Saturday, April 27
Shadow

Tag: प्रधानमन्त्री ओली

अबको चार दिनमै मेलम्चीको पानी काठमाडौँमा वितरण हुन्छ:  प्रधानमन्त्री ओली

अबको चार दिनमै मेलम्चीको पानी काठमाडौँमा वितरण हुन्छ: प्रधानमन्त्री ओली

मुख्य समाचार, समाज
काठमाडौँ, चैत ११ । प्रधानमन्त्री केपी ओलीले अबको चार दिनमै काठमाडौंमा मेलम्चीको पानी वितरण हुने बताएका छन् । बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको चार दिनमा मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने जानकारी दिएका हुन् । उनले तत्काल पाइप नफुटोस् भनेर चरणबद्ध ढंगले पानी वितरण गरिनेसमेत बताए । ‘अब चार दिनपछि हामी काठमाडौंमा धारामा मेलम्चीको पानी वितरण गर्दैछौँ’, प्रधानमन्त्री ओलीले भने, ‘१५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गछौँ र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ । कुनै दुर्घटना नहोस् । कुनै पाइप नफुटोस् भनेर हेरिहेरी हामी पानी वितरण गछौँ ।’ उनले मेलम्चीको पानी ल्याउनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार विकास निर्माणका काममा तीव्र रुपमा लागि परेको जानकारी दिए । उनले केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने ...
सरकार टिकाउन अनुचित सम्झौता गर्दैनौं : प्रधानमन्त्री ओली

सरकार टिकाउन अनुचित सम्झौता गर्दैनौं : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौं, चैत ७ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार टिकाउन अनुचित सम्झौता नगर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा सरकार टिकाइराख्न कुनै पक्षसँग पनि अनुचित सम्झौता नगर्ने बताएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग ओलीको भनाइ उद्धृत गर्दै प्रवक्ता ज्ञवालीले भने, ुसरकार टिकाउन अनुचित सम्झौता गर्ने छैनौं, जनताको भावनाको विपरीतका काम गर्ने छैनौं । हामीलाई फेरि थप घेराबन्दी गरियो भने थप शक्तिका साथ पुनःस्थापित हुनेछौं । प्रवक्ता ज्ञवालीले फागुन २३ गते नेकपाको वैधानिकताबारे सर्वोच्चले फैसला सुनाएपछि सरकार संविधानको धारा ७६ को उपधारा २ बमोजिमको भएको बताए । आगामी दिनमा सोहीअनुसार अगाडि बढ्ने कुरा प्रधानमन्त्रीले सम्बोधनका क्रममा भनेको पनि उल्लेख गरेको ज्ञवालीको भना...
संसद्ले निकास नदिए फेरि प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्छ: प्रधानमन्त्री ओली

संसद्ले निकास नदिए फेरि प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्छ: प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौं, चैत ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद राम्रोसँग चल्ने अवस्था नभएमा फेरि पनि संसद विघटन हुने बताएका छन् । शीतल निवासमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो संसद्ले निकास नदिए प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने बताएका हुन्। उनले नयाँ जानदेशमा जानु स्वभाविक रहेको बताउँदै पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गरेका छन् ।प्रतिनिधिसभा विघटन गरेर चुनावमा जाने आफ्नो निर्णयलाई प्रतिगमन भनिएकोमा पनि प्रधानमन्त्रीले असन्तुष्टि जनाएका थिए । दलका नेताहरूले प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको जवाफ दिएको सुवालले बताए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने आफ्नो कदमको बचाऊ गर्दै संसद विघटन गरेर ताजा जना...
प्रधानमन्त्री ओलीले गरे प्रचण्डलाई फोन, भेटवार्ताको प्रस्ताव!

प्रधानमन्त्री ओलीले गरे प्रचण्डलाई फोन, भेटवार्ताको प्रस्ताव!

ब्यानर समाचार, राजनिती
काठमाडौँ , चैत २ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । उनले फोनमा भेट गर्न प्रस्ताव गरेका छन् । सोमबार टेलिफोन गरेर प्रधानमन्त्री ओलीले प्रचण्डसँग भेट्ने प्रस्ताव गरेको माओवादी केन्द्रका एक नेताले बताए । यता ओलीको भेट्ने प्रस्तावलाई प्रचण्डले आफु पार्टीको बैठकमा भएको जनाकारी दिदै पछि जवाफ दिने बताएको बुझएको छ ।प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट्ने नभेट्ने बारे अहिलेसम्म स्पष्ट भने नभएको बताइएको छ । ओली र प्रचण्डबीच पछिल्लो पटक पुस १५ गते प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न ओलीले नै फोन गरेको बेलामा भएको थियो ।...
नेपालमा अब कुनै प्रकारको अशान्ति छैन :  प्रधानमन्त्री ओली

नेपालमा अब कुनै प्रकारको अशान्ति छैन : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताए । हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलधारमा ल्याउन आफ्नो सरकार सफल भएको जनाउँदै उनले पृथकतावादी सोचलाई समेत टुङ्ग्याइएको बताए । “हामी राष्ट्रिय एकताको भावका साथ अघि बढेका छौँ”, प्रधानमन्त्री ओलीले भने, “अब देशमा हिंसाको अन्त्य भएको छ, नेपाल शान्तिको नयाँ युगमा प्रवेश गरेको छ ।” यसका लागि सुरक्षा परिषद्को नीतिले पनि उल्लेख्य काम गरेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले आफू राष्ट्रिय एकताको भावका साथ अघि बढेको तथा देशमा शान्ति, सुशासन र राष्ट्रिय एकताको ढोका खोल्ने काम आफूले गरेको स्पष्ट पा...
सरकार अविचलित निष्ठाका साथ अघि बढिरहेको छ :  प्रधानमन्त्री ओली

सरकार अविचलित निष्ठाका साथ अघि बढिरहेको छ : प्रधानमन्त्री ओली

मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने अवरोध छिचोल्दै सरकार अविचलित निष्ठासाथ अघि बढिरहेको बताएका छन् । झापा आन्दोलनका योद्धाको स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै उनले आन्दोलनको नेतृत्व गर्दा होस् वा प्रधानमन्त्रीका रुपमा राज्य सञ्चालन गर्दा होस्, आफू जनताको जीवनमा समृद्धि, समानता, सामाजिक न्याय र सुखका साथ मुलुकको स्वाधीनता, अखण्डता र स्वाभिमान हासिल गर्ने कार्यमा सक्रिय भएर लाग्ने बताएका हुन् । उनले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सरकारले मुलुकमा तीव्र विकासको माध्यमबाट देशलाई समृद्ध र जनतालाई सुखी बनाउँदै शहीदको सपना साकार पार्ने काम गरिरहेको उल्लेख गरेका छन् । उनले जनताले आफ्ना माग शान्तिपूर्ण रुपमा राख्न पाउने संवैधानिक बाटाहरु बन्द रहेको अवस्थामा...
देश दौडाहामा प्रधानमन्त्री ओली, आज पनि झापा र मोरङका विभिन्न कार्यक्रममा जाँदै

देश दौडाहामा प्रधानमन्त्री ओली, आज पनि झापा र मोरङका विभिन्न कार्यक्रममा जाँदै

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन १८ । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली देश दौडाहामा लागेका छन् । विभिन्न विकासे पूर्वाधारको शिलान्यास, उद्घाटन तथा पार्टीका भेलामा प्रधानमन्त्री ओली व्यस्त हुन थालेका हुन् । आइतबार आफ्नो निर्वाचन क्षेत्र झापा(५ पुगेर विभिन्न पूर्वाधारको शिलान्यास तथा उद्घाटन गरेका प्रधानमन्त्री ओली सोमबार पोखरा पुगेका थिए । पोखरामा प्रधानमन्त्री ओलीले पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गरेका थिए । सो क्रममा उनले पोखरामा पनि विभन्न विकास निर्माणको कामको निरीक्षण तथा शिलान्यास गरेका थिए । दुई दिनदेखि काठमाडौँ उपत्यका बाहिरका कार्यक्रममा व्यस्त भएका ओली आज पनि झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । बिहान ११ बजे झापाको भद्रपुर पुग्ने ओलीले मध्याह्न साढे १२ बजे अनारमनी नगरपालिकाले विपन्नहरूका लागि निर्माण...
प्रधानमन्त्री ओली आज पोखरा जाँदै, के छ कार्यक्रम ?

प्रधानमन्त्री ओली आज पोखरा जाँदै, के छ कार्यक्रम ?

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १७ । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखराको दौडाहामा निस्कने भएका छन् । बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत उनी पोखरा जाने छन् । पोखरा ओर्लेलगत्तै प्रधानमन्त्री ओली गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ । शिलान्यास कार्यक्रममा सहभागी भएर १ बजे कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी पोखरा सभागृह जाने कार्यक्रम छ । कार्यकर्ता भेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम छ ।ओली सोमबारै काठमाडौं फर्किने छन् । यसअघि संसद विघटन गर्ने ओलीको कदमको समर्थनमा अमरसिंहमा प्रदेशस्तरीय आम सभा आयोजना गरिएको थियो । तर, सर्वोच्च अदालतले ओलीको कदम बदर गरिदिए पनि आम सभा पनि स्थगित भएको थियो । प्रदेशस्तरीय भेला तथा प्रशिक्षणमा ११ जिल्लाबाट गाउँ तहदेखि केन्द्रीय सदस्यसम...
प्रधानमन्त्री ओलीलाई हटाउन सकस, दाहाल–नेपाल समूहको यस्तो छ अबको रणनीति

प्रधानमन्त्री ओलीलाई हटाउन सकस, दाहाल–नेपाल समूहको यस्तो छ अबको रणनीति

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन १७ । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसदबाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने देखिएको छ । सत्तारूढ दल नेकपा कानुनी रूपमा विभाजन नभएकाले संविधानको धारा ७६ ९१० अनुसार बनेको ओली नेतृत्वको सरकारलाई विस्थापन गर्न दाहाल–नेपाल समूह कम्मर कसेर लागे पनि उनीहरूको प्रयासले सार्थकता पाउन कठिन छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस र संसद्को तेस्रो ठूलो दल जनता समाजवादीले दाहाल नेपाल समूहलाई पहिला आफ्नो दल स्पष्ट गर्न आग्रह गरेलगत्तै उनीहरूलाई नयाँ सरकार बनाउन सकस देखिएको हो । परराष्ट्रमन्त्री समेत रहेका नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले नेकपा कानुनी रूपमा विभाजन नहुँदासम्म दाहाल नेपालले सोचेअनुसार ओली नेतृत्वको सरकार विस्थापन गर्न कठिन हुने दाबी गरे । संविधानको धारा ७६ को उपधारा २...
जस्तोसुकै परिस्थितमा पनि दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु :  प्रधानमन्त्री ओली

जस्तोसुकै परिस्थितमा पनि दृढताका साथ समृद्धिको यात्रामा अघि बढ्नेछु : प्रधानमन्त्री ओली

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थितमा पनि आफूहरु दृढताका साथ समृद्धिको यात्रामा अघि बढिरहने बताएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज आयोजना गरेको ‘नेपालको डिजिटल माटो नक्साङ्कन’ उद्घाटन कार्यक्रममा उनले आफूले लिएको जिम्मेवारी पूरा गर्न जहाँ रहे पनि लागिरहने बताएका हुन् । सर्वोच्च अदालतले मङ्लबार गरेको फैसलाका कारण हतास हुनुपर्ने कारण नभएको जनाउँदै उहाँले जिन्दगी नै अनिश्चित भएकाले आफूमा कुनै दम्भ र भ्रम नरहेको स्पष्ट गरे । “को मान्छे कति बेला मर्छ थाहा छैन तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ।” उनको भनाइ थियो । आफूले सरकारको नेतृत्व गरेको तीन वर्षमा पूर्वाधार र आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको प्रधानमन्त्री ओलीले बताउँदै उनले कतिपय व्यक्ति सुरुङ र पानीजहाजका कुरा गर्दा पहिले हाँसे पनि अहिले नेपालमा कतै सुरुङ बन्...