Tuesday, April 23
Shadow

Tag: राष्ट्रपति

राष्ट्रपति समक्ष सर्वोच्चको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति समक्ष सर्वोच्चको वार्षिक प्रतिवेदन पेश

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन २६ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । नेपालको संविधान अनुसार सर्वोच्च अदालतको प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राष्ट्रपति कार्यालय शीतल निवासमा उक्त वार्षिक प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनमा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत तथा अन्य अदालत र न्यायाधिकरणबाट भएका न्याय सम्पादन सम्बन्धी तथा न्यायपालिकाका समसामयिक समस्या, चुनौती र न्यायपालिकाले राखेका अपेक्षा प्रस्तुत गरिएको छ । प्रतिवेदनमा समग्रमा देशभरीका मुद्दा फछ्र्यौट एक लाख ९४ हजार ५४५ ९६१।२७ प्रतिशत० मुद्दा फछ्र्यौट भएको उल्लेख छ । सर्वोच्च अदालतलगायत मातहत तथा न्यायाधिकरणमा गत आर्थिक वर्षबाट जिम्मेवारी सरेको एक लाख छ हजा...
गम्भीर मुद्दामा कार्यकर्तालाई आममाफी, कुन मुद्दाका कति छुटे ?

गम्भीर मुद्दामा कार्यकर्तालाई आममाफी, कुन मुद्दाका कति छुटे ?

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, फागुन ८ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट १५ जनालाई आममाफी दिइएको छ । विभिन्न मुद्दामा फरार भई अदालतबाट दोषी ठहर भएकालाई पनि उनीहरूको सम्पूर्ण कैद र जरिवाना माफी गरिएको छ । राजनीतिक मुद्दामा मात्र यसरी माफी दिन मिल्नेमा सत्तारुढ नेकपाका निकट केही कार्यकर्तालाई पूरै मुद्दाबाट माफी दिइएको हो । प्रजातन्त्र दिवसको अवसर पारेर सरकारले पाँच सय ८० जना कैदीलाई आधा कैद छुट दिने र १५ जनालाई पूरै अपराधबाट माफी दिने निर्णय भएको छ । गृह मन्त्रालयले यसरी पूरै माफी पाउनेको मुद्दा विवरण सार्वजनिक गरेको छैन । स्रोतका अनुसार यसमा नेकपाका कार्यकर्ता छन् । राष्ट्रपतिबाट यसरी सम्पूर्ण कैद र जरिवाना माफी पाउनेमा सिराहाका पाँच र दाङका नौ जना छन् । सिराहाका सुरेद्र यादव, दिलीपकुमार साह, अमरेन्द्र यादव, अशोककुमार यादव र रामविलास यादव छन् । त्यस्तै, दाङका शेरबहादुर चौधरी, युवराज सुवेदी, मदन परियार...
पृथ्वीजयन्तीःराष्ट्र समुन्नत बनाउने दायित्व हाम्रो काँधमा आएको छ:  राष्ट्रपति

पृथ्वीजयन्तीःराष्ट्र समुन्नत बनाउने दायित्व हाम्रो काँधमा आएको छ: राष्ट्रपति

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , पुस २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् । गोरखाका राजा पृथ्वीनारायणले नेपाल एकीकरणको जग बसालेको तथा विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि नेपाल एकीकरणले तयार गरेको जनाउँदै राष्ट्रपतिले बहुलताबीच सद्‌भावपूर्ण एकता हाम्रो राष्ट्रिय सामर्थ्यको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने विश्वास व्यक्त गरेकी छन् । पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको बताउँदै राष्ट्रपतिले आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सा...
राष्ट्रपतिद्वारा पुस १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा पुस १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन आह्वान

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १२ राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्यवान गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालकाे स‌ंविधानकाे धारा ९३ काे उपधारा १ बमाेजिम पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि राष्ट्रिय सभा अधिवेशन आह्यवान गरेको आइतबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् । मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियाे । संघीय संसदको प्रतिनिधिसभा भने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले विघटन गरेकी छन् । पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । यसअघिको संसद् अधिवेशन असार तेस्रो साता अन्त्य भएको थियो । ...
‘क्रिसमस डे’का अवसरमा राष्ट्रपतिले दिइन् यस्तो शुभकामना

‘क्रिसमस डे’का अवसरमा राष्ट्रपतिले दिइन् यस्तो शुभकामना

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १० । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छिन् । यस्ता धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाएव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वाबस राष्ट्रपतिले व्यक्त गरेकी छिन् । राष्ट्रपतिले यसबाट दिगो शान्ति प्रबर्द्धनमा सहयोग पुग्ने र समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई थप प्रेरणा मिल्ने विश्वातस पनि व्यक्त गरेकी छिन् । क्रिसमस, विश्वसभरका इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने पर्व हो । इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २...
नेकपा विवादको बिच राष्ट्रपतिले जारी गरिन संवैधानिक परिषदसम्बन्धी नयाँ अध्यादेश

नेकपा विवादको बिच राष्ट्रपतिले जारी गरिन संवैधानिक परिषदसम्बन्धी नयाँ अध्यादेश

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, मंसिर ३० काठमाण्डौ राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी (पहिला शंसोधन) अध्यादेश २०७७ जारी गर्नुभएको हो । नयाँ अध्यादेश राजपत्रमा पनि प्रकाशित भइसकेको छ । अध्यादेश अनुसार अब अध्यक्षसहित बहाल रहेका बहुमत सङ्ख्याको आधारमा बैठक बस्न सक्नेछ । यसअघि पाँच जना सदस्य उपस्थित भएमा मात्रै बैठक सुरु गर्न सकिने व्यवस्था थियो । यस्तै प्रत्येक विषयको निर्णय सर्वसम्मतिका आधारमा हुने उल्लेख रहेकोमा अब बहुमतका आधारमा निर्णय गर्न सकिने उल्लेख छ । सवैधानिक परिषद्को काम कर्तव्य संम्वन्धी ऐनमा संशोधन गर्न बनेको अध्यादेश...
भोलिबाट पशुपतिनाथ मन्दिर खुला हुने, राष्ट्रपतिले गरिन् क्षमा पूजा

भोलिबाट पशुपतिनाथ मन्दिर खुला हुने, राष्ट्रपतिले गरिन् क्षमा पूजा

जिवनसैली, ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर ३० भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छिन् । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न मंगलबार बिहान राष्ट्रपति भण्डारीले पूजा गरेकी हुन्। सो अवसरमा पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलनसमेत गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले बताए । यसैगरी पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको छ । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको कोषका स...