावमा आयोगले प्रति मतदाता १ हजार ११४ रुपैयाँ गर्ने गरी बजेटको सुनिश्चितता पाएको छ । स्थानीय तह निर्वाचनमा भने प्रतिमतदाता ६ सय ६६.५२ रुपैयाँ खर्च भएको थियो । यसपटकको निर्वाचनमा निर्वाचन आयोग र सुरक्षा निकायको खर्च बढेपछि प्रतिमतदाता लागत बढेको हो । सरकारले स्थानीय तह न...
सरकार कामचलाउ भएको छैन : प्रवक्ता गुरुङ

सरकार कामचलाउ भएको छैन : प्रवक्ता गुरुङ

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष १७ सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पार्वत गुरुङले प्रतिनिधिसभा विघटन भएपनि सरकार कामचलाउ नभएको दाबी गरेका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले यस्तो बताएका हुन्। उनले यो विषयमा संवैधानिक हिसाबले प्रश्न गर्न नमिल्ने र प्रश्न उठाउन नसक्ने विषय भएकोसमेत दाबी गरे। प्रतिनिधिसभा विघटनपछि केही अन्यौल सिर्जना भए पनि त्यस्तो अन्यौल र भ्रममा नपर्न आग्रह गरे। उनले सरकारका सबै काम संवैधानिक नै भएको बताए। 'सरकार कामचलाउ भएको छैन। सरकारले गरेका कार्य संवैधानिक छन्। मान्यता प्राप्त छ। भ्रम नपर्न आग्रह गर्छु,' उनले भने, 'संवैधानिक तर्फबाट निर्णयमा प्रश्न गर्ने ठाउँ छैन। सडकमा राजनीतिक एजेन्डा छैन। राष्ट्रपति संस्थाप्रति नै असभ्य नारा लगाइएको छ। निन्दनीय छ। गणतन्त्रप्रति नै आँच आउनेप्रति सचेत हुनुपर्दछ।...
कृषि प्रधान देशका कृषकको समस्या बुझ्ने समय छैन सरकारलाइ

कृषि प्रधान देशका कृषकको समस्या बुझ्ने समय छैन सरकारलाइ

आर्थिक, कृर्षि, ब्यानर समाचार, राजनिती, समाचार, समाज
  काठमाडौँ, पुष ११ करिब एक महिना अगाडिबाट माइतिघर मण्डलमा न्यायका लागि धर्ना बसेका उखु किसान आजसम्म माइतिघर मण्डलमा व्यानरका साथ धर्ना बसिरहेका छ्न। सरकारले न्यायको लागि पहल गरिने बताएको छ तर किसान अघिल्ला बर्ष जस्तै सरकारी तहबाट हुने पहल आशा मात्रै हुने भन्दै धर्ना बसेको बताउछ्न। सानो छ खेत सानो बारी सानै छ जहान नगरी काम पुग्दैन खान साझ र बिहान, तपाईं हिटर तापेर पैसा ल्याइदिनु हामिलाई चप्पलमा नै न्यानो हुन्छ सरकार, जस्ता भनाइका व्यानर टासेर धर्नामा रहेका किसानका आर्थक बर्ष २०७१्७२ मा नेपाल सरकारले गरेको अनुदान रकम रु २५ प्रती क्विन्टल कार्यन्वयन गर्ने, २०७२्७३, २०७३्७४ मा नेपाल सरकारले निर्णय गरेको दर अनुसारको बक्यौता रकम किसानलाई फिर्ता गर्ने लगाएतका माग राखेका छ्न। ...
आज देशभर सरकार विरुद्ध कांग्रेसद्धारा विरोध प्रदर्शन

आज देशभर सरकार विरुद्ध कांग्रेसद्धारा विरोध प्रदर्शन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २९ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाभाइरस महामारी जोखिमका बीच आज काठमाडौंलगायत ७७ जिल्लामा सरकार विरुद्ध शक्ति प्रदर्शन गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको र जनअपेक्षाअनुसार काम नगरेको भन्दै कांग्रेसले प्रदर्शन गरेको हो। काठमाडौंमा विभिन्न ठाउँबाट प्रदर्शनसहित कांग्रेस कार्यकर्ता शान्तिबाटिका आइपुगेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति बाटिकामा कोणसभालाई सम्बोधन गर्दैछन् । कांग्रेसले शीर्ष नेतालाई जिल्लामा खटाएको छ। सभापति शेरबहादुर देउवा मकवानपुरस्थित हेटौंडामा भएको प्रदर्शनमा भाग लिन पुगेका छन्।भक्तपुरमा उपसभापति विमलेन्द्र निधि, ललितपुरमा कोषाध्यक्ष सीतादेवी यादव, झापामा सहमहामन्त्री प्रकाशशरण महतले कोण सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।...
२८ र २९ गते देशभर सरकार विरुद्ध प्रर्दशन गर्दै नेविसंघ

२८ र २९ गते देशभर सरकार विरुद्ध प्रर्दशन गर्दै नेविसंघ

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर २५ नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आगामी मङ्सिर २८ गते देशभर सिठ्ठी फुकेर सरकार विरोधी आन्दोलन गर्ने भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका पछिल्ला गतिविधिको विरोधमा मङ्सिर २९ गते देशभर प्रदर्शन गर्न लागेको छ । त्यसको प्रचारस्वरुप २८ गते देशका मुख्य शहरहरुमा सिठ्ठी बजाएर सरकार विरोधी आन्दोलन गर्न लागेको हो । नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले आज एक विज्ञप्ति जारी गर्दै सबै जिल्लामा आन्दोलनको लागि आह्वान गरेको हो । ...