Wednesday, April 24
Shadow

राष्ट्रपतिद्वारा पुस १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन आह्वान


  • -इ
  • इ+

काठमाण्डौँ, पुष १२
राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्यवान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालकाे स‌ंविधानकाे धारा ९३ काे उपधारा १ बमाेजिम पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि राष्ट्रिय सभा अधिवेशन आह्यवान गरेको आइतबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।

मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियाे ।

संघीय संसदको प्रतिनिधिसभा भने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले विघटन गरेकी छन् । पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । यसअघिको संसद् अधिवेशन असार तेस्रो साता अन्त्य भएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares