Wednesday, April 24
Shadow

Tag: राष्ट्रियसभा

राष्ट्रियसभामा नागरिकता विधेयक पुनर्विचारसम्बन्धी पत्र

ब्यानर समाचार 2, राजनिती
राष्ट्रियसभामा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको हो । यसैगरी बैठकमा सचिव फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता (पहिलो संशोधनन) विधेयक २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी पनि गराउनुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक आजै केहीबेरमा पुनः बस्नेछ ।...
आज प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने

आज प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २६ प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्नुहुने भएको छ । प्रतिनिधिसभा विघटनपछि उहाँले पहिलोपटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्न लाग्नुभएको हो । दिउँसो एक बजे बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि जानकारी गराउने तयारी रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७ सभामा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपा विभाजित बनेको छ । नियमसंगत पार्टी विभाजन नभएको भए पनि दुई समूह छुट्टाछुट्टै पार्टी सरह गतिविधिमा लागेका छन् ।...
राष्ट्रियसभामा  बार्षिक प्रतिवेदन पेश , आज कसले के बोले ?

राष्ट्रियसभामा बार्षिक प्रतिवेदन पेश , आज कसले के बोले ?

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौँ , पुस २४ । राष्ट्रियसभामा दीगो विकास तथा सुशासन समितिको २०७६/७७ बार्षिक प्रतिवेदन पेश भएको छ । सभाको आजको बैठकमा सभापति तारादेवी भट्टले समितिको बार्षिक प्रतिवेदन पेश गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक यही पुस २६ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।राष्ट्रियसभाको शुक्रबारको बैठकमा पनि सदस्यहरुले प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बाँडिएका छन् । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरी नयाँ चुनाव मिति घोषणा गर्नु प्रतिपक्षीका लागि राम्रो हुनुपर्ने बताए । प्रमुख प्रतिपक्षीलगायतले जनतामा जान खुट्टा कमाएको उनको भनाइ छ । संवैधानिक इजलासमा गएपछि यो विषय संवैधानिक भएको उनले टिप्पणी गरे । प्रतिनिधिसभा विघटन प्रतिगमन नभएको उनको जिकिर छ । राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा (पार्वती)ले सरकारलाई पार्टीभित्र, संसदीय दल, संसदीय समितिहरुबाटै काम गर्न रोक...
राष्ट्रियसभा बैठक शुक्रबारदेखिः सम्भावित कार्यसूची तय

राष्ट्रियसभा बैठक शुक्रबारदेखिः सम्भावित कार्यसूची तय

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस १६ ।राष्ट्रियसभा बैठक शुक्रबारदेखि सुरु हुने भएको छ । यसका .लागि राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार बस्ने राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची तय गरेको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार दिउँसो ४ बजे बस्ने राष्ट्रियसभाको पहिलो बैठकको सम्भावित कार्यसूची तय गरेको हो । बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र राष्ट्रियसभा अध्यक्षले पढेर सुनाउने, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । त्यस्तै राष्ट्रियसभाका अध्यक्षबाट जारी भएको राष्ट्रियसभाका समितिहरुको गठनसम्बन्धी आदेश २०७७ अनुमोदनका लागि पेस हुनेछ भने अधिवेशनको पहिलो बैठक भएको हुनाले संसदीय दलका नेताहरुले मन्तव्य राख्ने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्(काम, कर्तव्य, अधिकार र कार्यव...