Thursday, March 28
Shadow

Tag: रवि लामिछाने

नागरिकता प्रकरणमा लामिछाने दोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद नरहने

नागरिकता प्रकरणमा लामिछाने दोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद नरहने

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ : सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद पद दुवै गएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त विवादपछि सुनाएको फैसलापछि उक्त पदहरू नरहने भएको हो । “रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन”, फैसलामा भनिएको छ, “निजले चितवन जिल्ला, निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भई निर्वाचितसमेत भएको देखिँदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मे...
कस्तो कानुन ? अढाईवर्षे बालकको नेपाली राहदानी खोसिदा , रवि लामिछानेलाई चाहिँ छुट !

कस्तो कानुन ? अढाईवर्षे बालकको नेपाली राहदानी खोसिदा , रवि लामिछानेलाई चाहिँ छुट !

ब्यानर समाचार 2, समाचार
कोभिडको बेला घर र मावली आवतजावतमा सहजताको निम्ति आमा बाबुले बनाइदिएको पासपोर्टसहित उड्न लागेका अढाई वर्षीय नेपाली बालकलाई अफलोड गरेर विमानस्थलबाट घर फर्काइएको छ । ९ गते शुक्रवार राति क्याथे प्यासिफिकको उडानबाट हङकङ हुँदै फिलिपिन्स जान लागेका ती बालकलाई अध्यागमनले कारबाहीस्वरूप डेढ लाख जरिवाना र नेपाली राहदानी (11810452) जफतको कठोर सजायँसमेत दिएको छ । कोभिड घट्दै गएको बेला नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका फिलिपिनो राजदूत रामोन एस.बागात्सिङ जुनियरले आफ्ना नागरिकसँग भेटघाटको क्रममा तिनका अनेक समस्या सुनिसकेपछि पछिलाई सजिलो होस् भनेर ती बालककोसमेत ३१ मे २०२२ मा राहदानी (POC319279C) बनाइदिएका थिए । उनीसँग जन्मेको ८ महिनामै लिएको (9 जनवरी 2020) नेपाली राहदानी पनि थियो । पोहोर हजुरबा बितेका र अहिले सानीआमा पनि ब्रेस्ट क्यान्सरको कारण अन्तिम अवस्थामा पुगेको हुँदा गत हप्ता आमासँगै मावली जान लागे...
साम्राज्यवादीको रणनीति “घण्टी ” !

साम्राज्यवादीको रणनीति “घण्टी ” !

ब्यानर समाचार 2, विचार
लेखक - रामप्रकाश पुरी यो कुरा प्रायशः उठ्ने गरेको छ कि रवि लामिछाने एउटा रहस्यमय पात्र हुन् । सबभन्दा पहिले नयाँ पार्टीको गठन गरेर चुनावमा त्यसको उल्लेखनीय सफलता पनि एउटा रहस्यमय नै कुरा हो । उनी वा उनले नेतृत्व गरेको पार्टी र त्यसको सफलताको रहस्य के हो ? यी प्रश्नहरु प्रायशः उठ्ने गरेकोे पाइन्छ । विभिन्न पत्र–पत्रिका वा अनलाइनहरूमा प्रकाशित समाचार वा टिका–टिप्पणीहरूले त्यो रहस्य के हो ? त्यसबारे केही सङ्केत दिन्छन् । तर त्यो कुराको तहमा पुग्न सायद अरू थप छानबिन वा तथ्यहरुको आवश्यकता पर्नेछ । “रातो पाटी”मा प्रकाशित एउटा वक्तव्यमा ओलीले अमेरिकामा “फ्रिडम पार्टी” (स्वतन्त्र पार्टी) भन्ने एउटा राजनीतिक पार्टी भएको र त्यसको चुनावचिन्ह “घण्टी” भएको बताएका छन् । अमेरिकाको (स्वतन्त्र पार्टी) र त्यसको चुनावचिन्ह घण्टीसित रवि लामिछानेको पनि नाम मिल्नु खालि संयोग मात्र हो वा त्यसका पछाड...
रवि लामिछानेले नयाँ टिभी ‘ग्यालेक्सी ४ के’मा सिधा कुरा…चलाउने

रवि लामिछानेले नयाँ टिभी ‘ग्यालेक्सी ४ के’मा सिधा कुरा…चलाउने

ब्यानर समाचार 2, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, फागुन ११ सञ्चारकर्मी रवि लामिछानेले सिधा कुरा … लिएर आउने भएका छन् । मंगलबार राजधानीमा नयाँ टेलिभिजन च्यानल‘ ग्यालेक्सी ४ के’ सार्वजनिक गर्दै लामिछानेले नयाँ कार्यक्रम सार्वजनिक गरेका छन् । उनले यसअघि न्यूज २४ मा सिधा कुरा जनतासँग सञ्चालन गरेका थिए र नयाँ टेलिभिजनमा सिधा कुरा… सार्वजनिक गरेका छन् । आफूले सिधा कुरा प्रधानमन्त्रीसँगबाट शुरु गर्र्दै सिधा कुरा जनतासँग पुगेको भन्दै उनले अब सिधा कुरा… राखिएको र आवश्यकता अनुसार यसलाई पूर्णता दिने बताए । त्यस्तै उनले ‘द लिडर’ कार्यक्रम पनि सञ्चालन गर्ने छन् । यो कार्यक्रमका लागि केही समय प्रतिक्षा गर्नुपर्ने बताए ।...