Wednesday, May 8
Shadow

Tag: सभापति शेरबहादुर देउवा

चुनावकेन्द्रीत हुन कार्यकर्तालाई देउवाको निर्देशन

चुनावकेन्द्रीत हुन कार्यकर्तालाई देउवाको निर्देशन

मुख्य समाचार, राजनिती
काठमाडौं, चैत ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा केन्द्रीत हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा देउवाले यस्तो निर्देशन दिएका हुन् । कांग्रेसलाई सरकारको लोभ नभएको तर प्रधानमन्त्रीको पद काँधमा आए पछि नहट्ने उनले बताए । अबको २० महिनापछि नियमित चुनाव हुने भन्दै उक्त चुनावमा बहुमत प्राप्त गरेर प्रधानमन्त्री सहित पूर्णरूपमा कांग्रेसको सरकार चलाउने देउवाको दावी छ । जनताको दुःखसुखमा साथ दिएमात्रै कांग्रेसको पक्षमा मत आउने बताउँदै उनले कम्तीमा पनि वर्षको तीनपटक जनताको घर–घरमा पुग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । देउवाले मध्यावधि निर्वाचनको कुरा फेरि पनि उठिरहेकाले निर्वाचनका लागि जुनसुकै बेला पनि तयार रहन निर्देशन दिए । तरुण विना कांग्रेस बलियो नहुने भएकाले यसको नेतृत्वलाई प...
देउवा भन्छन्- निर्वाचन आयोगले बदमासी गर्नसक्छ, आयोगमाथि शंका गर्नुपर्ने बेला भइसक्यो

देउवा भन्छन्- निर्वाचन आयोगले बदमासी गर्नसक्छ, आयोगमाथि शंका गर्नुपर्ने बेला भइसक्यो

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ३ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले बदमासी गर्न सक्ने बताएका छन् । भैरहवामा सोमबार काँग्रेसको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले अहिले अदालतले भन्दा पनि निर्वाचन आयोगबाट बदमासी हुनसक्ने आशंका व्यक्त गरेका छन् । नेकपा विवादमा निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाउदै सभापति देउवाले प्रधानमन्त्रीले चुनाव घोषणा गरिसक्दा पनि आयोगले निर्वाचनको तयारी नगरेको भन्दै आयोगमाथि आशंका बढेको बताए । उनले भने, ‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ । किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन ? सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन रु अदालतको निर्णय पर्खने काम आयोगको होइन । आयोगले छ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भन्नुपर्‍यो । आयोगले बदमासी गर्न सक्छ भन्दै देउवाले निर्वाचन तालिका सार्बजनिक नगरेकोमा आपत्ति जनाए...
‘अदालतले चुनाव गराउने निर्णय गरे कांग्रेसले भाग लिन्छ, अरु पनि आउँछन्’

‘अदालतले चुनाव गराउने निर्णय गरे कांग्रेसले भाग लिन्छ, अरु पनि आउँछन्’

ब्यानर समाचार, राजनिती
  काठमाडौ , पुस २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको निर्णय संविधानविरोधी कदम भएको बताएका छन्। संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाईको भेलामा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । सर्वोच्च अदालतमा विचाराधीन रहेको यस मुद्दामा जुलुस निकालेर यो गर, ऊ गर भन्न नहुने पनि उनले बताए। अहिले विभिन्न राजनीतिक दलहरूले सभा र जुलुस गरेर संसद् विघटनको विरोध गरे पनि अदालतले सरकारको निर्वाचनमै जानुपर्ने निर्णयलाई सदर गरेमा सबैले चुनावमा भाग लिने पनि सभापति देउवाले विश्वास व्‍यक्त गरे। तर अदालतले संसद् विघटनलाई सदर गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको उनले पनि उनले बताए। धनगढीमा पुगेर शुक्रबार मात्र ओलीले चुनाव गराउँछु भनेको भन्दै उनले भने, ‘अदालतले चुनाव गराउने निर्णय गर्‍य...
देउवाद्वारा धनगढीमा पक्राउ परेका युवालाई तत्काल रिहा गर्न माग

देउवाद्वारा धनगढीमा पक्राउ परेका युवालाई तत्काल रिहा गर्न माग

मुख्य समाचार, समाचार, समाज
  काठमाडौँ , पुस २४ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभाबाट पक्राउ परेका युवाहरूलाई रिहाइको माग गरेका छन् । नेकपाको ओली पक्षको सुदूरपश्चिम स्तरीय आमसभामा प्रहरीले ‘निर्मला पन्तको बलात्कारी खैरु’ लेखिएको टिसर्ट लगाएर उपस्थित भएका युवाहरुलाई पक्राउ गरेको थियो । सभापति देउवाले धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर्ने कार्य एकदम निन्दनिय भएको बताएका छन् । उनले दोशीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मुल्य, मान्यता विपरित भएको बताउदै पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गरेका छन् । उनले भनेका छन् - धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई प्रक्राउ गर...